विराटनगरः कोसी प्रदेश सरकारले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गर्ने भएको छ । कोशी प्रदेशसभाको जारी बर्खे अधिवेशन अन्तर्गत बुधबारको बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै सो कुरा बताएका हुन । अर्थमन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै तीनै तहको सरकारको समन्वयमा प्रदेशले महत्वपूर्ण र समन्वयकारी भूमिका समेत निर्वाह गर्ने नीति लिने बताए । सो अवसरम
इटहरीः इटहरी उपमहानगरले पेट्रोलियम पदार्थले चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने विस्तृत अनुसन्धान सुरु गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरे संगै इटहरी उपमहानगरले देशमै पहिलो पटक सम्याति इलेक्ट्रो व्हील्स प्रालि सँग सम्झौता गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाईकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्ने सहमती भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । पुरानो मोटरसाईकल उपमहानगरले दिने र सो मोटरसाईकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको छ मेयर पौडेलले भने । संघिय सरकारले मर्मत
पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे नगरपालिका-०१ स्थित शहिद रत्न कुमार बान्तवाको अर्धकद् शालिक पुनःनिर्माण गरिएको छ।पूर्वका रातो उपनामबाट परिचित स्वर्गीय शहिद रत्न बान्तवाको स्मृतिमा बनाईएको सो शालिकको निर्माण कार्य सम्पन्न भएको हो। कोशी प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्ष २०७९/०८० मा २० लाख रुपैयाँ रकम विनियोजन भएको थियो। पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि यस अघिको शालिकले ओगटेको फराकिलो क्षेत्रलाई साघुर्याईएको स्मारक संरक्षण समितिका अध्यक्ष मान प्रसाद लिम्बुले जानकारी दिनुभयो।उहाँको अनुसार कूल बजेटमध्यें ६ लाख रुपैयाँ बजे
विराटनगर : कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटाैलालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी थप भएको छ ।यसअघि जसपाकी निर्मला लिम्बूले राजीनामा दिएपछि खाली रहेको स्वास्थ्य मन्त्रीमा खानेपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्यङ्वाेकाे नियुक्त भइसकेका छन् । नियुक्त भएका सबै मन्त्रीले आफ्नो कार्यभार सम्हालिसके
इटहरी उपमहानगरपालिका कृषि विकास शाखा को आयोजनामा साझेदारीमा ५०% अनुदानमा कृषि यन्त्र उपकरण पावर टेलर वितरण गर्दै उप प्रमुख संगीता चौधरी , कृषि शाखा प्रमुख लगायतका कर्मचारी कृषक हरु - तस्बिर
इटहरी । गर्मीका कारण जनजीवन प्रभावित वनी रहेको समयमा सुनसरीको इटहरीमा सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी सहित स्वास्थ्य प्ररिक्षणको व्यवस्था मिलाइएको छ । इटहरी उपमहानगरपालिका नजिकै पुर्वेली क्लव इटहरी र पुर्वेली समाज इटहरीले पानी पिउने व्यवस्था मिलाएको हो भने इन्खा एकीकृत अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ । गर्मीको समयमा मानिसहरुमा विभिन्न खाले स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै स्वास्थ्य परिक्षण सहित स्वास्थ्य परामर्श सेवा निशुल्क रुपमा उपलव्ध गराएको इन्खा एकीकृत अस्पतालका सञ्च
सुन्दरहरैचा। सिपका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर वनाउने लक्ष्य सहित मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १मा सञ्चालित एक महिने ढाका कपडा बुनाई तालिम समापन भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा प्रगति महिला समाजको आयोजनामा सञ्चालित एक महिने तालिम समापन भएको हो ।तालिम समापन कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख केदार प्रसाद गुरागाईंले तालिम लिएर आर्थिक उपार्जन गर्ने गरी दक्ष वनेर व्यावसाय सञ्चालन गर्नु पर्नेमा जोड दिए । वडा नम
इटहरी : इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्षमा नवराज चापागाईँ विजयी भएका छन् । शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार चापागाईँ समूहका उम्मेदवारहरू विजयी भएका हुन् ।चापागाईँले १३१७ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ११४५ मत पाए । अध्यक्षकै उम्मेदवार गीताबहादुर सोडारीले ६१६ र प्रदीपकुमार राईले ९३ मत पाएका हुन् । ५६६६ मतदाता मध्ये ३५३६ जनाले मतदान गरेका थिए । त्यसमध्ये ३१७१ मत मात्र सदर भयो ।उपाध्यक्ष पदमा एमालेका थापा प्यानलबाट उम्मेदवारी दिएका जयप्रसाद सिटौला ८८९ मत पाएर विजयी भए । गठबन्धनका कृ
खोटाङ । बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् ।आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।जेठ २१ गते सरकारी वकिलको कार्यालयले अदालतमा बालयौन दुरुपयोग अभियोग पत्र दायर गरेको थियो ।
इटहरी । कोशी प्रदेशमा शैक्षिक दृष्टिकोणले छुटै पहिचान बनाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी साइबर कनेक्सन सम्वन्धी विभिन्न सहजिकरण कार्यक्रम आयोजना गरेको छ । इन्टरनेटसंग जोडिने विषयहरुका विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले विश्व आर्दश कलेजको आयोजना रहेको दुई दिने साइबर कनेक्सन सम्वन्धी कार्यक्रमको आयोजना गरेको विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालले जानकारी दिए । इटहरी उपमाहानगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिइसकेका विद्यार्थीलाई इन्टरनेट चलाउ अपनाउनु पर्ने सावधा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.