इटहरी । भारतबाट आयात गरिएका मालवस्तु जाँचपासका लागि भन्सारमा पेस गरिएको प्रज्ञापनपत्रसँग मेल नखाएपछि विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट प्रतिनिधि भएर कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सीमामा सुरक्षा कडाइ गरिएपछि भन्सार कार्यालय हुँदै अवैध रूपमा सामान सवारीमा राखेर नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा कारोबारी विराटनगर–१७ का कुन्दन मण्डललाई नियन्त्रणमा लिइएको हो । मण्डललाई नियन्त्रणमा लिएपछि अहिले राजस्व अनुसन्धान कार्यालय इटहरी र भन्सार कार्यालय विराटनगर दुवैले कारोबारसँग सम्बन्धित रहेर अनुसन्धान सुरु गरेका छन् । भन्सारले नियन्त्रणमा लिएपछि कारोबारी मण्
इटहरी। हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकाभित्र पर्ने छ किलोमिटर सडक विस्तारले गति नलिएपछि स्थानीयले बिहीबार ढाट लगाएर सडक अवरोध गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता गरेको कम्पनीबिच मिलेमतो रहेको आशङ्का गर्दै स्थानीयले बिहीबारदेखि सडक अवरोध गरेका हुन् । योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले निर्माण सेवा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिलाई अन्तिम सात दिनको म्याद दिएर स्पष्टीकरण सोधिएपछि निर्माण सामग्री झारेको बताउनुभएको थियो । सडक निर्माणमा दबाब दिन भन्दै विभागीय मन्त्रीसम्म स्थानीय सर्वदलीय राजनीतिक संयन्त्रको टोली जाने तय
इटहरी । कोशी प्रदेश सरकारले लामो समयदेखि निष्व्रिmय जस्तै बनेको शैलजा आचार्य हृदयरोग केन्द्रलाई अब व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । गत आइतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले ‘शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय केन्द्र सञ्चालन कार्यविधि, २०८२’ पारित गर्दै त्यसको कार्यान्वयन अघि बढाउने निर्णय गरेको हो । यो अस्पताल २०८० माघ ८ गते तत्कालीन मुख्यमन्त्री केदार कार्कीले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । आवश्यक उपकरण र जनशक्ति अभावका कारण अस्पताल उद्घाटन त भयो तर प्रभावकारी सेवा सञ्चालन हुन सकेको थिएन । मुटु उपचारका लागि आउने बिरामी उपचार नपाई सिफारिस भएर अ
इटहरी । देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ । उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उहाँले बताउनुभयो । भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग ध
इटहरी । जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता बिहीबार अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् । बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका थिए । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएको बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेले जानकारी दिनुभयो । फरार भएकामध्ये दुई जना बाल बिझ्य
बराहक्षेत्र । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, वराहक्षेत्र चक्रघट्टी शाखाद्वारा आयोजित कर्पोरेट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बिहीबार बराहक्षेत्र नगरपालिका–८ दोभानस्थित सुनसरी रामधुनी आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–८ का वडा अध्यक्ष रोशन खड्का रहनुभएको थियो । कार्यक्रममा शाखा प्रमुख प्रकाश गिरि, बैंकका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूलाई माला लगाएर स्वागत गरिएको थियो ।शाखा प्रमुख गिरिका अनुसार, समुदायप्रतिको सामाजिक उत्तरदायित्वअन्
इटहरी । प्रदर्शनमा आएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको नेपाली चलचित्र ‘परान’ को टिमले सोमबार इटहरीमा सञ्चारकर्मीहरूसँग विशेष साक्षात्कार गरेको छ । निर्देशक दीपक आचार्य (काकु), कलाकार बबिन राई, र लोकदोहोरी गायिका गंगा गौतम आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रम संगीत चोकस्थित फुडशालामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निर्देशक आचार्यले ‘परान’ आफ्नो पहिलो निर्देशन रहेको बताउँदै, चलचित्रमा आजको नेपाली समाजमा देखिएका यथार्थ घटनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रले मनोरञ्जन सँगै सामाजिक सन्देश पनि बोकेको छ । चलचित्रको करिब ८० प्रतिशत दृश्य धनकुटा
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २८ जेठ २०७७ सालमा ठेक्का दिएको थियो । तर, सो निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख६९ हजार ६४९ रुपैयाँ रकम आन्तरिक
इटहरी । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको इन्सास थान १९ क्रम सङ्ख्या ०३११००८७२०, म्याग्जिन थान–१, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काल
इटहरी । आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” आगामी मंसिर ५ देखि ७ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, तरहरामा सम्पन्न हुने भएको छ। “जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्रवर्तन” भन्ने मूल विषयवस्तुसहितको सम्मेलनले कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य लिएको जनाइएको छ । कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.