इटहरी । माघा घर नेपाल इटहरीले जीवनदर्शन ज्ञान यज्ञ/सत्सङ्ग गर्ने भएको छ । आगामि फागुन २२ गतेदेखि २८ गतेसम्म माया घरले सत्सङ्ग गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा माया घरकी अध्यक्ष राधिका दासीले बताउनु भयो । जसका लागि २१ गते बिहान ८ बजे इटहरीबाट पकली हुँदै चतारा गएर सप्तकोशीमा जल उठाई धरानको बाटो माया घरमा यज्ञ स्थलमा ल्याइने दासीले बताउनु भयो । सोहि दिन दिउँसो ३ बजे समुद्घाटन र मण्डव पुजा गरिने संस्थाकी सचिव सुभद्रा प्याकुरेले बताउनु भयो । २२ गतेदेखि एक सातासम्म दैनिक श्रीमद् भागवत पाठ, कथा बाचन, पुजाआजा तथा संगितमय जीवन दर्शन प्रवचन हुने माया घरले जानकारी दिएको छ ।&nbs
शरीरमा कुनै प्रकारको जन्मजात वा जीवनकालको क्रममा निस्किएको निशानीलाई कोठी भन्ने गर्छौं ।,भारतीय ज्योतिष शास्त्रको शाखा समुन्द्र विज्ञानमा शरिरमा भएको चिन्हको आधारमा व्यक्तिको भविष्यको विश्लेष गरिन्छ ।शरिरमा पाएको यो निशानीले हाम्रो भविष्य र चरित्रको बारेमा धेरै कुरा बताउँछ। धेरैपटक समयसँगै कोठी निस्कने गर्दछ भने कुनै गायब हुने गर्दछन् । आज हामी तपाईंलाई शरिरको कुन ठाउँको कोठीले कस्तो प्रकारको संकेत गर्दछ ।कोठीले सबै प्रकारको शारिरिक, आर्थिक र चरित्रको बारेमा धेरै कुरा बताउँछ । कोठीले मानिसको सुन्रतालाई पनि थप्ने काम गर्दछ । शरिरमा कोठी छ भने मानिसहरुले यसको फल के हुन्छ भन्ने जिज्ञासा राखेको हु
आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने हुन्छ ।स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । र कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।‘मेरो बेरुजु छ भनेर तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै
काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण
सुन्दरहरैँचा / ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज झुम्का कारागारबाट ३७ जना कैदी बन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । सोही अनुसार झुम्का कारागारबाट ३७ जनाले आम माफी पाएका हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा-२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा, त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको सँग जम्मा ५ सय १३ जना कैदी वन्दीले आम माफी पाएका छन् । त्यस मध्येबाट
इटहरी । भ्वाईस अफ चिल्ड्रेन सुनसरीले सेभ द चिल्ड्रेनको सहयोग र ईटहरी उप-महानगरपालिकाको समन्वयमा विपद्मा बाल संरक्षण गर्न अन्य क्षेत्रहरुसँगको समन्वयका लागि बालक्लब तथा बालसञ्जालहरुको भूमिका विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा नगर बाल सञ्जाल ईटहरीका पवन कुमार विष्टले विपद्को समयमा सञ्जालले गरेका कार्यसहित हासम्म गरेका कार्यहरु प्रस्तुत गर्नु भएको थियो भने ईटहरी उपमहानगरपालिका सामाजिक विकास अधिकृत श्री शुशिला कार्कीले नगरले विपद्को समयमा बालबालिकाको लागि गरेका कार्यहरुबारे प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले नगरले गरेका कार्यहरुमा जिज्ञासा समेत राखेक
नेपाली मात्र हैन विश्वको हरेक समाजमा कुनै पनि व्यक्तिको सामाजिक हैसियत र उचाइ मापनको कारक तत्वका रूपमा धनले आफ्नो छुट्टै पहिचान बनाएको छ ।कोही धनढ्य परिवारमा नै जन्मेर धनी बनेका छन् त कोहि आफ्नो मेहनतका कारण धनी भएका छन् ।जसरी विल गेट्स, वारेन वफेट, जेफ वेजोस जस्ता व्यक्तिहरूले विश्वका धनाढ्यको सुचीमा आफ्नो नाम अग्र स्थानमा राख्न सफल भएका छन् त्यसरी नै नेपालका केहि व्यक्तिहरूले पनि आफ्नो नाम नेपालको धनाढ्यहरूको सुचीमा सुचीकृत गर्न सफल भएका छन् । नेपालको उत्कृष्ट १० धनाढ्यहरू यस्ता छन् ।१. विनोद चौधरी: फोर्व्सको सुचीमा सुचीकृत हुने पहिलो नेपाली विनोद चौधरी विश्वको १३४२ औँ धनाढ्यमा पर्छन्
राम्रो निन्द्राका लागि के गर्ने ?–एउटै समयमा सुत्ने र उठ्ने–दिउँसो सुत्ने बानी छ भने हटाउने–नियमित शारीरिक व्यायाम, कसरत गर्ने–धुमपान, मद्यपानजस्ता लागूपदार्थको सेवन नगर्ने–ओछ्यानमा सुत्ने बेलामा मात्र जाने–सुत्नुभन्दा आधा घन्टा अघि मोबाइल, ल्यापटप, टेलिभिजन आदि बन्द गर्ने–राति सुत्ने बेलामा धेरै पानी नपिउने–सुत्नुभन्दा २ घन्टाअघि खाना खाने–सुत्दा निन्द्रा नआएमा ओछ्यान छाडेर बस्ने अथवा मधुरो बत्तीमा पुस्तक पढ्ने वा अन्य कुनै काम गर्ने, निन्द्रा आउनेबित्तिकै सुत्ने–गहिरो सुस्त श्वास लिएर मनलाई एकाग्र गर्यो भने निन्द्रा लाग्छ–सुत्नुभन्दा अघि एउटा बानी बसाल्ने । जस्तै दाँत माझ्ने, हात गोडा धुने आ
सुताइ घन्टामा भन्दा पनि गुणस्तरीय निन्द्रामा भरपर्ने मनोचिकित्सकहरू बताउँछन् । किशोरावस्था र वयस्कको तुलनामा बच्चाहरूको निदाउने समय धेरै हुने डा. पन्त बताउँछन् । ‘उमेर बढ्दै जाँदा निदाउने समय घट्दै जान्छ,’ उनी भन्छन्, ‘अन्य उमेर समूहको तुलनामा ५ वर्षभन्दा कम उमेरका बालबालिकाको सुत्ने समय धेरै हुन्छ ।’ निन्द्राको विषयमा विभिन्न अध्ययन भएका छन् । कुन उमेर समूहका मानिसले कति घन्टा सुत्ने भन्ने विषयमा अमेरिकाको नेशनल स्लिप फाउन्डेसनले गरेको अध्ययन यस्तो छ :कुन उमेर समूहमा कति घन्टा सुत्ने ?पहिलो दिनदेखि ३ महिना : १४ देखि १७ घन्टा४ देखि ११ महिना : १२ देखि १५ घन्टा१ देखि २ वर्षसम्म :
दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेकाे कार्यक्रममा मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा छलफल भएकाे थियाे । छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए ।दक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.