समाज

    Showing २,७७१-२,७८० of ११,१७९ items.
  • इटहरीमा दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको नगर प्रवक्ता पोखरेलको भनाइ

    इटहरी । कोशी प्रदेशको प्रमुख व्यापारिक तथा शहरी केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा पछिल्ला वर्षहरूमा आगलागीका घटना बारम्बार दोहोरिन थालेका छन्। जनघनत्वको तीव्र वृद्धि, अव्यवस्थित विद्युतीय संरचना, तथा सावधानीको कमीका कारण सामान्य आगलागीसमेत ठूला दुर्घटनामा परिणत हुने गरेको सरोकारवालाहरू बताउँछन्। विशेषगरी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीले इटहरी उपमहानगरपालिकाको दमकल सेवा नै ठप्प बनाएको छ। आन्दोलनका क्रममा नगरपालिकाका दुवै दमकलमा आगजनी हुँदा ती पूर्ण रूपमा नष्ट भएका थिए। त्यसयता नगर क्षेत्रमा आगलागी हुँदा तत्काल नियन्त्रणका लागि पर्याप्त साधनस्रोतको अभाव झेल्नुपरेको छ। छि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ३३६ पटक पढिएको
  • झापाको दमकमा बर्डफ्लु संक्रमण,दमक एग्रिकल्चर फार्ममा तीन करोडको क्षति

    इटहरी। झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रशाईका अनुसार करिब २० हजार लेयर्स कुखुरा नष्ट गर्नुपर्यो। साथै, अण्डा, दाना  र फार्मका अन्य संरचनात्मक सामग्रीसमेत नष्ट भएपछि क्षति तीन करोड रुपियाँभन्दा बढी पुगेको छ। यसले १५ जना मजदुरलाई बेरोजगार बनाएको छ। यो फार्म झापाकै ठूला र व्यवस्थित कुखुरा पालन केन्द्रमध्ये एक मानिन्थ्यो। आधुनिक प्रविधि र नियमित व्यवस्थापनका कारण यसले स्थानीय बजारमा महत्वपूर्ण योगदान दिँ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २३१ पटक पढिएको
  • इलाममा एक सय दस वर्ष पुरानो घरमा ‘होमस्टे’

    इटहरी। इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको घर भने होइन, न त यो कुनै सुविधा सम्पन्न होटेल रिसोर्ट नै हो । ११० वर्षअघि निर्माण भएको पुरानो घरलाई होमस्टेका रूप दिइएपछि देश विदेशका पाहुनाका लागि यो रोजाइ बन्न थालेको छ ।  इलाम नगरपालिका–५, घलेटारमा रहेको यो होमस्टे अहिले व्यवसायी नरेन्द्र गुरुङले सञ्चालन गरिरहनुभएको छ । गुरुङका हजुरबुवा रणवीर गुरुङले ११० वर्षअघि निर्माण गरेको घरमा नाति नरेन्द्रले नौ वर्षयता होमस्टे सञ्चालन गर्दै आउनुभएको हो । जाइकाबाट सन् २०१६ मा अवकाश पाएपछि नेरेन्द्रले यो घरलाई होमस्

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १२५ पटक पढिएको
  • सुनसरीका किसान चैते धान रोपाइँमा व्यस्त

    इटहरी ।  सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । सुनसरी जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ । सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १४१ पटक पढिएको
  • पाथीभराको सुन लिलामीमा पाँचौँ प्रयास पनि असफल, आवेदन शून्य

    इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि पाँचौ पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटकपटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो । समितिसँग मौज्दात रहेको एक सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत गत फागुन २१ गते १५ दिने सूचना जारी गरि प्रतितोला न्यनतम तीन लाख १५ हजार चार सय रुपियाँबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।१५ दिने सूचना जारी

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २५५ पटक पढिएको
  • उदयपुरको त्रियुगा–८ साहिखोलास्थित विद्यालय भवन नेपाली सेना द्वारा मर्मतपछि हस्तान्तरण

    इटहरी  । नेपाली सेनाले उदयपुरको त्रियुगा नगरपालिका वडा ८ साहिखोलास्थित खाटमन्दिर आधारभूत विद्यालयको पूरानो जीर्ण भवन मर्मत सम्हार तथा स्तरवृद्धि गरी स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको कल्याणकारी निर्देशनालयको करिव पाँच लाख रुपियाँको आर्थिक सहयोगमा मर्मत सम्हार गरिएको उक्त विद्यालय सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहकाबिच बुधवार व्यवस्थापन समितिका अध्यक्ष रणवहादुर विकलाई हसतान्तरण गर्नुभएको हो । सैनिक श्रीमती संघकी अध्यक्ष सिग्देलल सो विद्यालयमा अध्ययनरत एकसय ३० जना बालबालिकाहरुलाई किताव बोक्ने झोला, डट

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २०८ पटक पढिएको
  • ओखलढुङ्गा मानेभञ्ज्याङ–७ हर्कपुरमा जडीबुटी उद्योग सिल हुँदा ५० लाख बराबरको कच्चा पदार्थ नोक्सान

    इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसक्दा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ । आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै डिभिजन वन कार्यालयले एक महिना अघि उद्योग सिल गरेको थियो । सो उद्योग सञ्चालन गर्दै आएको चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिले आवश्यक कागजात पूरा नगरेको निष्कर्षसहित उद्योग बन्द गरिएको जनाइएको छ । उद्योगका व्यवस्थापक हरि श्रेष्ठका अनुसार आवश्यक कागजात पेश गरिसकिएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रारम्भिक वातावर

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २४४ पटक पढिएको
  • इनरुवाको ग्रीन सिटीमा २१० फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो

    इटहरी । देशभक्ति, एकता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रीन सिटी क्षेत्रमा मंगलबार २१० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको छैटौं दिनको विशेष अवसर पारेर आयोजित कार्यक्रम आवास विकास संघ नेपालका अध्यक्ष विष्णु प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । झण्डोत्तोलनको क्षणमा राष्ट्रिय गीतको धुनसँगै उपस्थित जनसमुदाय भावुक बनेका थिए भने ग्रीन सिटी क्षेत्र देशप्रेमको उत्साहले भरिएको देखिन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १४१ पटक पढिएको
  • सभापोखरी, पाख्रिवास र कन्काइ विजयी

    इटहरी । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सभापोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् । हिले भलिवल क्लवको आयोजना मंगलबार सुरु भएको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५–१५, २५–१७ र २५–२३ को सोझो सेटले हराएको हो । त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५–१८, २५–१९ र २५–१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै, तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१–२५, २५–२१ र २५–२० र २६–२४ को सेटल

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २२६ पटक पढिएको
  • इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट २०२६’ आयोजना हुने

    इटहरी । कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासलाई लक्ष्य गर्दै इस्र्टन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण आगामी चैत १४ देखि १६ गतेसम्म इटहरीमा आयोजना हुने भएको छ । आयोजक समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मार्च २८, २९ र ३० (२०२६) मा कार्यक्रम सम्पन्न हुने जानकारी दिएको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने तथा भारतीय पर्यटक र स्थानीय पर्यटन व्यवसायीबीच व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यकमका संयोजक पुण्य प्रसाद भट्टराईले बताउनु भयो । कार्यक्रममा भारतका बंगाल, बिहार र सिक्किम तथा भुटानबाट करिब १०० भन्दा बढी पर्यट

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]