इटहरी । सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठदिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो । तालिममा २७ जना सहभागीहरुलाई तालिमपछि प्रमाणपत्र वितरण गरेको आयोजक मेलमिलाप परिषद्ले जनाएको छ । तालिमको समापन सत्रमा वत्ताहरुले मेलमिलापलाई उत्कृष्ट प्रक्रियाका रूपमा लिने भएकोले त्यसमा मेलमिलापकर्ताको भूमिका हुने भएकोले तालिम प्रभावकारी भएको बताएका छन् । मेलमिलापबाट विवाद समाधान भएमा समय, मानसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने सहभागीाहरुले बताएका छन् । मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दीर्घकालीन शान्ति सुरक्षा कायम
इटहरी । असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका २, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले लामो खोज अनुसन्धान पछि घटनामा संलग्न गौतमकै छिमेकी ५५ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो । आइतबार प्रहरीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दैछ ।घटना के थियो । अंशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता हुनुभएको थियो । बेपत्ता भएको १८ दिनपछि बेलबारी चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो । शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा
इटहरी । भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ । विराटनगर–जोगबनी नाका हुँदै भारततर्फ वस्तु निर्यात गर्दा भारतीय पक्षले लागु गरेको ‘टोकन प्रणाली’ र पार्किङ शुल्कमा गरिएको अस्वाभाविक वृद्धिले नेपाली निर्यातकर्ता पीडित भएका हुन् । जोगबनीस्थित भारतीय भन्सार कार्यालयले मालवाहक सवारीसाधन जाँचका लागि लागु गरेको समयसीमा र जरिबानाको प्रावधानले नेपाली व्यवसायीलाई ‘अतिरिक्त भार’ बोकाएको छ । नयाँ व्यवस्था अनुसार, निर्यातका लागि टोकन लिएको २४ घण्टाभित्र सवारीसाधन भारतीय भन्सारमा प्रवेश भ
इटहरी । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो । नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ । शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो । जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको)
इटहरी । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरमा नयाँ श्रीनाथ गणले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको नयाँ श्रीनाथ गणका प्रमुख पर्शुराम थापाले जानकारी दिनुभयो । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, टेम्केमैयुङ गाउँपालिका
भारतमा जारी Unity Cup 2025 अन्तर्गत आज सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। नेपाल र भारतबीच भएको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै 67–45 को शानदार जित हात पारेको हो।खेलभर नै नेपालले उत्कृष्ट तालमेल, अनुशासन र कौशलको प्रभावशाली प्रदर्शन गर्यो। खेलाडीहरूको दृढ आत्मविश्वास, गतिशीलता र क्षणमै निर्णय लिन सक्ने क्षमताले नेपाललाई अग्रता दिलाउँदै जिततर्फ उन्मुख गरायो।नेपाल टिमले खेलका अधिकांश महत्वपूर्ण क्षणहरू आफ्नो पक्षमा पार्दै भारतलाई दबाबमा राख्न सफल भयो। विशेषगरी टोलीको सामूहिक खेल र आक्रमण–रक्षणको सन्तुलित रणनीतिले परिणाम नेपालपक्षमा आएर दियो।अ
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको भोलि फाइनल हुने भएको छ ।मंसिर १८ गतेदेखि प्रतियोतियोताको तेस्रो दिन आज शनिबार भएको खेलमा हतुवागढी गाँउपालिमा र अरूण गाँउपालिका बिच भोलि फाइनल खेल हुने भएको छ । खेलको सेमिफाइनलमा षडानन्द नगरपालिका र आमचोक गाउँपालिका बिच हुने भएको छ । यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरू सहभागी छन् । प्रतियोगिता अन्तरगत मंसिर २१ गते फाइनल खेल हुनेछ । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय प
इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब ५ हजार किलो गाँजा नष्ट गरेको छ । मोरङ प्रहरीले आर्थिक बर्ष २०८०÷८१ देखि हालसम्म पक्राउ गरेको गाँजा नष्ट गरेको हो । नष्ट गरिएको गाँजाको मुल्य करिब दुई करोड रुपैया बराबर हुने बताइएको छ । कानुनी प्रक्रिया र प्राविधिक कारणले लामो समय थुप्रिएका गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले जानकारी दिनुभयो । उहाले पहिले गाँजा जलाउने गरिएको भएपनि त्यसबाट वातावरणीय प्रदुषण हुने भएकाले यसपटक आफ्नै परिसरमा गाडिएको बताउनुभयो । बढी मुल्य र फाइदा हुने भन्दै गाँजा नेपालबाट भारत तर्फ चोरी तस्करी हुने प
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ मनाइएको छ । शुक्रबार ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नगरकी जेष्ठ स्वयंसेविका सरस्वती खनाललाई लामो समयदेखि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ७० हजार नगद तथा दोसल्ला प्रदान गरी सम्मान सहित विदाई गरिएको थियो । स्वयंसेविका खनालले २०४७ सालदेखि पथरी शनिश्चरेमा स्वयंसेविका भएर निरन्तर सेवा प्रदान गर्दै आउनुभएको थियो । स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प
इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आय व्यय विवरण सार्वजनिक भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा रहेको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका लागि भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा क्लबका सचिव केशर थुलुङले प्रतियोगिताको लागि कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको, ४२ लाख ३६ हजार २ सय खर्च भएको र क्लबको खातामा ३ लाख ३ हजार ९५० रुपैयाँ वचत रहेको जानकारी दिनुभयो । सो खुल्ला नकआउट फुटबल प्रतियोगिता गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म&n
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.