इटहरी। सशस्त्र प्रहरीले ताप्लेजुङस्थित उत्तरी सीमा क्षेत्रको निरीक्षण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा र ओलाङ्चुङगोला बिओपी बोर्डर आउट पोस्टको टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो। कञ्चनजङ्घाका गुल्मपति एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रको निरीक्षण गरेको हो। ओलाङ्चुङगोलास्थित चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमा क्षेत्र सशस्त्र प्रहरीले निरीक्षण गस्ती गरेको हो। यही कात्तिक ११ देखि १६ गतेसम्म सीमा क्षेत्रको निरीक्षण गरेर सशस्त्र प्रहरी टोली सदरमुकाम फुङ्लिङ फर्फिएको सप्रनाउ पाठकले जान
इटहरी । सुनसरीको रामधुनी नगरपालिका ५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भएपनि अझै पाँच सयभन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् । भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबिच झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठुलो सङ्ख्यामा पुनः कारागार फर्किएका कारगार प्रशासनले जनाएको छ । कारागारका प्रमुख जेलर सुवास लामिछानेका अनुसार हालसम्म एक हजार २५९ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन् । तर, कार्तिक १८ गतेसम्म अझै पाँच सय ७२ जना फरार रहेका छन् । फरारमध्ये ४९ जना भारतीय नागरिक रहेको पुष्टि भएको छ । झुम्का कारागारबाट फरार रहेका ६१ भारतीय कैदीमध्ये केवल १२
इटहरी । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे पाँच लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । बि.स. २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । विद्यालयको जेहेनदार विद्यार्थीको प्रगतिका लागि स्थापित अक्षयकोषमा सोमबार पाँच लाख ५२ हजार ६८१ रुपियाँ हस्तान्तरण भएको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक राई र विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष भक्तबहादुर येङदेनलाई भानु जन माविबाट २०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका विद
इटहरी । केहीदिन अगाडि परेको अविरल वर्षाका कारण धनकुटा जिल्लामा धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो । जिल्लामा दुई हजार ५९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४१५ मेट्रिक टन धान क्षति भएको छ । धान बाली कारण ४१ करोड ५२ लाख ९९ हजार रुपियाँ बराबरको क्षति भएको छ ।जसमा काटिसकेको धान चार हजार ५३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको सात हजार ७९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको
इटहरी । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो रु। १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनु
इटहरी । गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना र कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको हो । असोज १८ र १९ गते र कात्तिक १२ पछिको वर्षाले इलामको सिँचाइ क्षेत्रमा करिब ९५ करोड रुपियाँ बराबरको क्षति भएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । यस्तै वर्षापछिको बाढीपहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुुगेको जनाइएको छ । यी आयोजनाको क्षति मूल्याङ्कन गर्दा करिब २८ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको सङ्घीय खानेपानी कार्यालयले जनाएको छ । खोलामा आएको ब
इटहरी । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार ९बेस० राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न ग
इटहरी । आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नुभएको हो । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै उहाँले फरक क्षमता भएको विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको बताउनुभयो । बालमन्दिरमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सामान्य रुपमा भए पनि टेवा दिने उद्देश्यका साथ कपडा बितरण गरिएको लेछर्बोको भनाइ छ । विद्यालयका प्रधानाध्यपक धर्मप्रसाद पौडेलका अन
इटहरी | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा इटहरीमा आयोजित निःशुल्क कृतिम हात नाप–जाँच, जडान तथा वितरण कार्यक्रमको विधिवत उद्घाटन गरिएको छ।कार्यक्रमको आयोजना करुणा फाउण्डेसन नेपाल र द ह्यान्ड प्रोजेक्ट (The Hand Project)को संयुक्त सहकार्यमा गरिएको हो। उद्घाटन सत्रमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले समान अवसर र पहुँचको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो मानवतावादी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। “अपाङ्गता भएका व्यक्तिहरूले सहायक सामग्री प्राप्त गर्नु अधिकार हो, उपहार होइ
सुनसरी | नायक अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको १६ दिनभित्रै १० करोड ५१ लाख ४८ हजार ८ सय तीन रुपैयाँ बढीको व्यापार गर्दै बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गरेको छ।चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार, चलचित्रले सो अवधिसम्म ३ लाख ३३ हजार टिकट विक्री गरेको छ। यससँगै ‘जेरी अन टप’ अनमोल केसीको करिअरमा पहिलो पटक १० करोड पार गर्ने चलचित्र बनेको हो।सुयोग गुरुङको निर्देशनमा बनेको यो पर्वतीय एडभेन्चर रोमान्टिक चलचित्र २०८२ सालको सबैभन्दा सफल चलचित्रहरूमध्ये एक बनेको छ। चलचित्रमा अनमोल केसीसँगै आचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे (माग्ने बुढा) को प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.