समाज

    Showing २,३०१-२,३१० of ९,३५२ items.
  • एनि प्रथम गछिया गोल्डकपमा आज उदयपुर र सिराहा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर गछिया खेलमैदान हुँदै छ । गाइघाट युनाईटेड फुटबल क्लबले पेनाल्टी सुटआउटबाट जलथल फुटबल क्लब झापाबीचलाई हराएको थियो भने, सहलेश युवा क्लब सिराहाले १-० को अन्तरले  बेलबारी फुटबल क्लबलाई हराएको थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट फाइनल पुग्ने  लक्ष्यसहित आज दिउँसो २:३० बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३५७ पटक पढिएको
  • सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरुलाई कति रकम फिर्ता दिँदैछ ?

    इटहरी/ समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।‘कार्यविधि मस्यौदामा १ लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव गरिएको छ,’ भट्टले भने, ‘१ लाख बचत भएका बचतकर्तालाई पूरै दिनेरनदिने सन्दर्भमा अर्थ मन्त्रालयको राय पर्खेका छौं ।’सहकारी मन्त्रालयले

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २८० पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी ।   सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ  । आज राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब बीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत हुनुहुन्थ्यो । खेल पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका जर्सी नम्बर १८ प्रवेश बस्नेतले १ गोल गरे त्यस्तै दोस्रो हाफको  ३९ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले १ गोल गरे संगै टिमको तर्फवाट २ गोल गरे । निर्धारित समय सम्म पनि दमक फु

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३९२ पटक पढिएको
  • अरुणको प्याउलिमा ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरू

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता सुरू भएको हो उद्घाटन खेलमा पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रतिस्पर्धामा  २-० को १६ सेटमा अरूण गाँउपालिकाले जितेको छ ।।भोलि महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।खेलमा  षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।त्यसपछि मंसिर १९ र

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ४०१ पटक पढिएको
  • झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु

    इटहरी। झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक(५, क्याम्पस मोडमा हिडिरहेका वृद्ध लडेर घाइते हुनुभएको थियो । तत्काल स्थानीयले उद्धार गरेर उपचारका लागि नजिकैको निम्स अस्पताल लगेको भए पनि उहाँको उपचारकै क्रममा निधन भएको प्रहरीको भनाइ छ । अस्पतालले मृत घोषणा गरेको वृद्ध अर्जुनधारा–४ का ६२ वर्षीय युवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १७० पटक पढिएको
  • झापामा नरिवलको व्यावसायिक खेती सुरु

    इटहरी । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । पहिलो चरणमा यस वर्ष एक बिघा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उहाँले बताउनुभयो । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्ने छ । जङ्गली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रूपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आउनुभएका उहाँले पहिलो पटक नरिवलको व्यावसायिक खेती गर्नु भएको हो । समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरू

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २१८ पटक पढिएको
  • पूर्वीनाका काँकडभिट्टाबाट ४ महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

    इटहरी । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको छ । ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ को यही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव १ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँल

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १६८ पटक पढिएको
  • भन्सार छलीको सामग्रीसहित तीन गाडी नियन्त्रणमा

    इटहरी। झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह चेकजाँचको क्रममा मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी रोक्दा अवैध सामान फेला परेको खड्काले जानकारी दिनुभयो । सवारीसाधन र चालकसहित ठुलो परिमाणमा रक्सि लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ । बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० काटुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कु

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २०४ पटक पढिएको
  • अलैँचीको मूल्यमा निरन्तर गिरावट

    इटहरी । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देख

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १९७ पटक पढिएको
  • बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो

    इटहरी।  बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उहाँले जानकारी दिनुभयो ।   जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताउनुभयो । गत वर्ष ७५ ह

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]