इटहरी : पब्जी खेलमा जितेको भर्चुअल डायमण्डको रकम असुल्ने क्रममा झापाका एक युवक अपहरणमा परेको खुलेको छ। झापा शिवसताक्षी नगरपालिका–१० माईघारका २६ वर्षीय नवीन रायलाई सात जनाको समूहले अपहरण गरी बन्धक बनाएर यातना दिएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका राय ठमेलस्थित रोयल क्याफे एन्ड थकाली भान्छाघरमा कफी मेकरका रूपमा काम गर्दै आएका छन्। उनलाई साउन २८ गते कलंकीबाट अपहरण गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नागार्जुन नगरपालिका-५ छग्डोलबाट रायको उद्धार गरेको हो। उनलाई हातखुट्टा बाँधेर राखिएको अवस्थामा उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान क
इटहरी : झापाको बाह्रदशी गाउँपालिकाबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित आइतवार तीनजना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–३ मा ब्राउन सुगर खरिद–बिक्री भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ का २० वर्षीय प्रकाश हरिजन, बाह्रदशी गाउँपालिका–३ का २१ वर्षीय मनिस राजवंशी र सोही स्थानका २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई ब्राउन सुगर खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउपछि उनीहरूको साथबाट १३ ग्राम ६४० मिलिग्राम
इटहरी : विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा सोमबार बिहानदेखि गरिएको खानतलासीपछि कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका छन्।कारागारभित्र रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको जानकारी पाएपछि ‘बी’ ब्लकका कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो। लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र राखिएको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको प्रहरीले
इटहरी। ताप्लेजुङमा चोरी गर्ने एक युवक पक्राउ परेका छन् । फुङलिङ नगरपालिका –४ तोक्मेडाँडास्थित बसपार्कमा रहेको मेवा ताप्लेजुङ यातायात सेवा प्रालिको काउन्टर तोडफोड गरी नगद तथा विभिन्न सामान चोरी गर्ने सो युवक पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका –४ का १९ वर्षीय इन्सान लिम्बु रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले काउन्टरबाट नगद ६० हजार रुपियाँ, एटिएम कार्ड, हेल्मेट लगायतका सामान चोरी गरेका थिए।चोरी भएको आसपास क्षेत्रमा रहेको सीसीटीभी क्यामेराको फुटेज आधारमा चोरीमा संलग्न लिम्बूको खोजी गरी पक्राउ गरिएको हो । लिम्बुल
इटहरी । पाँचथरमा स्वास्थ्य सेवा विस्तारका लागि संरचना थपिँदै गए पनि सेवाको उपयोग भने घट्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनले खोप, गर्भजाँच, संस्थागत प्रसूति तथा बहिरङ्ग सेवासम्बन्धी प्रमुख सूचक अघिल्लो वर्षको तुलनामा कमजोर बनेको देखाएको हो।जिल्लाका आठवटै स्थानीय तहमा स्वास्थ्य संस्था मातहत ३६ बर्थिङ सेन्टर, २२८ खोप क्लिनिक, १७४ प्राथमिक स्वास्थ्य सेवा तथा बाह्य उपचार केन्द्र र ३९४ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेका छन्। प्रतिवेदनले खोपका अधिकांश सूचक घटेको देखाएको छ। आर्थिक वर्ष २०८१/
इटहरी। झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि सङ्क्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार स्थलगत अध्ययनका लागि परिचालन गरिएको टोलीमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहित स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति तथा खोपसम्बन्धी चिकित्सक सहभागी छन् । टोलीले जिल्लामा जेई सङ्क्रमणको अव
इटहरी। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयमा पहिलो पटक ‘सिक्दै कमाउँदै’ कार्यक्रम सुरु गरिएको छ । कोशी प्रदेश सरकारबाट विनियोजित बजेटमार्फत कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सहयोग र समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न जातका मौसमी तरकारी खेती गरिएको छ ।विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत प्राविधिक धार (कृषि) का विद्यार्थी यस कार्यक्रममा सहभागी भएका छन् । यस कार्यक्रमबाट विद्यार्थीको व्यावहारिक सीप अभिवृद्धि हुनुका साथै आर्थिक रूपमा समेत लाभान्वित हुने उहाँले बताउनुभयो । २०७० सालदेखि कृषि धारको पठनपाठन हुँदै आएको विद्
इटहरी। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पिक प्रविधिमार्फत पानी उपलब्ध गराउने उद्देश्यले ‘फग हार्भेस्टिङ’ प्रविधि जडान गरी पानी सङ्कलन सुरु गरिएको हो ।खिजीदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डीआईजेड र आईकेआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढी लागतमा योजना सम्पन्न भएको हो । समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा फग हार्भेस्टिङ युनिट जडान गरि
इटहरी। स्रोत सुनिश्चित नभईकन ठुलो योजना सुरु गर्दा मोरङको बेलबारी–२, रमितेडाँडामा निर्माणाधीन भ्यु टावर चार वर्षदेखि अलपत्र भएको छ । तीन आर्थिक वर्षमा सङ्घीय र कोशी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ६० लाख रुपियाँ खर्च भइसके पनि भ्यु टावरले पूर्णता पाएको छैन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ मा ‘रमिते पर्यटन क्षेत्र’ विकास गर्ने गुरुयोजना निर्माण गरी आव २०७४/७५ मा ६० लाख रुपियाँ विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट भ्यु टावरको जग निर्माण गरिएको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्रप्रसाद ओझाले बताउनुभयो ।
इटहरी। ओखलढुङ्गा सदरमुकाममा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको मुख्य संरचनासहित अधिकांश काम सम्पन्न भएपछि बाँकी कामलाई तीव्रता दिइएको छ । निर्माणाधीन पुलमा घुमफिर तथा तस्बिर खिच्न स्थानीयको चहलपहलसमेत बढ्न थालेको छ ।सदरमुकामलाई आसपासका क्षेत्रसँग जोड्नुका साथै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट पाँच करोड २९ लाख रुपियाँको लागतमा ठेक्कामार्फत पुल निर्माण भइरहेको छ । पुल निर्माणका लागि आगामी पुस ९ गतेसम्मको समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले पाँच महिनाअघि नै क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.