समाज

    Showing ११,०४१-११,०५० of ११,३०१ items.
  • छोराले गरे ५० बर्षीय दलबहादुर दर्जीको हत्या

    संखुवासभा / सभापोखरी गाउँपालिका–२ वितलवका ५० बर्षीय दलबहादुर दर्जीको हत्या  भएको छ। संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रबार राति करिब १२ बजेतिर आफ्नै  छोराले  दलबहादुरको हत्या गरेका हुन् /  उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।घटनामा संलग्नलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ७० पटक पढिएको
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक

    ४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ ।आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।  

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २०९ पटक पढिएको
  • झोला भित्र पुरूषको टाउको र खुट्टा भेटिए

    बुधबार धरान ४ आपगाछी क्षेत्रको जंगलमा  झोला भित्र टाउको र एउटा खुट्टा काटेर फालेको अवस्थामा भटिएकोमा आज पनि शरिरका विभिन्न भाागहरू भेटिएको   संघीय प्रहरी ईकाई कार्यालय धरानका एसपी भीम दाहालले जनाएका छन् । बुधबार अपरान्ह टाउको र खुट्टा भिटीएको स्थानबाट करिव एक किलोमिटर उत्तरमा झोलाभित्र सरीरको बाकी भागहरू फालिएको अवस्थामा फेलापरेको एसपी दहालले  बताए । उनका अनुसार  मृतक पुरूष रहेका प्रहरीले जनाएको छ ।, उनको हत्या गरी शरिरका विभिन्न भागहरू लुकाउनका लागी फालिएको प्रहरीले आशंका गरिएको छ । 

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ९९ पटक पढिएको
  • सुनसरीमा बन्दको प्रभाव हल्लामा मात्र सिमित (फोटो फिचर )

    इटहरी । पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले आह्वान गरेको आजाको नेपाल बन्द सुनसरीमा भने नगन्य पाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भन्दै यी पार्टीले आज नेपाल बन्द गर्ने जानकारी गराएका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् । तर, सुनसरीमा भने नेपाल बन्दले प्रभाव परेको छैन

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • १२१ पटक पढिएको
  • सुरक्षा प्रमुखसहितको उपस्थितिमा लेटाङमा आज वृहत अन्तरक्रिया

    मोरङका सुरक्षा र विभिन्न कार्यालयका प्रमुखसहितको उपस्थितिमा लेटाङ नगरपालिकामा आज (मङ्गलबार) वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिँदै छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी जनार्दन जिसी, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने लगायतका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सुरक्षा अधिकारीबाहेक सडक, कृषि, पशु स्वास्थ्य, नदी नियन्त्रण, वनसहित विकास पूर्वाधारसँग सम्बन्धित महत्वपूर्ण कार्यालयका प्रमुख र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहने छ । शान्ति सुरक्षा र वि

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ११८ पटक पढिएको
  • मोबाइल बिगारेको निउमा आफ्नै श्रीमतीको हत्या

    झापा / श्रीमतीको हत्या गरेको आरोपमा झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका छन् । ३४ बर्सिया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । मोबाइल बिगारेको विषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५४ पटक पढिएको
  • लेटाङ पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश

    लेटाङ । नेकपा एमालेले मात्र देशको विकास गर्ने भन्दै मोरङको लेटाङ निवासी पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । शुक्रबार भएको नेकपा एमाले लेटाङको पूर्ण वैठकको अवसरमा गरिएको पार्टी प्रवेश कार्यक्रममार्फत तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च  किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला, डिल्ली विक, नन्दलाल धिमाल, लोकबहादुर सुवेदी लगायतले किराँतीलाई खादा तथा अविर लगाएर एमालेमा प्रवेश गराउनु भयो ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले नेकपा एमालेले अवसर पाएक

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १३२ पटक पढिएको
  • २४ बर्सिया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    झापा / झापामा प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन् । उनले २४ बर्सिया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो । निकेशले ती युवतीलाई शिवसताक्षी नगरपालिका-९ सङ्गम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • १८७ पटक पढिएको
  • इटहरीमा प्रणय कविता वाचन

    इटहरीः प्रणय दिवसका दिन सोमबार इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय  कविता वाचन" कार्यक्रमको आयोजना गरिएको छ । इटहरीकै तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय कविता ’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीले बताए ।कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । ‘आज प्रणय दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महस

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २२० पटक पढिएको
  • नौमति र पञ्चे बाजा संरक्षणमा बाह्मण क्षेत्री लगायतका महिलाहरु

    इटहरी ।  नौमति र पञ्चे बाजा संरक्षणमा जुटेका बाह्मण क्षेत्री लगायतका इटहरीका महिला अहिले व्यवसायिक रुपमै नौमति र पञ्चे बाजा बजाउन थालेका छन ।     कुनै एक जातिले मात्र बजाउने भनेर परिचित नौमति र पञ्चे बाजा  लोपोन्मुख बन्दै गएका मध्यनजर गर्दै संरक्षणका लागि बजाउन सिकेका इटहरी बाह्मण क्षेत्री लगायतका महिलाहरुको अहिले आम्दानी स्रोत समेत नौमति र पञ्चे बाजा वन्न थालेको हो ।      कोरोना कहरका कारण लकडाउन भएको समयमा केही महिलाहरु मिलेर नौमति र पञ्चे बाजा लोप हुदै गएको तथा व्रतमन्न विवाह पुराण लगायतमा शुभ साइतका लागि बजाउने मानिसहरु पाउन छोडेको तर्फ केन्द्री

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]