समाज

    Showing ११,०६१-११,०७० of ११,३०१ items.
  • खोला उत्खन्न गरेको कारण बस्ती जोखिममा परेको भन्दै सुन्दरहरैचा ४का स्थानीय विरोधमा

    मोरङ । जथाभावी रुपमा खोला उत्खन्न गरेको कारण बस्ती जोखिममा परेको भन्दै मोरङको सुन्दरहरैचा ४का स्थानीयले बस्ती संरक्षणका लागि जथाभावी रुपमा हुदै आएको उत्खनन रोकिनु पर्ने माग राखेका छन ।   मोरङको सुन्दरहरैचा वडा नम्बर ४ तर्फ बुढी खोलाबाट जथाभावी रुपमा बालुवा गिटी उत्खनन गर्ने कार्यले बस्ती जोखिममा परेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन ।    खोलामा बालुवा गिटी उत्खनन गर्ने क्रममा खोलाको किनारा तथा खोलाको कटान नियन्त्रणका लागि वनाइएको संरचनाहरु समेत भत्काएर लैजान थालेको भन्दै स्थानीयहरु विरोधमा उत्रिए ।विरोधमा उत्रिएका स्थानीयले खोला उत्खननका नाममा व्यक्तिले भोगचलन गर्दै

    • प्रकाशित मितिः माघ २४, २०७८
    • ११८ पटक पढिएको
  • प्रेस चौतारीले घोषणा गर्‍यो विभिन्न पुरस्कार पाउने पत्रकारको नाम

    प्रेस चौतारी नेपालले विभिन्न पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम घोषणा गरेको छ ।चौतारीले २४औँ स्थापना दिवस अवसरमा आज (शनिबार) पुरस्कृत हुने व्यक्तिको नाम घोषणा गरेको हो । २०७७ सालमा समेत चौतारीले विभिन्न पुरस्कार प्रदान गर्न बाँकी नै थियो । ०७७ र २०७८ सालकै लागि पुरस्कृत हुने व्यक्ति घोषणा गरिएको चौतारीले जनाएको छ । चौतारीका अनसार ०७७ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरष्कार राजेन्द्र अर्याललाई र ०७८ को यो पुरस्कार गगन विष्टलाई प्रदान गरिने छ । अर्याल र विष्ट चौतारीका पूर्वअध्यक्ष हुन् ।०७७ सालको अग्निशिखा पत्रकारिता पुरष्कार कृष्णविनोद लम्साल र ०७८ सालको यो पुरस्कार झलक सुवेदीलाई

    • प्रकाशित मितिः माघ २२, २०७८
    • ९१ पटक पढिएको
  • विराटनगरमा युवा संघ र अनेरास्ववियु द्धारा सरकारविरुद्ध प्रदर्शन

    विराटनगर, २२ माघ ।  युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीले   राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेको छ । विराटनगरस्थित संसारी माईस्थानदेखि बी प्लटसम्म युवा संघ र अनेरास्ववियुका युवाहरुले राँके जुलुस निकालेका थिए । स्थानीय निकायको निर्वाचन गर, महंगी नियन्त्रण गर, मन्त्रालय फुटाउने निर्णय खारेज गर लगायतका नारासहित राँके जुलुस निकालेका थिए । संसारी माईस्थानबाट निकालिएको राँके जुलुस बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकी, मोरङका पूर्वउपाध्यक्ष किशोर भट्टराई, युवा संघ ने

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १२९ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालय सुन्दरहरैचामा विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने हल्ट प्रतियोगिताको तयारी

    सुन्दरहरैचा : मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता चुनौती प्रतियोगिता आयोजना हुने भएको छ ।विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।नेतृत्वकर्ता रिजन दाहालका अनुसार हल्ट चुनौतीमा आफ्नो उद्धम उपायहरूले सन् २०२४ सम्म अर्थात् अबको दुई वर्

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १४५ पटक पढिएको
  • सुनसरी दुर्घटनाका मृतक तीनै जनाको पहिचान खुल्यो

    सुन्दरहरैचा : सुनसरी भोक्राहा नरसिहं गाऊपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर भइ आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान भएको सुनसरी प्रहरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ वर्षीय शेख फिरोज रहेका छन् ।यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल इनरुवा, न्यूरो अस्पताल विराटनगर र विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको एसपी थापाले बताए ।शु

    • प्रकाशित मितिः माघ २२, २०७८
    • २३५ पटक पढिएको
  • तरहरामा गुम्बा भवनकाे शिलान्यास

    इटहरी / सुनसरीको इटहरी २० तरहरामा रहेको तरहरा गुरुङ गुम्बामा थप नयाँ गुम्बा भवन निर्माणका लागि  शिलान्यास गरिएको छ ।  स्वर्गिय दानवहादुर गुरुङको अध्यक्षतामा गुम्बा दर्ता गरी तत्कालिन समय  वि.सं. २०५४ सालमा निर्माण गरिएको गुम्बा पुरानो भवनसंगै नयाँ वनाउने गरी शिलान्यास गरिएको हो ।   तरहरा गुम्बाको पुरानो भवनको तत्कालिन समयका अध्यक्ष स्वर्गिय दानवहादुर गुरुङले शिलान्यास गरेको गुम्बा पुरानो भएको तथा थप भवनको आवश्यकता समेत हुन थालेको समयमा समाजसेवी सिजन गुरुङको अगुवाईमा नयाँ गुम्बा भवन निर्माणको शिलान्यास एक कार्यक्रमका विच गरियो ।  गुम्बाको एक कठ्ठा एघार धुर जमि

    • प्रकाशित मितिः माघ २२, २०७८
    • ९१ पटक पढिएको
  • पहिलो पाइला नेपाल र योगदान राष्ट्रका लागि द्वारा उद्योेषण तालिम सम्पन्न

    सुन्दरहरैचा।  मोरङ र सुनसरीलाइ मध्यनजर गर्दै र्कायक्रम सञ्चालकहरुलाइ  सुदृढ र दक्ष,अबल, बनाउने उद्देश्यले मोरङको गोठगाँउ स्थित पञ्चायत मा वि मा एक दिवसिय उद्योषण कला तालिम आयोजना गरिएको छ। पहिलो पाइला नेपालको आयोजना तथा  योगदान राष्ट्रका लागि सुन्दरहरैचा नगर र्काय समितिको सह-आयोजनामा उद्योषण कलामा दक्षता प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संयोग ढकाल ले बताए। पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाको आतिथ्य तथा पहिलो पाइला नेपालको सुदरहरैचा नगर अध्यक्ष मनोज लामा कार्कीको अध्यक्षतामा रहेको तालिम र्कायक्रममा २० जना प्रशिक्षार्थीका रुपमा सहभागि रहेको छ।

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १४९ पटक पढिएको
  • प्रेस चौतारी सुनसरीद्धारा दुई हकरलाई साइकल प्रदान, इटहरी नगर इन्चार्जमा पौडेल चयन

    प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरी जिल्ला शाखाले २ जना हकरलाई साइकल प्रदान गरेको छ ।प्रेस चौतारी सुनसरीले शनिबार धरानमा एक कार्यक्रम आयोजना गरि धरान र इटहरीका दुई हकरलाई साइकल वितरण गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए ।प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलले पत्रिका घरमा पुर्याउदै आएका वितरकलाई सहजताको लागि वित

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १४४ पटक पढिएको
  • लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेदेखि हुने

    काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।आयोगले जारी गरेको सूचनाअनुसार  स्थगन भएका उपसचिव वा सोसरह ९अप्राविधिक÷प्राविधिक०, शाखा अधिकृत वा सोसरह ९प्राविधिक० र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन् ।  न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, ह

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १३० पटक पढिएको
  • युटुबर चेतन कार्की पक्राउ

    युटुबर चेतन कार्की पक्राउ परेका छन् । ब्राउन सुगर र गाँजासहित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को खुर्कोटबाट उनी पक्राउ परेका हुन् ।बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका कार्कीको ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।चेतन भ्लगबाट चर्चामा आएका कार्कीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ११७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]