इटहरी। यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् । उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रम गर्दै मतदाता फकाउन व्यस्त छन् । विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेका अरुण गाउँपालिका ३ का गजेन्द्र बहादुर भुजेल मतदान गर्न स्वदेश फर्किनुभएको छ । यो निर्वाचनले देशमै रोजगारी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन प्रवर्धन हुने विश्वास उहाँको छ ।जिल्ला
इटहरी। आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले पूर्वपश्चिम राजमार्ग विस्तारको काम प्रभावित हुने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माणको काम यतिबेला तीव्र रूपमा चलिरहेको छ तर अर्को साताबाट विस्तारको काम प्रभावित हुने देखिएको छ ।पूर्वपश्चिम सडक विस्तार योजना, काँकडभिट्टा–लौकही सडक आयोजनाका पश्चिम खण्ड कार्यालय इटहरीका प्रमुख जगत प्रजापति का अनुसार सडक निर्माणमा काम गर्ने कामदारहरू अधिकांश तराईवासी छन् । गत वर्ष पनि होलीले काममा प्रभाव पारेको थियो । यो वर्ष होलीलगत्तै निर्वाचन पनि भएकाले दुई साता काम रोकिने अवस्था देखिएको उहाँले बताउनुभयो।चुनावी वात
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ‘वाचापत्र’ सार्वजनिक गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।वाचापत्रमा नेपालका संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने उल्लेख छ । यसै गरी, सङ्घीय सांसदको हैसियतमा भ्रष्टाचार नियन्त्रण, नीति तथा बजेट निर्माणमा क्षेत्रीय आवश्यकताको समावेश, सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्व
इटहरी। धनकुटामा शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिएपछि निर्माणाधीन ११ वटा सरकारी भवनको काम अलपत्र परेको छ । ठेक्का लागेर निर्माण सुरु भएका ती भवनको काम पूरा नहुँदै कार्यान्वयन गर्ने कार्यालयको संरचना परिवर्तन भएपछि निर्माणकार्य अन्योलमा परेको हो ।निर्माणको ठेक्का लगाउने कोसी प्रदेशअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय गत साउनदेखि पूर्वाधार विकास कार्यालयमा गाभिएको थियो । कार्यालय गाभिए पनि अघिल्लो कार्यालयले सुरु गरेका योजनाको स्वामित्व लिएर अधुरा काम अघि बढाउन चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम समावेश गरिएको छैन । पूर्वाधार विकास कार्यालय धनकुटाका
इटहरी । जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।गत फागुन ७ गते बिहान लखनलाल राजवंशीकी श्रीमती लीलाले बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो ।आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागि लीला गम्भीर घाइते हुनुभएको थियो । घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यकालागि प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार लाल बिक्रम थापाले बाचा–पत्र सार्वजनिक गरेका छन् । पार्टीले यस निर्वाचनलाई नागरिकको गुमेको विश्वास फिर्ता ल्याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन र सुशासनलाई केन्द्रमा राखेको जनाएको छ।कार्यक्रममा कार्यवाहक सभापति तथा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन) को उपस्थिति रहेको थियो। उहाँले जनअपेक्षा अनुसार इमानदार र पारदर्शी राजनीतिक अभ्यास आवश्
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा रहको शिक्षादिप एकेडेमी स्कुलले कक्षा ९ र १० मा अध्ययनरत ३५ जना विद्यार्थी र ७ जना शिक्षकहरूलाई शैक्षिक भ्रमण गराएको छ ।विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ४ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई मनकामना ,पोखरा बन्दिपुर, चितवन लगायतका पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गराइएको थियो।विद्यालयक
इटहरी । आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरि जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चारकर्मीहरुसँग निर्वाचन आचारसंहिता विषयक छलफल गरेको छ ।निर्वाचनका बेला हुनसक्ने आचार संहिता उलङ्घनसहित सञ्चारकर्मीहरुले गर्ने ‘रिपोटिङ’ का विषयमा समेत कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा आउँदो निर्वाचनका दिन र मतगणनाको समयमा सञ्चाकर्मीहरुलाई सहज रिपोटिङका लागि वातावरण मिलाउन सञ्चारकर्मीहरुले आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईंले अघिल्ला निर्वाचनहरुमा भएका अनुुभव र घटनालाई मध्यनजर गर्दै यसपटक निर्वाचनमा खटाइने कर्मचारी र सुरक्षाकर्मीलाई तालिममै सञ्चारकर्मीहरुलाई सहज वात
इटहरी । फागुन २१ को निर्वाचनका लागि इलाममा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । इलाम सदरमुुकामस्थित बाल मन्दिर र कारागार कार्यालयमा गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । बाल मन्दिरमा रहेको मतदान केन्द्रमा जिल्लास्थित संवैधानिक निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी र कर्मचारी अन्य सबै गरी दुई हजार ६३४ अस्थायी मतदाता संख्या रहेको छ । यस्तै, कारागारमा रहेको मतदान केन्द्रमा रणशार्दुल गण गडीथुम्का इलाम र कारागार कार्यालयका कर्मचारी, थुनुवा र कैदीबन्दी गरी दुईसय तीन जना अस्थायी मतदाता रहेका छन् । अस्थाय
इटहरी । मेची राजमार्गको इलामको फिक्कल–कन्याम सडक खण्ड अन्तर्गत कन्याम नजिक पाल्टागेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको प्र। १–०१–०१८ प। १५२० नम्बरको मोटरसाइकलमा सवार झापा बिर्तामोड–५ का ५० वर्षीय मनोज चौधरीको मृत्यु भएका हो । सो मोटरसाइकल चालक तिङ्कु साहुले ब्रेक लगाउने क्रममा पछाडि सवार चौधरी मोटरसाइकलबाट लड्दा इलामबाट झापा तर्फ जाँदै गरेको मे। १ ख। १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउँकोमा किचेको थियो । दिउँसो साढे ११ बजेतिर भएको दुर्घटनामा चौधरीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.