समाज

    Showing १०,३२१-१०,३३० of ११,३०१ items.
  • विराटनगरले सञ्चार क्षेत्रमा बढाएको करको दर संशोधन गर्न पत्रकार महासंघको माग

    विराटनगर : नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ ।असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दर प्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराएको हो ।महानगर प्रमुख कोइरालालाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ पछिल्ला समयमा सञ्चार क्षेत्र अत्यन्त संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । सञ्चार संस्थाहरू बन्द हुने र त्यह

    • प्रकाशित मितिः असार १३, २०८०
    • ११२ पटक पढिएको
  • सोलुखुम्बुमा असार २० देखि प्रथम योङ्ग स्टार ब्याडमिन्टन प्रतियोगिता हुने

    सोलुखुम्बु । योङ्ग स्टार क्लव सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्लबले प्रदेश खेलकुद विकास बोर्ड र नेपाल व्याडमिन्टन संघको सहयोगमा यही असार २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । योङ्ग स्टार कभर्ड हल सोलुखुम्बुमा पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न पाँच विधा समावेश गरिएको छ । जसमा खुल्ला पुरुष डबल, खुल्ला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुल्ला भेट्रान पुरुष डबल र १५ वर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता रहेको छ ।तीन दिनसम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल र खुल्ला महिला

    • प्रकाशित मितिः असार १२, २०८०
    • २४२ पटक पढिएको
  • दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने सुनसरी दुहवीका रौनियार मण्डपबाटै पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १५२ पटक पढिएको
  • भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ, उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनको नाम मुछिएको थियो भने उक्त जग्गामा लगानी गरेका थिए। सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले

    • प्रकाशित मितिः असार १२, २०८०
    • १६४ पटक पढिएको
  • भोजपुर नगरपालिकामा यसवर्ष बजेट घट्यो, ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको बजेट

    इटहरी / भोजपुर नगरपालिकाको ८ औं नगर नगरसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरसभाले ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको भोजपुर नगरपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्ररसाद ढुङ्गेलले जानकारी दिए । गत साल २०७९/०८० को बजेटको सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट सार्वजनिक गरेका थिए । “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार–नगर विकासको मूल आधार” भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण,

    • प्रकाशित मितिः असार १२, २०८०
    • ३८३ पटक पढिएको
  • बेलबारीको जनएकता आधारभुत विद्यालयमा दाता सम्मान सहित छात्रबृति बितरण

    सुनसरी  : मोरङको बेलबारी नगरपालिका वडा नम्बर - १ मा रहेको जनएकता आधारभुत विद्यालयमा सहयोगीदाताहरुलाई सम्मान तथा छात्रबृति वितरण गरिएको  छ । मंगलबार बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्पन्न भएको छ ।  कार्यक्रममा ३४ जना विद्यार्थीहरुलाई ४ सयका दरले छात्रबृति वितरण गरिएको छ । विद्यालयलाई शैक्षिक सामाग्री सहित स्वास्थ्य सामाग्री प्रदान गर्ने राजेश खत्री,कर्णबहादुर राई,काजीबहादुर थापा,भरत श्रेष्ठ,राजकुमार श्रेष्ठ,राजेश शाह लगायतलाई सम्मान गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोषराज श्रेष्ठ (बाबुराम) ले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १७२ पटक पढिएको
  • झापाको विर्तामोडका एक युवा कोरियामा मृत भेटिए

    सुनसरी / नेपालबाट कोरिया गएको दुई महिना नबित्दै झापा विर्तामोडको छत्र बस्नेत कोरियामा मृत भेटिएका छन् ।छन्लाफोक्दोको घाना कम्पनीमा कार्यरत उनी  सोमबार विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल पठाइ दिने भनेर गाली गरेर रूम फर्काएका थिए ।मंगलबार विहान काममा नगएपछि कम्पनीका व्यक्तिले रूममा आएर हेर्दा मृत अबस्थामा भेटिएको उनका मामा भक्त मनोक्रान्तीले  जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • ३७८ पटक पढिएको
  • झापामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु , पाँच जना घाइते

    सुनसरी / झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँएर  दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले  विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन्। मृतक बाबुछोरी हुन्। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाकाले जनाएको छ ।घाइते भएकाहरूको सोहो अस्पतालमा उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर

    • प्रकाशित मितिः असार १२, २०८०
    • १८७ पटक पढिएको
  • विराटनगर महानगरपालिकाले ९० करोड रुपैया घटाएर बजेट ल्यायो , यसवर्ष ३ अर्ब २८ करोडेको बजेट

    इटहरी / विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु आर्थिक वर्षकोभन्दा ९० करोड रुपैया घटाएर बजेट ल्याएको छ । यो भनेको चालु आवको भन्दा २१ प्रतिशतभन्दा ज्यादा हो ।आइतबार नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोडेको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा विराटनगरको बजेट ३ अर्ब ७३ करोड ७५ लाख थियो । उक्त बजेटलाई बीचमा संशोधन गर्दै महानगरले चार अर्ब १७ करोड पुर्‍याएको थियो ।बजेटअनुसारको आम्दानी नभएपछि विराटनगरले बजेट घटाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ अर्ब ८६ करोड ८३ लाख रुपियाँ मात्र आम्दानी भएपछि विराटनगरले आगामी वर्षको

    • प्रकाशित मितिः असार १२, २०८०
    • १२३ पटक पढिएको
  • टिकटक स्टार अंशु बर्माको टिकटक एकाउन्ट बन्द, लाईभ बसेरै महिनामै २५-२८ लाख कमाउने गर्थे

    काठमाडौं   : टिकटकमा लाइभ आएर दिनमा लाखौं कमाउने गरेका कञ्चनपुरको महेन्द्रनगरघर भएका अंश बर्माको टिकटक एकाउन्ट बन्द भएको छ ।टिकटक लाइभ बसेर दिनमै लाख भन्दा बढी कमाउने र महिनाको २५ लाख भन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्ने गरेका थिए । टिकटकमा लाइभ बसेर कमाएको पैसाले एउटा कार, महेन्द्रनगरमा एउटा घर, काठमाडौमा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको टिकटकर बर्मा बताउने गरेका छन् ।तीन बर्षअघि खोलेको उनको उक्त एकाउन्टमा २.१ मिलियन फ्लोर्स थिए । उक्त एकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ एकाउन्ट खोलेका छन् ।

    • प्रकाशित मितिः असार ११, २०८०
    • २९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]