समाज

    Showing २११-२२० of ११,१३४ items.
  • प्याब्सन सुनसरीको आधुनिक कृत्रिम बौद्धिकता (AI) क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    इटहरी । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता (AI) प्रणालीसँग जोड्ने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी भएका थिए। प्रशिक्षणमा ChatGPT तथा Generative AI, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तथा मूल्याङ्कन, विद्यालय प्रशासन, प्रतिवेदन तथा प्रस्तुतीकरण निर्माण, विद्यार्थी सिकाइ विश्लेषण, समय व्यवस्थापन तथा AI को सुरक्षित र नैतिक प्रयोगलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।कार्यक्रमको अध्यक

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ४३८ पटक पढिएको
  • प्राणीप्रति करुणा र प्रेमको भावना विकास गर्न आह्वान

    इटहरी। दसैँमा हुने पशुबलि न्यूनीकरण गर्दै प्राणीप्रति करुणा र प्रेमको भावना विकास गर्न पाँचथरको फिदिममा आइतबार बृहत सचेतना पदयात्रा  निकालिएको छ ।विश्व प्राणी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको पदयात्रामा सहभागीले पशुपक्षीको बध नगर्न, चाडपर्वलाई मितव्ययी बनाउन र धार्मिक आस्थालाई हिंसारहित बनाउन आग्रह गर्नुभएको थियो ।  पदयात्रामा ‘सम्पूर्ण प्राणीलाई प्रेम गरौँ’, ‘बलिभोग न्यूनीकरण गरौँ’, ‘चाडपर्वलाई मितव्ययी बनाऔँ’, ‘शाकाहारी भोजन गरौँ’ तथा ‘देवीदेवताको पूजा फलफूल चढाएर गरौँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो । दसैँको सप्तमीदेखि महानवमीसम्म अधिक पशुबलि

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १०९ पटक पढिएको
  • धरानमा ‘खाम्योक’ माथि परिचर्चा, याक्थुङ पहिचानलाई ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या

    इटहरी। आख्यानकार जानु काम्बाङद्वारा लिखित उपन्यास ‘खाम्योक’ माथि धरानमा परिचर्चा गरिएको छ। लिम्बू पत्रकार संघको आयोजनामा शनिबार भएको कार्यक्रममा उपन्यासका विषयवस्तु, पात्र, पहिचान र ऐतिहासिक पक्षमाथि चर्चा गरिएको हो।कार्यक्रममा आख्यानकार काम्बाङले उपन्यासको मुख्य पात्रको स्वभाव र माटोप्रतिको समर्पणसँग जोडेर ‘खाम्योक’ नाम राखिएको बताए। बेल्जियम पुगे पनि आफ्नो माटो र देशप्रति समर्पित रहने पात्रमार्फत परदेशीको भावना र अनुभवलाई प्रस्तुत गर्न खोजिएको उनले बताए। परदेशीले दुःख गरेर पठाएको रकमको उचित सदुपयोग नहुनु, हिसाबकिताब पारदर्शी नहुनु तथा अपेक्षित प्रतिफल नपाउँदाको पीडालाई समेत उपन्यासमा समेटिएक

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १५७ पटक पढिएको
  • धनकुटामा निर्माण गरिएको आठपहरिया संग्रहालय सञ्चालनको अन्तिम तयारी

    इटहरी। धनकुटा नगरपालिका–४ स्थित बिहिबारे हटियानजिक निर्माण गरिएको आठपहरिया संग्रहालय सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । आठपहरिया जातिको कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालयका आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भएको हो ।करिब तीन करोड रुपियाँको लागतमा निर्माण गरिएको दुईतले संग्रहालय भवनमा एउटा ठूलो हलसहित १० वटा कोठा रहेका छन् । भवनमा परम्परागत शैली झल्काउने गरी फुसको छाना लगाइएको छ । धनकुटा नगर विकास समितिको करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको संग्रहालयका लागि सङ्घीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको लगानी रहेको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १३८ पटक पढिएको
  • सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत

    इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्।क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच प्रतिस्पर्धा हुने अवस्था बने पनि पछिल्लो सहमतिअनुसार अन्सारीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको हो। अन्सारी हरिनगर गाउँपालिकाका अध्यक्षसमेत हुन्। उनले यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।क्षेत्रीय सभापतिको उम्मेदवारी घोषणा गर्दै अन्सारीले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने तथा कार्यकर्ताको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धत

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १८५ पटक पढिएको
  • पर्यटकीय गन्तव्यमा बढ्दै लुङ्दरको आकर्षण

    इटहरी। केही समयअघिसम्म स्तुपा, गुम्बा र बौद्धमार्गीका घर–आँगनमा सीमित लुङ्दर पछिल्लो समय हिमाली क्षेत्रका पर्यटकीय स्थलमा समेत देखिन थालेको छ । रंगीचंगी कपडामा बौद्ध धर्मका मन्त्र र धार्मिक प्रतीक अंकित लुङ्दर हावामा फहराउँदा धार्मिक आस्था मात्र नभई पर्यटकीय क्षेत्रको सौन्दर्यसमेत बढाएको छ ।हिमाली जिल्ला ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रमा अहिले लुङ्दर राख्ने क्रम बढेको छ । रंगीन आयताकार कपडाबाट तयार पारिने लुङ्दरमा ‘ॐ मणि पद्मे हुँ’ लगायत बौद्ध धर्मसँग सम्बन्धित मन्त्र तथा धार्मिक प्रतीक अंकित हुन्छन् । परम्परागत रूपमा स्तुपा, गुम्बा र घरको शिरमा राखिँदै आएको लुङ्दर पछिल्लो समय अग्ला डाँडा

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ८३ पटक पढिएको
  • कागजमा मात्रै सीमित संस्थाको खोजी गर्दै मोरङ प्रशासन, नयाँ दर्तासमेत बन्द

    इटहरी। जिल्ला प्रशासन कार्यालय मोरङले वर्षौंदेखि नवीकरण नगरी निष्क्रिय बसेका संस्थामाथि कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । कार्यालयमा दर्ता भएका करिब ४ हजार ६ सय संस्थामध्ये कतिपय पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरी सम्पर्कविहीन रहेको पाइएपछि प्रशासनले दुई महिनाभित्र नवीकरण गर्न कडा निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले असोज १२ गते सूचना जारी गर्दै दुई वर्षभन्दा बढी समयदेखि नवीकरणका लागि सम्पर्कमा नआएका संस्थालाई सूचना प्रकाशित भएको मितिले दुई महिनाभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको हो । तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही प

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १७८ पटक पढिएको
  • आठराई–फिदिम अन्तर पालिका मैत्री नगर बस सञ्चालन

    इटहरी। तेह्रथुमको आठराई गाउँपालिकाले ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा विद्यार्थीकलक्षित गर्दै नगर बस सञ्चालनमा ल्याएको छ ।पाँचथको फिदिम नगरपालिकासँगको सहकार्यमा यो गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो । बस खरिद र सञ्चालनका सबै प्रक्रिया आठराई गाउँपालिकाले अगाडि बढाएको थियो । बस सञ्चालनका लागि गाउँपालिकाले नगर बस सञ्चालन तथा व्यवस्थापन  कार्यविधिसमेत जारी गरेको छ । जुन बसमा ज्येष्ठ नागरिकका ५ वर्ष मुनीका बालबालिका र परिचय पत्र बाहक विद्यार्थीले निशुल्क यात्रा गर्न पाउने बताइएको छ । अपाङ्गता भएका नागरिकले भने भाडामा ५० प्रतिशत छुट पाउनेछन् ।बस शनिबारदेखि सञ्चालनमा ल्याएक

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ७९ पटक पढिएको
  • मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

    इटहरी। भोजपुरको टेम्केमैयुङ गाउँपालिका(२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान ९चोथोवा० निर्माण गरिएको छ। आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो।धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण गरिएको छ। टेम्केमैयुङ गाउँपालिकाको बजेटमा वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिए। उनका अनुसार समुदायको पहिचानसँग जोडिएको किराँत संस्कृतिको संर

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ६८ पटक पढिएको
  • राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

    इटहरी। पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनस्र्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए ।फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबीच सहकार्य भएमात्रै राहत, उद्धार र पुनस्र्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबीच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ । फि

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]