समाज

    Showing १,२७१-१,२८० of १०,२९९ items.
  • धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

    इटहरी ।  सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सोमबार बिहान भएको दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । दुर्घटनामा एक महिला यात्रु बसभित्रै च्यापिएको अवस्थामा रहेको र उहाँको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । धरानबाट पाँचथरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको मिनीबस बिहान करिब ९ः३० बजे पाँचथर र धनकुटाको सीमावर्ती नावाखोला नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ निवासी २८ वर्षीय चालक तेजबहादुर चेम्जोङ गम्भीर घाइते हुनुभएको छ । अन्य

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १४५ पटक पढिएको
  • घुर्मी–चतरा सुनकोशी कोरिडोरको काम प्रभावित

    इटहरी । पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्यवृद्धिले निर्माणाधीन अवस्थामा विकासनिर्माणका कतिपय ठुला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन् । डिजेल, पेट्रोल अलकत्रालगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दोब्बर वृद्धि भएको र त्यसबाट आर्थिक सङ्कटमा परेकाले बिचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायी बताउँछन् । उदयपुर जिल्लाको घुर्मीदेखि सुनसरी जिल्लाको चतराघाटसम्मको १६७ किलोमिटर लामो कोशी कोरिडोरको काम, उदयपुरको कटारी नगरपालिका–१० स्थित घुर्मीदेखि भालुखोला हँुदै आम्बोटेसम्मको १४ किलोमिटर लामो सडकखण्ड निर्मा

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ८२ पटक पढिएको
  • लालीगुराँस एकेडेमीमा बाल क्लब गठन अध्यक्षता सदीक्षा जिमी

    इटहरी । लालीगुराँस एकेडेमी मा २०८३ जेठ १ गते ११ सदस्यीय लालीगुराँस बाल क्लब गठन गरिएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सदीक्षा जिमीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने, सामाजिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता गराउने र विद्यालयस्तरमा सहकार्य तथा अनुशासनको भावना अभिवृद्धि गर्ने उद्देश्यले क्लब गठन गरिएको विद्यालयले जनाएको छ।कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मुना कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले बाल क्लबले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन तथा अतिरिक्त क्रियाकलापमार्फत सकारात्मक सोचको विकास

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १,०३५ पटक पढिएको
  • ताप्लेजुङमा अस्पतालका बिरामीलाई फलफूल वितरण

    इटहरी । ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन०का अनुसार ताप्लेजुङ अस्पतालमा उपचाररत रहेका २६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा उपचार सेवा लिइरहेका विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको कार्यबाहक अध्यक्ष पोमुले जानकारी दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्दीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २३६ पटक पढिएको
  • इनरुवामा मदन–आश्रित स्मृति सभा तथा माल्यार्पण

    इनरुवा । मदन भण्डारी स्मारक संरक्षण समाज   सुनसरीको आयोजनामा ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा स्मृति सभा एवं प्रतिमामा माल्यार्पण कार्यक्रम  इनरुवा–३, सखुवागाछीमा सम्पन्न भएको छ।कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री राम प्रसाद मेहता  एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेत, कोशी प्रदेश सभा सदस्य विजय राई, एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादव, साथै एमाले नेताहरु खेमराज पोखरेल, पोष्ट कुमार नेपाल, कालुराम गुरुङ, मोतिराज सुनवार, लोकेश निरौला, इन्द्रकला राइ लगायत  विभिन्न कमिटीका नेता कार्यकर्ता बुद्धिजीवी, स्थानीयको उपस्थिति रहेको थि

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ६७५ पटक पढिएको
  • मधुमल्ला अस्पतालमा आँखा उपचार सेवा सुरु, डा. सन्दुक रुइतद्वारा निरीक्षण

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला अस्पतालमा आँखा उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।मंगलबारदेखि तिलगंगा आँखा अस्पताल काठमाडौंको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल अस्पताल विराटनगरको सहकार्यमा सेवा सुरु गरिएको हो । सेवा शुभारम्भको अवसरमा आयोजित शिविरमा १५० जनाको आँखा परीक्षण (स्क्रिनिङ) गरिएको तथा २२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको मधुमल्ला अस्पतालका प्रमुख भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो । सुरु गरिएको आँखा उपचार सेवाको अनुगमन तथा निरीक्षण वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रामलाल गोल्छा आँखा अस्पतालक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २८८ पटक पढिएको
  • प्रकाशपुरमा लागुऔषधविरुद्ध जनचेतनामूलक ¥याली सम्पन्न

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१० प्रकाशपुरमा लागुऔषध बेचबिखन तथा दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजित ¥याली सम्पन्न भएको छ ।प्रकाशपुर बाल सञ्जाल को आयोजना, बराहक्षेत्र वडा नं. १० कार्यालय को संरक्षण तथा द पालुवा एकेडेमी को सहकार्यमा सम्पन्न कार्यक्रममा करिब ३ सय जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरूले “लागुऔषधमुक्त समाज आजको आवश्यकता” लगायतका नारासहित बजार तथा विभिन्न क्षेत्र परिक्रमा गर्दै लागुऔषधविरुद्ध सचेतना सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा प्रहरी चौकी प्रकाशपुर को विशेष उपस्थित

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ९३५ पटक पढिएको
  • वनक्षेत्रको जटिलता हटाउन र नयाँ राजस्वका क्षेत्र समेट्न वन ऐन संशोधनको तयारी

    इटहरी। कोशी प्रदेश सरकारले वनक्षेत्रमा देखिएका व्यावहारिक जटिलता हटाउन र नयाँ राजस्वका क्षेत्र समेट्न ‘प्रदेश वन ऐन’ संशोधनको प्रक्रिया अघि बढाएको छ । विशेष गरी घरायसी प्रयोजनका लागि पुराना घर एक ठाउँबाट अर्को ठाउँमा सार्दा आइपर्ने कानुनी सास्ती हटाउन तथा घाटगद्दीमा थुप्रिएका काठलाई बिक्री गर्न सहज बनाउने गरी कानुन संशोधन गर्न लागिएको हो । मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले पुरानो ऐनका कतिपय अव्यावहारिक प्रावधानले जनताले दुःख पाएको र काठ कुहिएर जाने अवस्था आएकाले उक्त समस्या समाधान गर्न ऐन संशोधन गर्न लागिएको बताउनुभयो ।उहाँले ऐन र नियमावली संशोधनको मसौदा मन्त्रीपरिषद्मा पुगिसकेक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १७१ पटक पढिएको
  • षडानन्द बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै

    इटहरी ।  षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १६९ पटक पढिएको
  • विराटनगरमा अपाङ्गताले रोकेन उद्यमशीलता

    इटहरी। सञ्जय दर्नाल मेरुदण्ड पक्षघातका कारण अपाङ्गता  हुनुहुन्छ । विराटनगरमा घर भएपछि दैनिक जीविकोपार्जनको विकल्प खोज्नु उहाँको बाध्यता थियो । पछिल्लो १६ वर्षयता दर्नालको दैनिकी सीमापार भारतीय बजार जोगबनी पुग्ने अनि ट्राइसाइकलमा सामान ल्याएर विराटनगरका पसलमा बिक्री गर्ने बन्यो । खाद्यान्नसहित माग अनुसारको सामान ल्याएर बिक्री गर्दा दैनिक एक हजार रुपियाँसम्म कमाइ हुन्थ्यो । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि भौतिक सीमितता पनि उत्तिकै जटिल कुरा हुन्थ्यो । सीमापारबाट सामान ल्याउने कार्य कानुनी थिएन, गैरकानुनी काम गर्न दिन सरकार सधैँ तयार भएन । दर्नालसँगै सामान ल्याउने १७ जनाको समूह थियो । य

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]