समाज

    Showing १०,२९१-१०,३०० of ११,३०१ items.
  • षडानन्दमा सुतेकै अवस्थामा मृत्यु

    सुनसरी : भोजपुरको षडानन्द नगरपालिका - ४ स्थित साङ्राङमा सुतेकै स्थानमा एकजनाको मृत्यु भएको छ ।आफन्तको घरमा मरी मराउ परेपछि रुङ्नका लागि गएका ६५ वर्षीय दिलबहादुर सुनारे सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिङ्लाले प्रहरीले जनाएको छ ।घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • ३७० पटक पढिएको
  • कोशी प्रदेशको नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

    काठमाडौं / कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सीमा आज (बिहीबार) सकिंदैछ । प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ ।प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न समय दिएका छन् । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिदैन । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन्

    • प्रकाशित मितिः असार २१, २०८०
    • १२९ पटक पढिएको
  • प्रचण्डले सार्वभौम जनताको मतको खिल्ली उडाए ; राजेन्द्र गौतम

    काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वभौम जनताको मतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।त्यही अभिव्यक्तिपपछि उनले प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना भएको बताए ।उनले ट्वीटरमा लेखेका छन्, ‘प्रितम सिंहप्रति प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ ? सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र ,संसदको माखोल उठाइयो । धन्य।’उनले यो सरकारको चावी कहाँ रहेछ ? भन्दै असार १८ गतेको कार्यक्रममा आफूल

    • प्रकाशित मितिः असार २१, २०८०
    • १८६ पटक पढिएको
  • आज दस वर्षयताकै लामो दिन

    काठमाडौं / बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने दिन रहेको छ ।बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने बताइएका छन् । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • १२६ पटक पढिएको
  • विराटनगर-काठमाडौंको हवाई भाडादर घट्यो / हेर्नुहोस् कहाँ कति घट्यो मुल्य

    विराटनगर : विराटनगर-काठमाडौंको हवाई भाडादर घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको हो।भोलीदेखि लागु हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ।विराटनगरबाट काठमाडौंको भाडा ३३५ रुपैयाँ घटेको छ । यस्तै विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ कम भएको छ। काठमाडौंंबाट भद्रपुरको भाडा ४२० रुपैयाँ घटेको छ ।हेर्नुहोस् कहाँ कति घट्यो मुल्य : 

    • प्रकाशित मितिः असार २०, २०८०
    • ३६४ पटक पढिएको
  • झापामा चट्याङले लागेर एकको मृत्यु, दुई जना घाइते

    झापा : झापाको गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन्। घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए।

    • प्रकाशित मितिः असार २०, २०८०
    • १८४ पटक पढिएको
  • विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगरका फोहोर र डुवानको अनुगमन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढी र डुबानको अनुगमन गरेका छन् ।सरसफाई शाखा र नगर प्रहरी टोली।सहित बिहान मेयर कोइरालाले विराटनगरका विभिन्न वडामा फोहोर तथा  बाढी , डुबानको अनुगमन गरेका छन् । उनले प्वाल टालिएर पिच सडकमा जमेको पानी नगर प्रहरी र सरसफाईको टोलीलाई तत्कालै खोल्न लगाएका थिए ।पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका नाला सफाई सुरु गरेको थियो । जसका कारण विगतमा भन्दा सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । अविरल वर्षाको पनि प्रवाह नगरी मेयर कोइराला आफैँ अनुगमनमा निस्किएको प्रति स्थानीयले खुसी व्यक्त गरेका हुन् ।मेयरको सक्रियता र

    • प्रकाशित मितिः असार २०, २०८०
    • १८४ पटक पढिएको
  • टिपरको ठक्करबाट दुर्घटनामा आमाछोरीको ज्यान गएपछि इटहरी शोकमा डुब्यो

    सुनसरी / ईटहरीमा मंगलबार दिउँसो ३ बजे  भएको दुर्घटनामा आमाछोरीले ज्यान गुमाएपछि यतिबेला ईटहरी शोकमा डुबेको छ । इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो  । टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको हो ।ईटहरीस्थित कोसी सेन्ट जेम्स कलेजमा बिबिएस प्रथम बर्षमा अध्यायनरत  अंशु  सहित उनकी आमाको निधन भएपछि आज बुधबार  बुधबार स्कुल र कलेजले शोक विदा दिएको छ ।टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले  टिपर तोडफोड र नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । ३ बजेदेखि सवारीसाध

    • प्रकाशित मितिः असार २०, २०८०
    • २,३२० पटक पढिएको
  • इटहरी चोकमा टिफरको ठक्करबाट आमाको छोरीको मृत्यु

    सुनसरी / इटहरीको मुख्य चोकमा स्कुटरमा सवार आमा र छोरीलाई टिफरले ठक्कर दिँदा आमा छोरीको  मृत्यु भएको छ ।आज दिउँसो ३ बजे कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिफरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी वडा नम्बर ८  गैसारको फुलबारी टोल बस्ने ४२ वर्षीय सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएकी २२ वर्षीय अंशु चौधरी उपचारका  क्रममा विराटनगर स्थित न्युरो अस्पताल अहिले बेलुका  मृत्यु प्रदेश १ ट्रााफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक

    • प्रकाशित मितिः असार १९, २०८०
    • ३,२६२ पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

    काठमाडौं / ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन जना आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।महर्जन नक्कली मोही, भट्टराई कामनपा ४ का तत्कालीन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की नापी कार्यालयका कर्मचारी थिए ।  कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए ।यसअघि प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका

    • प्रकाशित मितिः असार १७, २०८०
    • ३४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]