समाज

    Showing २०१-२१० of १०,२३६ items.
  • सर्पदंशबाट अर्जुनधाराका लिम्बूको मृत्यु

    झापा। झापाको अर्जुनधारा नगरपालिका–८ सारुगाउँका एक पुरुषको सर्पदंशबाट मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय विनोद लिम्बू रहेको जनाइएको छ।  घरमै सुतिरहेका बेला बिहीबार राति लिम्बूलाई सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो।त्यहाँ उपचार गराइरहेका लिम्बूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा रिफर गरिएको थियो। अस्पताल पुर्‍याएर उपचार सुरु गरिए पनि उनको अवस्था सुधार हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। पछिल्लो समय वर्षायामसँगै झापाका ग्रामीण तथा सहरी क्षेत्रमा सर्पदंश

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३७ पटक पढिएको
  • कर्मचारीमाथि कुटपिट भएपछि झापाको धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलित

    इटहरी  : कर्मचारीमाथि कुटपिट भएको भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कार्यालयका कर्मचारी सोमराज उप्रेतीलगायतमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै कर्मचारीले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।बिहीबार बिहान करिब ११ बजे शेखर ओली नाम गरेका व्यक्ति कृष्ण मगरसँग सम्बन्धित विद्युत चुहावटको फाइल लिएर वितरण केन्द्र पुगेका थिए। फाइलका विषयमा विवाद भएपछि उनले कार्यालयका कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप छ।  घटनाबारे छलफल गर्न पीडित कर्मचारी तथा कार्यालयका अन्य कर्मचारी इलाका प्रहरी कार्यालय धुलाबारी

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६२ पटक पढिएको
  • धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बन्दै कनकाईको कोटीहोम

    इटहरी :  पूर्वी नेपालको धार्मिक नक्सामा लामो समयदेखि परिचित कनकाई नगरपालिका–४ स्थित कोटीहोम पछिल्लो समय धार्मिक आस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पवित्र कनकाई नदीको पूर्वी किनारमा फैलिएको यो क्षेत्र स्थानीय रूपमा ‘माईधाम’ र ‘कोटीहोम’ नामले चिनिन्छ।धार्मिक विश्वास, ऐतिहासिक घटनाक्रम, मठमन्दिर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक गतिविधिको संगमका रूपमा रहेको कोटीहोममा पछिल्लो समय पूर्वाधार विकासका काम पनि अघि बढिरहेका छन्। पुराना धार्मिक संरचनाको संरक्षणसँगै नयाँ संरचना निर्माण र परिसरलाई व्यवस्थित बनाउने काम भइरहेका छन्। कोटीहोमको धार्मिक पहिचानसँग जोडिएको सबैभन्दा मह

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३९ पटक पढिएको
  • बिर्तामोडमा भन्सार छलीका ९ लाख बढीका सामान बरामद

    इटहरी : प्रहरीले बिर्तामोडबाट भन्सार छली गरी ल्याइएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट बुधबार साँझ सामान बरामद गरेको हो।प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ९ लाख ५ हजार ४५ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद रूपमा राखिएका तथा ओसारपसारका लागि ल्याइएका सामान नियन्त्रणमा लिएको हो।  बरामद हुनेमा तयारी पोसाक र खाद्यवस्तु छन्। हुडी, ज्याकेट, बालबालिकाका ट्राउजर तथा विभिन्न प्रकारका भेस्टसँ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ४२ पटक पढिएको
  • सुनसरीमा ग्यासको आपूर्ति सहज बन्दै, दैनिक २ हजारसम्म सिलिन्डर आउँदै

    इटहरी  : केही समयदेखि देखिएको खाना पकाउने ग्यासको समस्या क्रमशः सहज बन्दै गएको छ।बजारमा मागभन्दा बढी ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्दा अभावको अवस्था देखिएको प्रिमा ग्यासकी म्यानेजर चन्द्रकला गुरुङले बताइन्। बिहीबार धरानका विभिन्न स्थानमा ८ सय सिलिन्डर प्रिमा ग्यास वितरण गरिएको गुरुङले जानकारी दिइन्। उनका अनुसार धरान–१४ विजयपुरमा १ सय, छाताचोकमा १ सय ८०, धरान–१० राँगाचोकमा २ सय ४० र धरान–११ कल्याणचोकमा २ सय ८० सिलिन्डर वितरण गरिएको हो। पछिल्ला दिनमा दैनिक ५ सय सिलिन्डर वितरण हुँदै आएकोमा बिहीबार ८ सय सिलिन्डर वितरण गरिएको उनले बताइन्। पहिले मासिक

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६५ पटक पढिएको
  • खोटाङमा काठले किचेर ट्याक्टरमा काम गर्ने युवकको मृत्यु

    इटहरी।  ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा एक युवकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङ भञ्ज्याङ सडकमा काठले किचेर धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।काठ बोकेको ट्याक्टर सडकमा पल्टिएपछि उठाएर पुनः काठ लोड गर्ने क्रममा मगरको मृत्यु भएको स्थानीयले बताएका छन्। शुक्रबार बिहान करिब ४ बजे को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको मुडा लोड गरी डोरीले बाँध्ने क्रममा चिप्लिएर मुडासँगै लडेका मगरलाई काठले किचेको बताइएको छ। उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।घटन

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३१ पटक पढिएको
  • बढ्दै सर्पको जोखिम, छैन उपचार

    इटहरी।  धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवास्थित रामबजारका प्रदीप श्रेष्ठको गर्मियाममा अधिकांश समय सर्प उद्धारमै बित्ने गरेको छ । उहाँले धनकुटासहित भोजपुर र सङ्खुवासभाका विभिन्न स्थानका घर तथा बस्ती आसपासका सर्प उद्धार गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म करिब चार सयभन्दा बढी सर्प उद्धार गरी सुरक्षित स्थानमा पु¥याउनुभएको छ । उहाँले किङकोब्रा, गोमन (स्पेक्टेकल्ड कोब्रा), करेत, -याट स्न्याकदेखि लिएर विभिन्न प्रजातिका सर्प उद्धार गर्नुभएको छ । पछिल्लो समय भने तराई क्षेत्रमा पाइने सर्पसमेत पहाडी क्षेत्रमा पाउने गरेको उहाँको अनुभव छ । पहाडमा पाइने रैथाने सर्प तराईमा पाइने सर्पको तुलनाम

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३५ पटक पढिएको
  • गर्मी छल्न रमिते

    इटहरी।  तराईका जिल्लामा गर्मी बढेसँगै उत्तरपूर्वी मोरङको रमितेमा गर्मी छल्न पर्यटकको चहलपहल बढेको छ । महेन्द्र राजमार्ग अन्तर्गत मोरङको किसानचोकबाट करिब २२ किलोमिटर उत्तरमा रहेको मिक्लाजुङ गाउँपालिका–१ को रमिते समुद्र सतहदेखि करिब एक हजार पाँच सय मिटर उचाइमा छ । तराईमा तापव्रmम ३८/४० डिग्री सेल्सियस पुग्दा रमितेमा भने १८/१९ डिग्री आसपास हुने भएकाले गर्मी छल्न आन्तरिक पर्यटक रमिते पुग्न थालेका हुन् । दुई दिनको सरकारी बिदाले रमितेको पर्यटन र आर्थिक गतिविधि झनै चलायमान भएको छ । साउन ९/१० गतेपछि बढेको गर्मीले रमितेमा बास पाउनै मुस्किल हुन थालेको छ । होटेल व्यवसायी भोला लुइटेलले भन्नुभयो,

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३५ पटक पढिएको
  • धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

    इटहरी।  धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ । आन्तरिक राजस्वबाट रु एक  अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ६४ पटक पढिएको
  • खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

    इटहरी।  जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो । प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • ३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]