इटहरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले किरात समुदायको मुन्दुमी स्थल खुवालुङको स्थलगत अवलोकन गरेका छन् । किरात अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको विशेष निमन्त्रणामा सोमबार प्रदेश सरकारको मन्त्री स्तरीय टोलीले खुवालुङ क्षेत्रको स्थलगत अवलोकन गरेको हो । खुवालुङ क्षेत्र पुगेका मन्त्री राई सहित मन्त्रालयका सचिव हेमराज तामाङ, संस्कृति पुरातत्व विभाग महाशाखा प्रमुख यादव दुलाल लगायत उच्च पदस्थ कर्मचारीहरुलाई प्रतिष्ठानका अध्यक्ष सदर राईले स्वागत सम्मान गरेका थिए । खुवालुङ क्षेत्र पुगेपछि मन्त्री राईले एतिहासिक साँस्कृतिक क्षेत्रको संरक्षण गर्ने सामाजिक विकास मन्त्रालयक
सुनसरी | नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० ले गर्यो सङ्घिय लोकतान्त्रिक गणतन्त्र जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० का सभापति बद्रि कुमार बुढाथाेकीको सभाध्यक्षमा सम्पन्न भएको हो ।केही समय यता नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था विरुद्ध भ्रामक, तथ्यहिन र सुनियोजित गतिविधिहरुप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ। लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको परिणति हो । राजतन्त्रको शासनकालमा पटक-पटक जनताका अधिकार माथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैन भन्ने नि
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा माओवादी केन्द्रको तेस्रो पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्रको पालिका अधिवेशन शनिबार सुरु भएको हो । फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमको सिवा बजारमा सुरु भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व गृह, अर्थ तथा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गर्नुभयो । जिल्लाको एक भौगोलिक विकटता रहेको गाउँपालिकास्थित माओवादी पार्टीको पालिका अधिवेशन उद्घाटन गर्न पार्टीका प्रभावशाली नेता एवम् उपमहासचिव शर्मा पुग्नुभएको छ । अधिवेशनमार्फत माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिट
इटहरी। राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते सोलुखुम्बु आउन लाग्नुभएको हो । राष्ट्रपति पौडेलले भवन उदघाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०–८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कम्पनी आरोन ओमबालाजी इआर रामेछापले २०८१ माघमा सम्पन्न गरी गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो । नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भव
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना भएको बताएका छन् । बिहीबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरसंवाद कार्यक्रममा विप्लवले गणतन्त्रमा आएर पनि जनताका निराशा कायम रहेको बताए । समाज विकासको चरित्र हेर्दा जति हुनुपर्ने थियो हुन नसक्दा केही असन्तुष्टि उजागर भएको उनले बताए । उनले सम्पत्ति माथिको अधिकार अझै जनतामा नआएकाले नेपाली राजनीति जानेर वा नजानेर चरम अन्तरविरोधमा रहेको बताए । अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको
इटहरी । त्रिभूवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी ११ मध्ये १० क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणाम सार्वजनिक भएको छ।दशमध्ये पाँच क्याम्पसमा अखिल क्रान्तिकारीले अध्यक्ष पदमा विजय प्राप्त गरेको छ। मोरङमा रहेका तीन वटा आंगिक क्याम्पस र ७ वटा सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० निकट अनेरास्ववियु क्रान्तिकारीले तीनवटै आंगिक क्याम्पसमा अध्यक्ष जितेको छ । निर्वाचन सम्पन्न भएका सात सम्बन्धन प्राप्त क्याम्पसमध्ये दुई वटामा क्रान्तिकारीले अध्यक्ष जितेको छ।क्रान्तिकारीले स्नातकोत्तर क्याम्पस विराटनगर, मोरङ नर्सिङ क्याम्पस विराटन
इटहरी। कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १
इटहरी | विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विद्युतीय प्रविधिको उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको आयोजनामा बुधबार इटहरीमा उक्त कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने मन्त्रालयका सचिव रामप्रसाद आचार्य अध्यक्षका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा सम्पन्न यो अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा विपद् व्यवस्थापनका लागि प्रविधि र नीतिगत रणनीतिहरू कसरी प्रभावकारी रूपमा लाग
इटहरी । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतगणना जारी छ । मोरङका कतिपय क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । विराटनगरको महेन्द्र मोरङसहित अधिकांश क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । जिल्लाका तीन आंगिक र आठ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको हो । नौवटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ । जसमा चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । तीनमा नेविसंघ र दुई क्याम्पसमा अनेरास्ववियु विजयी भएका छन् । रमाइलो क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा सुजन घिमिरेको प्यानल, विराटनगरको डिग्री क्याम्पसमा प्रितम साहको प्यानल र विर
इटहरी । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नव–निर्वाचित समितिको पदस्थापन भएको छ । सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिको मङ्गलबार पदस्थापन भएको हो । स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने निर्वाचन समिति संयोजक युवराज बस्नेतले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको छ । पदाधिकारीलाई प्रमाणपत्र वितरण र सपथग्रहण गराएपछि स्ववियुको नयाँ समितिको पदस्थापन भएको संयोजक बस्नेतले जानकारी दिनुभयो । पाथीभरा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ, अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.