समाज

    Showing १,७२१-१,७३० of १०,३३८ items.
  • उपसभामुखको चुनाव हुनेछ, बार्गेनिङ होइनःहर्क साम्पाङ

    इटहरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएको अध्यक्ष साम्पाङले बार्गेनिङ नभई चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुख पदका लागि ११ बजेदेखि २ बजेसम्मको लागि समय तोकिएको छ। श्रम संस्कृतिसहित कांग्रेस, नेकपा र राप्रपाले पनि दाबी गर्दै आइरहेको छ। सत्तारुढ दल रास्वपाको झन्डै दुई तिहाइ बहुमत भएकाले जसले समर्थन गर्ने दलले नै जित्नेछ। रास्वपाले श्रम संस्कृति र राप्रपामध्ये एउटा दललाई सघाउने सम्भावना छ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १६२ पटक पढिएको
  • ताप्लेजुङमा भर्‍याङबाट लडेर एकको मृत्यु

    इटहरी । ताप्लेजुङमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्‍याङबाट लडेर मृत्यु भएको हो । बुधबार दिउँसो करिब ३ः३० बजेको समयमा गुरुङ आफ्नै घरमा भर्‍याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्नु भएको थियो । लड्दा उहाँको टाउकोमा गहिरो चोट लागेको थियो । घटना लगत्तै परिवारले उहाँलाई उद्धार गरी करिब ४ बजे जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि पुर्‍याउनुभएको थियो । उपचारको क्रममै बेलुका करिब ८ बजे उहाँको मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टा सङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ। मृतकको

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १५७ पटक पढिएको
  • पुर्जा रोकिँदा विकास ठप्प, आवास कम्पनी खारेजीको माग

    इटहरी ।  कोशी प्रदेशको प्रवेशद्वार मेचीनगर–१० काँकडभिट्टा क्षेत्रको विकासमा सरकारी स्वामित्वकै ‘राष्ट्रिय आवास कम्पनी’ (साविकको बस्ती विकास कम्पनी) मुख्य बाधक देखिएको छ । तीन दशकभन्दा लामो समयदेखि जग्गा व्यवस्थापनको नाममा स्थानीयलाई सास्ती दिएको र सार्वजनिक पूर्वाधार निर्माणमा अवरोध पुर्‍याएको भन्दै प्रदेश सांसद गोपाल तामाङले उक्त कम्पनी खारेजीको माग गर्नुभएको छ । सांसद तामाङले यस विषयलाई कोशी प्रदेशसभामा पनि गम्भीरतापूर्वक उठाउनुभएको थियो ।  वि।सं। २०४९ सालमा जग्गा व्यवस्थापनका लागि आएको तत्कालीन ‘बस्ती विकास कम्पनी’ अहिले मेचीनगरको समृद्धिका लागि समस्या बनेको भन्दै उहाँले ३३ वर्ष ब

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २२२ पटक पढिएको
  • पाथीभरा मन्दिरको सुनचाँदी रिफाइन, २२४ तोलाभन्दा बढी सुन भण्डारणमा

    इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन (रिफाइन) गरिएको छ। करिब दुई वर्षको अवधिमा भक्तजनले चढाएको सुन तथा चाँदी रिफाइन गरिएको हो।पाथीभरा मन्दिरको रेखदेख तथा संरक्षणका लागि नेपाल सरकारद्वारा गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदी प्रशोधन गरेको हो। समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार वि।सं। २०८० साल पुस २५ गतेदेखि २०८२ साल फागुन २५ गतेसम्म मन्दिरमा चढाइएको सुनचाँदी सङ्कलन गरी रिफाइन गरिएको हो। जिल्लामा रहेका सुनचाँदी व्यवसायीहरूको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा रिफाइन गरिएको समितिले जनाएको छ। करिब २६ महिनाको अवधिमा सङ्कलन

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १३६ पटक पढिएको
  • दीक्षान्तसहित सिङ्लिङ मन्टेश्वरी स्कुलको १० औं वार्षिकोत्सव सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ मा रहेको सिङ्लिङ मन्टेश्वरी स्कुलले आफ्नो १० औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ ।पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता तथा विद्यालयकी निर्देशक एवम् प्रिन्सिपल विन्दु चेम्जोङको सभापतित्वमा बुधबार एक विशेष कार्यक्रमका बीच वार्षिकोत्सव मनाइएको हो । समारोहमा कक्षा १ उत्तीर्ण गरी कक्षा २ मा प्रवेश गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो। कार्यक्रममा नानीबाबुहरूले विभिन्न भाषा र संस्कृति झल्किने आकर्षक ¥याम्प वाक, कविता, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको बालसुलभ र मनमोहक सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैक

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १८७ पटक पढिएको
  • आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने

    इटहरी। आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने भएको छ । ‘एन आरएन ए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलाम स्थित रेडहर्ष फूूटबल क्लब रहेको छ । वैशाख ५ देखि वैशाख १२ सम्म आयोजना हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरि विभिन्न आठ टिमको सहभागीता हुने निश्चित जस्तै भएको आयोजक रेडहर्ष फूूटबल क्लबले  जनाएको छ । यसपटकको इलाम गोल्डकपको विजेता टिमले १० लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले पाँच लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यस्तै रेफ्री, विधागत पुरस्कारहरु पनि रहेको जनाइएको छ । करिब ७८ लाख भन्दा बढी हुन

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ८६ पटक पढिएको
  • इलामका ८१ वडामा वैशाख २ देखि आर्थिक गणना गरिने

    इटहरी। आगामी वैशाख २ गते देखि इलाममा आर्थिक गणना गरिने भएको छ ।जिल्ला आर्थिक गणना कार्यालय इलामले आज एक कार्यक्रम आयोजना गरि जिल्ला तहमा राष्ट्रिय आर्थिक गणना २०८२ का विषयमा जानकारी दिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी प्रेम नेपालले आगामी वैशाख २ देखि असार ७ गते सम्म जिल्लाका ८१ वटा वडाका सबै घरघरमा पुगेर गणकले आर्थिक गणना गर्ने तयारी रहेको जानकारी दिनुभयो ।कार्यक्रमका सहभागीले देशको अर्थतन्त्रका लागि प्रत्यक्ष जोडिएको कृषि क्षेत्रलाई पनि आर्थिक गणनामा समेट्न आवश्यक रहेको सुझाव दिएका थिए । कार्यक्रममा सहभागी जिल्ला सहकार

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २०७ पटक पढिएको
  • इटहरीमा मन्त्री मेहताद्वारा जिल्ला अस्पतालको निरीक्षण, सेवाको गुणस्तर सुधार्न निर्देशन

    इटहरी।  स्वास्थ्य  जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहताले  जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिनुभएको छ । त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीसँग पनि कुराकानी गर्नुभएको थियो । आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २०५ पटक पढिएको
  • षडानन्द नगरपालिकामा कुटपिटबाट २४ वर्षीय युवकको मृत्यु, चार जना पक्राउ

    इटहरी । भोजपुरको षडानन्द नगरपालिका–१३ रेवामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार षडानन्द नगरपालिका–१३ मुखियाटोल घर भई विगत १२–१३ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका २४ वर्षीय सम्मरबहादुर तामाङलाई हिजो ९मङ्गलवार० बेलुका ९ बजे कुटपिट गरिएको हो। उनलाई षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका उनीहरूको खोजतलासका क्रममा आज ९बुधवार० बिहान ४ः३० बजे चारै जनालाई घरबाट फेला पारी नियन्त्रणमा लिइएको र प्

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १०३ पटक पढिएको
  • धनकुटाको भेडेटारबाट पर्यटन विकास अभियान अघि बढाउने मन्त्री पराजुलीको घोषणा

    इटहरी । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।उहाँले पर्यटकीयस्थलको थप पहिचान गर्दै प्रदेश सरकारले कार्यक्रम बनाएर पर्यटन क्षेत्रको बिकास गर्ने बताउनुभयो । जुन प्रभावकारी ढंगले गर्नुपर्ने थियो, त्यो नभएकले प्रतिवद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकाले निजी लगानीसँग समन्वय गरेर

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]