दुहवी । सुनसरीको दुहवी वडा नं. ९ स्थित छातावेलीका आगलागी पिडित परिवारलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राहत वितरण गरेकी छिन् । गृह जिल्लाको भ्रमणमा रहेकी मन्त्री चौधरीले बिहीबार आगलागी भएका घरहरुको स्थलगत निरीक्षण गर्दै पिडित परिवारलाई म्याट्रेस, फिल्टर सहित नगद सहयोग गरेकी हुन् । गत पौष २ गते छातावेली (दुई तोलिया) मा आगलागी भई त्यहाँका घर तथा धनमाल जलेर नष्ट भएको थियो । सोही बखत आफ्नो तर्फबाट सहयोग राहत प्रदान गर्ने, राज्यबाट पनि सहयोग जुटाउने प्रतिबद्धता गरेकी मन्त्री चौधरीले गृह जिल्ला गएको अवसर पारेर आगल
इटहरी । इटहरीमा कुनै कार्यक्रम गर्नुपर्दा त्यसको चाजो बाझो कस्तो होला ? अझ त्यसमा प्रमुख अतिथी माननिय वा बहालवाला मन्त्री नै भइदिए तयारी कहा सम्मको गरिएला ?आफै अनुमान लगाउनुस ।इटहरी जस्तो शौखिनहरूको शहरमा कुनै कार्यक्रम गर्नुपरे प्रमुख अतिथीलाइ रातो कार्पेट बिछ्याएर,फुलमाला खादा लगायत अन्यले स्वागत गर्नैपर्छ ।तर बिहीबार इटहरीभित्रै एक कार्यक्रम सम्पन्न भएको छ । जहा प्रमुख अतिथीलाई न कुनै कार्पेट , न फुलमाला न अविर जात्रा सामान्य स्वोभावमै कार्यक्रम सम्पन्न गरीयो । महिलाहरूले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी देखि सबै अतिथीहरू महिलाहरू नै रहेका थिए । फाट्टफुट्ट पुरूषको सहभागिता
इटहरी । इटहरीमा तीन तले बसपार्क निर्माण हुने भएको छ ।आधुनिक बसपार्क निर्माणका लागी सम्भौता समेत गरीएको छ । १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता गरीएको हो ।इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडौंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले इटहरी बसपार्क निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।कोषको ७० प्रतिशत लगानी रहने बसपार्कमा इटहरी उपमहानगरको ३० प्रतिशत लगानी रहनेछ । बसपार्क निर्माण १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बसपार्क ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिकाले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भए यता आर्थिक सूचकहरु सकारात्मक बन्दै गएकोले चाँडै नै मुलुकको अर्थतन्त्र लिकमा आउने बताउनुभएको छ ।विराटनगरमा विहीबारदेखि आयोजना गरिएको सिएनआई कोशी एक्स्पो २०२३ को उद्घाटन गर्दै अध्यक्ष ओलीले यति वेला मुलुकमा देखा परेको उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले पहल लिने बताउनुभयो । उहाँले सरकारले ल्याएको न्यूनतम साँझा नीतिगत प्राथमिकता र कार्यक्रम उद्योगी व्यवसायी मैत्री रहेको र यसबाट उद्योगी व्यवसायीहरुले भोग्दै आएका बैंक व्याज दर र लिक्विडिटीको अ
इटहरी । वृद्ध,बद्धा आश्रम व्यवस्थापनको लागी ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम प्रदेश १ को इटहरीमा पनी आयोजना गरिएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश १ भरी रहेका वृद्ध आश्रममा आबद्धहरु लगायतका ४० जनालाइ ज्येष्ठ नागरिक स्याहार सम्बन्धी प्रशिक्षण गराइएको थियो ।प्रशिक्षणमा ज्येष्ठ नागरिक माथी हुने दुर्वब्यवहारको अवस्था,प्रकार,व्यवस्था,परिवार र समग्र राष्ट्रलाइ पर्ने असरबारे शारदा चन्द, योग तथा विविध मनोरञ्जन कार्यक्रम प्रशिक्षण योग प्रशिक्षक वासुदेव पण्डीत लगायतले सहजिकरण गर्ने छन । कार्यक्रममा बोल्दै महिला बालबालीका
प्रदेश नंं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग पु- याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश नं. १ को पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक भएको भन्दै पर्यटन व्यवसाय सम्बन्धि यो भेला उपलब्धी मूलक भएको बताउनुभएको छ । मुख्य
रामधुनी । थारु समुदायको सांस्कृतिक धरोहर ग्रामथान विभिन्न वहनामा अतिक्रमणमा पर्दै आएको भन्दै संरक्षणमा राज्यले ध्यान दिनु पर्ने माग गरिएको छ । ग्रामथान संरक्षण समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न बहानामा ग्रामथान अतिक्रमणमा पर्दै आएकाले राज्य संरक्षणमा ध्यान दिनु पर्ने माग गरेको हो । सुनसरीको झुम्कामा पत्रकार आयोजित पत्रकार सम्मेलनमा पुर्वी नेपालको सुनसरीमा रहेका ग्रामथानहरु पनि अतिक्रमणमा पर्ने क्रम नरोकिएको भन्दै ग्रामथान संरक्षणमा राज्यले चासो दिनु पर्ने ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले माग राखे । उनले सुनसरीमा चार सय देखि पाँच
इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ । नगर अबिधेसन गरिने भनिएको ठाउमा बिद्यालयको खेलकुद कार्यक्रम रहेको हुदा आगामी फागुन १३ गते अधिबेसन गरिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । जनता माध्यमिक बिद्यालयको खेल मैदानमा माघ २८ गते अधिवेसन गर्ने तय भएपनि बिद्यालयको विविध खेलकुद कार्यक्रम भैरहेको हुदा सो अधिवेसन सारिएको र आगामी फागुन १३ गते सोही स्थानमा अधिबेसन गरिने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक राजु रिसिदेवले जानकारी दिए । उनले इटहरी नगर क्षेत्रमा बसोबास गर्दै आएका मुसहर समूदायका
इटहरी । इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालमा मनाएको छ । १५औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले इटहरी २ मा रहेको मा रहेको मायाघर नेपालमा आश्रितहरुका लागि खाद्यान्न तथा बालिकाहरुकालागि शैक्षिक सामांग्री हस्तान्तरण गरि संस्थाले बार्षिक उत्सव मनाएको हो । संस्थाले मायाघर नेपालमा आश्रिातहरुका लागि जुस,हर्लिक्स,बिस्कुट,सरफ,साबुन लगायत कपी पेन्सील,इरेजर,साप्नर लगायतका सामाग्रीहरु माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरेका थिए । संस्थाले समाजिक कार्यलाई पनि प्राथमिकतामा राखेको हुदा मायाघरमा आश्रित
घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ नौ वटा तान बनाइएको छ । उनीहरुले यसरी नै बसेनि परालको गुन्द्री बुन्दै आएका छन् । खेती किसानी गर्ने महिला दिदीबहिनीले घरमै उत्पादन भएको परालबाट गुन्द्री बुन्दै आएका हुन् । पहिल्यैदेखि चलिआएको परम्परा तथा सीपको सदुपयोग गर्दै घरमै रहेको परालको प्रयोगबाट गुन्द्री बुन्ने गरिएको ईटहरी उपमहानगरपालिका वार्ड १३ की पुर्व वार्डसदस्य दुर्गि सरदार बताउछिन । 'खेती किसानी गर्छौं, घरमै पराल हुन्छ, त्यहीँ परालबाट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.