समाज

    Showing १०,०२१-१०,०३० of ११,३०१ items.
  • बुढीगांगा गाउँपालिकाको यस्तो बन्यो प्रतीक चिन्ह

    मोरङ / बुढीगंगा गाउँपालिले पालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरेको छ । बुढीगंगा गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरी सार्वजनिक गरिएको हो ।२०८० साउन २१ गते कार्यपालिकाको बैठकको निर्णयले सार्वजनिक सूचना अनुसार पालिकाको प्रतीक चिन्ह लोगोहरू मध्ये बुढीगंगा गाउँपालिका वडा १ का कपिल सुनुवारले डिजाइन गरेको लोगो स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले जानकारी दिए । स्वीकृत भएको लोगो भदौ १५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार राजपत्रमा समेत प्रकाशित गरिएको उनले बताए । राजपत्रमा प्रकाशित लोगोमा हाती, पानी ट्याङ्की, थारु समुदायको

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १२० पटक पढिएको
  • आठराई गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि रातो बंगलासँग गर्यो साझेदारी

    सुनसरी /  तेह्रथुमको आठराई गाउँपालिकाले रातो बंगला स्कुलसँग शैक्षिक गुणस्तरका लागि साझेदारी गरेको छ । गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम र रातो बंगला स्कुलका डाइरेक्टर शान्ता दीक्षितले साझेदारीका लागि हस्ताक्षर गरेका हुन्  । रातो बंगला स्कुल पाटन ढोका ललितपुरमा एक कार्यक्रमका बिच साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो। शिक्षा विकाश समितिले जेष्ठ महिनामै कार्यक्रम पालिकालाई हस्तान्तरण गरे पछि १६ वटा नि मा वि थप गर्दै गाउँपालिकाले रातो बंगला साझेदारी कार्यक्रमसंग सम्झौता गरेको हो। आठराई गाउँपालिकाको ३० प्रतिशत र रातो बंगलाको ७० प्रतिशत खर्च हुने गरि साझेदारी गरिएक

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २३३ पटक पढिएको
  • सुन्दरहरैंचाको खोर्सानेमा भदौ २५ गतेदेखि “खोर्साने तेस्रो मिनि मेला” लाग्ने

    सुन्दरहरैँचा / भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा वडा नम्बर १२ स्थित खोर्सानेमा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर खोर्साने युवा क्लबले जानकारी गराएको छ । १९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेको अवस्थामा यस्ता क्लबले सो क्षेत

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २२२ पटक पढिएको
  • मानव धर्म सेवा समितिले इटहरीमा वैदिक ग्रन्थको प्रर्दशनी र २१ गते कृष्ण जन्माष्टमी महोत्सव मनाउने

    सुनसरी / इटहरीमा कृष्ण जन्म अष्टमीको अवसरमा त्रिदिवशीय ग्रन्थ तथा  चित्रकला प्रदर्शनी हुने भएको छ ।समितीले आइतबार एक विज्ञप्ती जारी गर्दै विराट सत्संग समारोह आगामी भदौ १९ र २० गते सुनसरीको इटहरीमा हुने जानकारी दिएको हो। मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको उपस्थितीमा हुने दुई दिवसीय समारोहका लागि तयारी सुरु भैसकेको समितिले बताएको छ। मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना गरिएको समितिका केन्द्र प्रमुख महात्मा चमेली

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १४४ पटक पढिएको
  • दुहबी नगरपालिकाले ८० सुकुम्बासी परिवार लाई सुबिधा सम्पन्न घर दियो

    सुनसरी / दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अति बिपन्न ८० परिवारलाई आवासीय घर हस्तान्तरण गरेको छ ।नगरप्रमुख आवास योजना अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका ८० वटा आवासीय घरहरू नगरका अति बिपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । ८ करोडको लगानीमा २ बिगाहा २ कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको आवासीय बस्तीमा रहेको ८० वटा दुई कोठे घर २०७६ साल फागुनमा शिलान्यास भएको थियो । साढे ४ धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालय सहित खानेपानी, बिजुली जडान गरिएको सुबिधा सम्पन्न घर रहेको नगरप्रमुख वेदनारायण गच्छदारले जानकारी दिए ।आवासीय बस्तीमा विवाह, व्रतबन्ध लगायत विभिन्न उत्सवको लाग

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • ११७ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा

    सुनसरी / भोजपुरको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । विज्ञहरूको समूहले निर्माण गरेको पाश्र्वचित्रमा यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा गुर्नपर्ने कामलाई बृहत्रूपमा समेटिएको उनको भनाइ छ ।पाश्र्वचित्रमा गाउँपालिका, शिक्षक, अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १२८ पटक पढिएको
  • इटहरीमा अवैध संरचना भत्काउन अन्तिम पटक सात दिनको म्याद थप

    इटहरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन आइतबार अन्तिम पटक म्याद थप गरेको छ ।पहिलो पटक ३५ दिने म्याद दिएको उपमहानगरपालिकाले त्यसपछि १५ दिनको म्यादसहितको सूचना जारी गरी अन्तिमपटक भने सात दिनको सूचना जारी गर्दै म्याद थपेको उपमहानगरले जनाएको छ ।यो अवधिमा व्यक्तिले बनाएका अवैध संरचना आँफैले नभत्काए उपमहानगरपालिकाले भत्काउने तयारी गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको हो ।

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २१० पटक पढिएको
  • पुर्वेली क्लब इटहरीको प्रथम साधारणसभा सम्पन्न

    पुर्वेली क्लब इटहरीको प्रथम साधारणसभा सम्पन्न भएको छ ।सस्थाका अध्यक्ष झलक बनको अध्यक्षतामा सम्पन्न कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।समाजमा छरिएका पुर्वेली नागरिक एक भएर शिक्षा, स्वास्थ्य, वातावरणिय सामाजिक कामका साथै भाइचाराको सम्बन्ध कायम राख्ने उद्देश्यले स्थापना भएको सस्थाले स्थापनाको पहिलो बर्षमानै स्थानीय सरकार र बिभिन्न संघ संस्था सँग समेत सहकार्य गरि २५ ओटा भन्दा बढी सामाजिक कार्य गरेर समाजको मन जितेकोमा धन्यवाद ब्यक्त गर्दै स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्ने प्रमुख अतिथि लामाले बताउनुभयो ।कार्यक्रममा समाजमा बिसिस्ट योग

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १२९ पटक पढिएको
  • करको दर घटाउन नागरिक समाज इटहरीले इटहरी उपमहानगरपालिकालाई दोस्रो पटक ध्यानाकर्षण

    इटहरी /  नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको छ ।नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् । गत श्रावण १६ गरेका दिन ध्यानाकर्षण पत्र दिएपनि हालसम्म कुनै आधिकारिक धारणा उपमहानगरको तर्फबाट नआएको र करसमेत समायोजन नगरिएपछि नागरिक समाजको भूमिकामा समेत शंशय राखी नगरवासीबाट देखाइएको चासोप्रति गम्भिर ध्यानाकर्षण भएको  पत्रमा भनिएको छ ।नागरिक समाजले आइतबार बिहान इटहरी उपमहानगरपालि

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • २०१ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले मुख्य सडकमा सिटि सफारी बन्द गराउन बजार अनुगमन

    सुनसरी / इटहरी उपमहानगरपालिकाले आज देखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने निर्णय गरे आज आइतबार  इटहरी उपमहानगरपालिकाले अनुगमन गरि बन्द गराउन सडकमा आएको छ ।शुक्रबार इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा आइतबार देखि प्रतिवन्ध लगाउने गरि निर्णय भएको  इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।आज देखि इटहरी उपमहानगरपालिका क्षेत्र भित्र तीन पाङ्ग्रे (सिटि सफारी) हरूलाई व्यवस्थापन गर्न सुरू गरेको

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]