इटहरी। सुनसरीको रामधुनीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। बुधबार बिहानको समयमा रामधुनी नगरपालिका–४ स्थित नुहाउने क्रममा खोलामा डुबेर मोरङको सुन्दरहरैँचा नगरपालिका ३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको मृत्यु भएको हो। रामधुनी मन्दिरमा बाला चतुर्दशीको अवसरमा लागेकोमा मेलामा स्थानीय सुनसरी खोलामा नुहाउने क्रममा भट्टराईको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो।
काठमाण्डौ । बारामा रहेको सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । प्रजिअ मिश्रले जारी गर्नुभएको सूचना अनुसार गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी भएको छ । दुई समूहबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको छ । एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएक
दुहबी / दुहबी नगरपालीका वडा नम्बर ६ मा सन्चालित एसियन र युनाइटेड छाला उध्योग मा आज अनुगमन गरिएको छ्। जिल्ला प्रशासन कार्यलय इनरुवा का साहायक सिडियो लोकनाथ श्रेष्ठ, दुहबी नगर प्रमुख वेद नारायण गच्छादार, उपमेयर मेनुका खतीवडा, वडा अध्यक्ष घन्श्याम हलुवाइ, मुस्तकिम रैन, प्रदेश सरकार बन तथा बातावरण मन्त्रालयका कृष बस्नेत, घरेलु तथा साना उद्योगका राजन पाण्डे, इलाका प्रहरी दुहबी, शसस्त्र प्रहरी दुहबीका प्रमुख, एसियन र युनाइटेड छाला उद्योगका संचालक र आन्दोलित समुह
इटहरी । विराटनगर विमानस्थलको नयाँ टर्मिनलको पूर्वाधारतर्फको काम अन्तिम चरणमा पुगेको छ । यद्यपि निर्माण कम्पनीसँगको सम्झौता अवधि पुस मसान्तसम्म भने यसको निर्माण सम्पन्न हुने सम्भावना छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर संजीव खड्काका अनुसार अहिले भौतिक प्रगति ७५ प्रतिशत छ । ‘सिभिल वर्क सकिएको छ’ इन्जिनियर खड्काले भन्नुभयो, अब मेकानिकलतर्फका कामहरु बाँकी छन् । विमानस्थलसँग सम्बन्धित उपकरणहरु कतिपय आइसकेका र कतिपय आउने क्रममा रहेको इन्जिनियर खड्काले जानकारी दिनुभयो । उहाँले उपकरणहरुको स्टल गरिसक्दा आर्किटेक्टतर्फका कामहरु समेत सकिने बताउनुभयो । इन्जिनियर खड्काले सम्झौता अनु
इटहरी । इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ। घटनाको परिस्थितिले शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ। गत २४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्किएकी उनी घर फिर्ता नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए। खोजीका क्रममा २७ कार्तिकमा धरान उपमहानगरपालिका–४, बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडीज स्विटर, कालो चप्पल, खैरो ब्याग र अन्य सामान फेला परेका थिए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा पर
इटहरी। ताप्लेजुङमा एक युवा समाजसेवीले विद्यार्थीलाई न्यानो कपडा ९स्विटर० र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । जिल्लास्थित नियान्स कन्स्ट्रक्सन प्रालिका सञ्चालक निसान लिम्बू ९कुमार० ले आइतबार विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । युवा समाजसेवी तथा व्यवसायी लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३, तिरिङ्गेस्थित अरनिको आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीलाई न्यानो स्विटर र शैक्षिक सामग्री वितरण गरेको लिम्बूले बताउनुभयो । उहाँकाअनुसार विद्यार्थीलाई एक–एक वटा
इटहरी । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ । राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताउनुभयो । यता जिल्लाको क
इटहरी। ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो जिप पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको संयुक्त निगरानीमा उक्त बोलेरोहरु पक्राउ परेका हुन् । फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट चेक जाँचको क्रममा चार वटा बलेरो जिप नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ना। १ ज १५८३ नम्बरको गाडी नम्बर यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा नदेखिएका कारण नियन्त्रणमा लिइएको हो । यस्तै को। १ ज ११११ नम्बरको बोलेरोको सवारी
इटहरी । नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उहाँले जानकारी दिनुभयो । यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि
इटहरी । कुनै समय मोरङ जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् । सय वर्ष पुरानो मोरङकै पुरानो बजार दोहमनामा रहेको तत्कालीन प्रहरी चौकीलाई २०४८ सालमा इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । पुरानो भवन जीर्ण भएपछि कोशी प्रदेश सरकारले अढाई करोडको डिपिआर निर्माण गरी भवन निर्माण प्रव्रिmया अघि बढाएको थियो तर पहिलो किस्तामा ५१ लाख रुपियाँ विनियोजन भई टेन्डरमार्फत ३७ लाख रुपियाँमा कार्यालयको जग निर्माण भइसकेको छ । नगरपालिकाले घरभाडा तिरेर प्रहरी राखिरहेको जानकारी दिँदै शान्तिसु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.