राजनीति

    Showing ५६१-५७० of २,३०० items.
  • तरुण गोल्डकपको उपाधी कुम्मायकलाई

    पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायक गाउँपालिकाले जितेको छ । विहिवार सम्पन्न फाईनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै उपाधी जितेको हो ।१–० गोलको  झिनो अन्तरले कुम्मायकले उपाधी जितेको हो । दोश्रो हाफको अन्तिम समयमा सुदिप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।विजेता टिमले १ लाख १ सय ७३ रुपैँया नगद र ट्रफि पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा कुम्मायक गाउँ पालिकाका वेष्ट किपर रोचक लावती,वेष्ट डिफ

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३९७ पटक पढिएको
  • कृषि थोक बजारको भवनमा कोशी प्रदेश सभा राख्ने तयारी

    इटहरी। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदेश सभा भवन र प्रदेश सभा सचिवालय ध्वस्त भएपछि कोशी प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको छ । आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालयमा आगजनी, तोडफोड र लुटपाट भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको हो । कोशी प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारको भवनमा प्रदेश सभा राख्ने तयारी गरेको हो । सङ्घीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका(१ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण गरिएको थियो । विराटनगर महानगरपालिका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३५५ पटक पढिएको
  • फाल्गुनन्दलाई हराउँदै कुम्मायक फाइनलमा

    पाँचथर — जारी ८औं तरुण गोल्डकप फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा कुम्मायकले फाल्गुनन्द गाउँपालिकालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।कुम्मायकका लागि दिल सम्हाम्फेले दुई गोल गर्दै टोलीलाई जित दिलाए। दुबै गोल सुशिल लावतीको पासमा आएका थिए। खेलको पहिलो हाफमै आक्रमक सुरुवात गरेको कुम्मायकले बलमा नियन्त्रण राख्दै लगातार अवसर सिर्जना गर्‍यो। फाल्गुनन्दका खेलाडीहरूले रक्षा मजबुत बनाउने प्रयास गरे पनि कुम्मायकको संयोजन र तालमेल बलियो रह्यो।दोस्रो हाफमा पनि कुम्मायकले खेलको लय आफ्नो पक्षमा राख्न सफल रह्यो

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ६०६ पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४४७ पटक पढिएको
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल द्धारा सरकारले घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा गरेको समयमा प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । काठमाडौंमा बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा चूनाव बाहेक अर्को बिकल्प नरहेको भन्दै तोकिएको समयमा चूनाव गराउन सरकार सफल हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाले अहिलेको सरकारले नै निर्वाचन गराउने समेत प्रश्न खडा भएको धारणा राख्नुभयो । यद्दपी निर्वाचनको तयारीमा जुट्दै राम्रो परिणाम ल्याउने गरि तयारी भने गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले समान बिचार भएका पार्टीहरुबीच एकता गर्न

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ३७४ पटक पढिएको
  • मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताउनुभयो ।  आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उहाले बताउनुभयो । उहाले मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेको अवस्थामा आएपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा कसै

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ४२९ पटक पढिएको
  • नेपालमा सामाजिक सञ्जाल बन्द नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल द्धारा स्पष्ट

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएको छ । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघ संस्थासंस्थाहरुसंगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई व्यबस्थीत र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उहाले बताउनुभयो ।  मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । उहाले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूच

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • १७८ पटक पढिएको
  • फिदिममा जारी ८ औं तरुण गोल्डकपमा हिलिहाङ र फिदिम सेमिफाइनलमा

    पाँचथर | फिदिममा जारी आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार सम्पन्न दुवै खेलमा हिलिहाङ गाउँपालिका र घरेलु टोली फिदिम नगरपालिका विजयी भएका छन्।पहिलो खेलमा हिलिहाङ गाउँपालिकाले साविक विजेता तुम्बेवा गाउँपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण जमाएको हिलिहाङले तीव्र आक्रमणका साथ अग्रता लिएको थियो। पहिलो हाफमै दुई गोल गर्दै हिलिहाङले खेलमा दबदबा कायम गर्‍यो।हिटेन सुहाङ र नवराज माझीले समान दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने निरोज लिङदेनले एक गोल थपेका थिए। तुम्बेवा गाउँपालिका साविकका विजेता भए पनि

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ६३३ पटक पढिएको
  • नेपाल मुस्लिम ईतेहाद संगठनको तेस्रो दुहबी नगर अधिवेशन सम्पन्न इस्राफिल मियाँको अध्यक्षतामा२२ सदस्यीय नगर समिति चयन

    दुहबी । नेपाल मुस्लिम ईतेहाद संगठनको तेस्रो दुहबी नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले इस्राफिल मियाँलाई नगर अध्यक्ष, जाहिद हुसैनलाई उपाध्यक्ष, अलाउदिन मियाँलाई सचिव, खैरुललाई उपसचिव, मोजाहिद मियाँलगायत २२ सदस्यीय नगर समिति चयन गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) सुनसरी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य जगदीश प्रसाद कुसयैत रहेका थिए। विशिष्ट अतिथि रूपमा नेपाल मुस्लिम ईतेहाद संगठनका उपाध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय सदस्य तैयब हुसेन, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा ईतेहाद संगठनका केन्द्रीय निर्वाचन अध्यक्ष आबिद हुसेन, नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष पर्शुराम

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४६६ पटक पढिएको
  • डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा

    इटहरी । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले नेपाल लिबरल पार्टी गठनको घोषणा गर्नुभएको हो । आमनागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको उहाले बताउनुभयो । उहाले बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल पार्टी गठन गरिएको उल्लेख गर्नुभयो । उदारवादी अर्थव्यवस्था, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति पार्टीको

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ४४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]