इटहरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार मिति २०८२ कात्तिक २३ गते बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी सुधना सरदार (५३ वर्ष) अचेत अवस्थामा फेला परेकी थिइन्। उनी मिति २०८० असोज २ गतेदेखि जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेकी थिइन्। अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
इटहरी । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट
इटहरी । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने सम
इटहरी । भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्रबार आयोजित कार्यक्रममा ३० विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सृजना थपलिया, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा विद्यार्थीलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले कपडा वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समु
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गर्दै पालिकाभित्रका सम्पूर्ण ग्रामीण सडक स्तरोन्नतिको काम सुरु गरेको छ । नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गरी आन्तरिक सडक निर्माणको काममा छुट्टै उदाहरण प्रस्तुत गरेको छ । निर्वाचित जनप्रतिनिधिकोे अबको बाँकी अवधिलाई ‘भौतिक पूर्वाधार वर्ष’ का रूपमा लिँदै आफ्नै बजेटबाट एउटा रोड रोलर, एउटा टिप्पर र एउटा जेसिबी किनेर नगरपालिकाभित्रका आन्तरिक सडक सुधार अभियानलाई तीव्रता दिएको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । नगरपालिकाले यसअघिका दुई वर्षमा शिक्षा र स्वास्थ्यमा सुधारको काम सञ्चालन गरी सम्पन्न गरिसकेको छ । नगरका १० वटै वडाला
काठमाडौँ / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ ।धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट अवरुद्ध बनेको उडान र अवतरण प्रणाली अहिले सुचारू भएको विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले जानकारी दिए ।‘के कारणले यो समस्या आएको हो भन्ने बारे थप अध्ययन हुन्छ, त्यसपछि मात्र कारण बारे भन्न सकिन्छ,’ उनले भने ।लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन्भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको थियो । आन्तरिक उडानका जहाजलाई भने विमानस्थलमा रोकिएको थियो ।अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको थियो भने केही डाइ
इटहरी । इटहरीस्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित भएका छन् । शनिबार संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईको अध्यक्षता कार्यक्रम संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको २८ औं वार्षिक साधारणसभाबाट राजु दंगाल को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। साधारणसभाले उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल (नवराज), कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई निर्
दुहवी / सुनसरीको दुहवी नगरपालिकामा रहेको म्याजिक चप्पल उद्योगले औद्योगिक प्लास्टिकजन्य फोहोर वस्तुहरू मोरङको बुढीगंगा गाउँपालिका क्षेत्रमा पर्ने बुढी खोलामा लगेर फाल्ने गरेको तथ्य खुलेको छ।स्थानीयवासीका अनुसार उक्त उद्योगबाट निस्किने प्लास्टिक, रबर र उद्योगमा प्रयोग हुने फोहोरहरू ढुवानी गरी खोलामा फालिँदै आएको छ। यसबाट बुढीगंगा क्षेत्रको वातावरणीय प्रदूषण, खोलानाला प्रदूषण र स्वास्थ्य जोखिम बढेको बताइएको छ।दुहवी नगरपालिका र बुढीगंगा गाउँपालिकाको सहकार्यमा फोहोर डम्पिङ साइडको लागि स्थान छुट्याएर पालिकाहरूले फोहोर व्यवस्थापनका लागि छुट्टै स्थल तोकिसकेका भए पनि, त्यसको बेवास्ता गर्दै खोलामा फोहोर
प्रेेक्षा आचार्य इटहरी | महिलाहरूको विचार, अनुभव र आत्मविश्वासलाई अभिव्यक्त गर्ने उद्देश्यका साथ Ladies of Liberty Alliance (LOLA) Chapter Itahari र Rotaract Club Sunsari को सहकार्यमा “आफ्नो आवाज – Circle of Thoughts” नामक खुला छलफल कार्यक्रम आज Lunar IT Solution Pvt. Ltd., Itahari मा सफलतापूर्वक सम्पन्न गरेको छ।कार्यक्रममा करिब २० जना युवा महिलाहरूको सहभागिता रहेको थियो। गोलमेच छलफलको स्वरूपमा सञ्चालन गरिएको यस सत्रमा सहभागीहरूले आफ्ना व्यक्तिगत अनुभव, सामाजिक परिवेशमा देखिएका समस्याहरू, अवसरहरूमा देखिएका असमानता, तथा त्यसको सम्भावित समाधानबारे खुल्ला रूपमा प्रस्तुत गरेका थिए।छलफलम
इटहरी, कार्तिक २२ । वंगलादेशमा भएको छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियन कुमुते (फाइट) प्रतियोगितामा नेपालका तर्फबाट सहभागी कोशी प्रदेश इटहरी र सुन्दर हरैचाका सात जनाले उपाधि जितेका छन् । अक्टोम्बर ९ गतेदेखि दुई दिनसम्म चलेको प्रतिस्पर्धामा नेपालबाट सहभागी भएका नौं जनामध्ये सात जनाले स्वर्ण पदक हात परेका हुन भने दुई जनाले रजत उपाधि हात परेका हुन् । उपाधि हात परेका खेलाडीहरुलाई शनिबार इटहरी स्थानीय खेलप्रेेमी, व्यवसायी तथा सञ्चारकर्मी द्वारा सम्मान समेत गरियो । उपाधि विजेता खेलाडी कक्षा ५ देखि माथि विद्यालय तहमा अध्ययनरत छात्रछात्रा हुन् । सो क्रममा छ देशका सहभागीमध्ये ठूलो सफलता ह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.