समाज

    Showing २,६८१-२,६९० of ९,३५९ items.
  • ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा रहेको सिदिडाँडा पर्यटकको पर्खाइमा

    इटहरी। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा रहेको सिदिडाँडा पर्यटकको पर्खाइमा रहेको छ। सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र सिद्धिडाँडा पर्यटकको पर्खाइमा रहेको हो। जिल्लास्थित प्रमुख पर्यटकीय गन्तव्य विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरासँगै नर्या पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको सिँजेमा ताल, ढङढङ्गे झरना हुन्। त्यस्तै फुङफुङ्गे झरना, तिम्बुङ पोखरी, तोक्पेगोला लोदेन क्षेत्र, मिल्के जलजले यहाँका पर्यटकीय गन्तव्य हुन्। जिल्लाका थुप्रै पर्यटकीयस्थल तथा गन्तव्यमध्ये प्रचुर सम्भावना बोकेको फुङ्लिङ बजार

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३३२ पटक पढिएको
  • भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु, चारजना घाइते

    भोजपुर | भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङला तर्फ आउँदै गरेको लकडी लोड गरिएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।शनिबार बिहान करिब ११ बजे प्रदेश १–०२–००३ त १२१३ नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।दुर्घटनामा परेकामध्ये चालकसहित चार जनालाई तत्काल उद्धार गरी दिङला नगर अस्पताल पठाइएको र दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकहरूमा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय आईत बहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङ र

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३९७ पटक पढिएको
  • मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना

    इटहरी। बिहीबारदेखि परेको पानीले सडक अवरुद्ध भएको मेची राजमार्गको राजदुवाली माइखोलास्थित खण्डलाई तत्काल सञ्चालन गर्न नेपाली सेनाको टोली मर्मतमा जुटेको छ । आज इलाममा लोकसेवा आयोगको परीक्षा पनि परेकाले परीक्षार्थीलाई सहज गराउन विहानैदेखि सडक डिभिजन कार्यालयसहित नेपाली सेना पनि सडक मर्मतमा खटिएको हो । ठूला सवारीलाई सञ्चालन गराउने अवस्था नभए पनि आज दिनभरिका लागि साना सवारी सञ्चालन गराउन मर्मतको काम भइरहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । यो खण्डमा मर्मतपछि हिजो साँझसम्म साना यातायातलाई जिल्ला प्रशासन कार्यालय इलामले सञ्चालनको अनुमति दिएको थियो । राति बन्द गरिएको सडक रातिको पानीपछि पुनः

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३३२ पटक पढिएको
  • झापामा तीन महिनामा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता

    इटहरी । झापामा चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उनले बताए । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो तीन महिनामा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज हुँदा तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन तथा १० उद्योगले उद्देश्य थपेका छन् । कार्

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २६१ पटक पढिएको
  • खुम्बुमा पाँच हजारभन्दा बढीको बिचल्ली

    इटहरी । बेमौसमी हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् । पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजको पर्खाइमा रहेका तथा मौसमका कारण रोकिएर करिब छ सयभन्दा बढी पर्यटक अलपत्र परेको लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी पुगेको सुर्केमा पनि पर्यटकको चाप धेरै छ । लुक्ला र सुर्केमा बस्नका लागि होटल अभाव भएकाले विदेशी पर्यटकलाई समेत बासको समस्या भएको

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २८२ पटक पढिएको
  • पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

    इटहरी । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।  पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो । दुई नगरपालिका र

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २८९ पटक पढिएको
  • भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

    इटहरी।  भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ । उहाँले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गर्नुभएको छ । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उहाँले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याउनु भएको हो । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उहाँको भनाइ छ । उद्योगबाट हरियो चिया ९ग्रीन टि०, कालो चिया र सिल्भर चिया उत्पाद

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २९८ पटक पढिएको
  • ताप्लेजुङमा अपराधजन्य घटना वृद्धि

    इटहरी । ताप्लेजुङमा अपराधजन्य घटना बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी, राष्ट्रसेवकमाथि बाधा अवरोध सिर्जना गर्नेसहित अपराधजन्य घटना बढ्दो क्रममा रहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार प्रत्येक वर्ष अपराधजन्य घटना बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१र८२ मा अपराजन्य घटना ११ बढि रहेको छ । अघिल्लो आवमा १८१ अपराधका घटना भएकोमा गत आवमा १९२ वटा घटना भएका छन् । त्यस्तै आव २०७९र८० मा १६३ वटा अपराधजन्य घटना भएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाको तथ्याङ्क रहेको छ । शाखाको

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • १६२ पटक पढिएको
  • सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    इटहरी ।  प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।  हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक ९एटिसी० नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन । यस याममा दैनिक औसत ६० भन्दा हवाई उडान हुने गरिए पनि अहिले सबै ठप्प भएको उहाँले बताउनुभयो । हवाई उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटकहरु लुक्

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २७९ पटक पढिएको
  • बोकेरै पाथीभराको दर्शन गराउँछन् भरिया

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा हिड्‌न नसक्ने दर्शनार्थीहरूलाई बोकेर पाथीभरा मन्दिरको दर्शन गराइने व्यवस्था रहेको छ । हिड्‌न नसक्ने दर्शनार्थीलाई भरियाहरूले मन्दिरसम्म बोकेर पुर्याउने गरेका छन् । काफ्‌लेपाटीदेखि मन्दिरसम्म पुग्नका लागि १ केजी बराबर एकसय रुपियाँ भाडा दर तोकिएको छ । विषेशगरी हिड्‌न नसक्ने बालबालिका, वृद्धवृद्धा दर्शनार्थीलाई भरियाले बोकेरै पाथिभरा पुर्याउने गरेका छन् । पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थी बोक्ने पाँचसय बढी भरिया रहेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]