सुनसरी / तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।म्यङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्वु र २९ वर्षीया सँगम तामाङको दुर्घटनाबाट भएपछि उपचारका क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।साझ ५ बजे को १४ प ८९२ नम्बर पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डको पेट्रोल पम्प छेउमा दुर्घटना भएको हो ।तिव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको हो । मृतकको शव जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टमको लागी राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान
सुनसरी / राष्ट्रिय युवा सघं नेपाल नगर कमिटि भाेजपुरका पदाधिकारीहरूले साउन २० गचे राेपिएका विरुवाहरुकाे शनिबार स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ गरेको छ ।राष्ट्रिय युवा सघं नेपाल भोजपुरका अध्यक्ष दिपेन दर्लानका अनुसार गत साउन २० गते तिनधारा सल्लेरी सामुदायिक वन उपभाेक्ता समिति भाेजपुर नगरपालिका टक्सारबाट "एक युवा,पाचँ विरुवा" भन्ने नाराका साथ दुई सय वढि विभिन्न उत्पादनशील विरुवाहरु वृक्षाराेपन गरेका बिरुवा स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ समेत गरिएको छ ।युवा सघं नेपाल नगर कमिटि भाेजपुरकाे आयाेजनामा डिभिजन वन कार्यालय भाेजपुरका
सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौं जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।सुन्दरहरैंचा ९ को इन्द्रपुर जेसिज भवनमा भएको कार्यक्रममा नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकीलाई राष्ट्रिय युवा संघ मोरङको चयन गरेको छ । नव गठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, न
सुनसरी / स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।निषेधाज्ञा जारी भएकोले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको छ ।धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन् । प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर
सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ । बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ ।इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले जमिन खनेर स्वास्थ्य चौकि शिलान्यास गरेका थिए । शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबा
सुनसरी / झापाको दमक नगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटरमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । यसको कार्यन्वनका लागि अनुगमन पनि सुरु गरिने र अटेर गर्नेलाई कारबाही गरिने सार्वजनिक सूचनामार्फत गरिएको छ ।दमक नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका आसपासको क्षेत्रमा पनि मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्नका लागि सचेत गराइएको छ ।नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलब
विराटनगर / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १५ र १६ गते विराटनगरमा हुँदैछ ।अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् ।अध्यक्षका लागि अहिलेसम्म मुख्यत: दुईजनाको नाम चर्चामा छ । सुनसरीका जीबी गजल र मोरङका सन्तोष घिमिरे प्रतिस्पर्धी देखिएका छन् । आयोजक कमिटीका अध्यक्ष गोकर्ण घिमिरेले पनि अध्यक्षमा आफ्नो दाबी रहेको बताए ।नेताहरूका अनुसार अध्यक्षका लागि जीबी र सन्तोषबीच प्रतिस्पर्धाको सम्भावना भन्छन् । जीबी सुनसरीको विद्यार्थी आ
विराटनगर : विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिएकी छन् ।रिकोभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपमेयर कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको औंल्याएकी हुन् ।लागूऔषध प्रयोग गर्न छाडेका युवाका लागि सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन सकिने उनको भनाइ थियो । “स्वरोजगार भएर पैसा कमाउन थालेपछि उनीहरुलाई समाजमा पुनःस्थापित हुन सहज हुन्छ,” उपमेयर कार्कीले भनिन,
इटहरी / सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने जिज्ञासा अझै पनि सुन्ने गरिन्छ । पछिल्लो समय यो भ्रमलाइ इटहरी स्थित ज्योति माध्यमीक विद्यालयले तोड्दै छ ।ज्योति मा बि इटहरी मा कक्षा १२ को सिभिल इन्जिनियरिङ विध्यार्थीहरूले फिजिक्स, क्यामेस्ट्रि र म्याथम्याटिक्स जस्ता विषयमा उत्कृष्ट अंक ल्याएर ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण गराउदै सुनसरी जिल्लामा नै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ ।ज्योती माध्यमीक विद्यालयमा आगामी शैक्षिक सत्रका लागि खुलाइएको आवेदनमा राम्रो संख्यामा विद्यार्थीले भर्ना भइसकेका छन । सामुदायीक विद्यालय भइकन गुणस्तरीय
काठमाडौं : काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । घाइते ८ जनाको उद्धार भएको छ। गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.