इटहरी । जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए । मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स
मोरङ । जेन्जी आन्दोलनका क्रममा घाइते भएका बुढीगंगा गाउँपालिका–७ बेलडाँगी निवासी सन्तनु ढकाललाई कोशी प्रदेशकी सांसद मिना श्रेष्ठले भेट गरेकी छन् ।सांसद श्रेष्ठले ढकालको घरमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । भेटका क्रममा श्रेष्ठले जेन्जी आन्दोलनमा घाइते भएका सबैको उपचार सुनिश्चित गर्न प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाइन् ।उनले भनिन्, “शान्तिपूर्ण आन्दोलनमा सहभागी युवाहरू घाइते हुनु दुखद् विषय हो । उनीहरूको उपचार र न्यायका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्छ ।” सांसद श्रेष्ठले आन्दोलनमा घाइते भएका सबै व्यक्तिहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने र आवश्यक सहयोग पुर
इटहरी। यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो । उहाँले रङ्गशालाको प्यारापिटमा ३०० जनालाई बस्नका लागि प्लास्टिकका कुर्सी जडान भइरहेको बताउनुभयो । शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सञ्चालनका लागि रङ्गशालाको पक्की प्यारापिटलगायत भौतिक निर्माणका काम द्रुतगतिमा भएको बताउनुभयो । झाप
इटहरी। यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो । यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताउनुभयो । स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पु¥याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत
इटहरी । झापाको बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएन्ड सी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।कुटपिटमा सङ्लग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । तिहार बलिहाङ तङ्नामको अवसरमा ताप्लेजुङका लिम्बू समुदायले च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिरहेका छन् । तिहार पर्वलाई मनोरञ्जनपूर्ण बनाउने र आफ्नो मौलिक संस्कृतिको संरक्षण साथै प्रवर्धन गर्ने उद्देश्यससहित यहाँका लिम्बू समुदायले च्याब्रुङ नाच ९केःलाङ० नाचेर देउसीभैलो खेलेका हुन् । सदरमुकाम फुङ्लिङसहित गाउँबस्तीहरूमा लिम्बू समुदायले तिहारको अवसरमा च्याब्रुङ नाचेर देउसीभैलो खेलिरहेका छन् । गाउँ तथा सहरमा रहेका क्लब र समूहहरूले च्याब्रुङ बाजा र झ्याम्टा बजाउँदै छुट्टै अर्थात मौलिक शैलीमा च्याब्रुङ नाच प्रदर्शन गरी देउसी भैलो खेल्ने गरिएको छ । लिम्बू समुदायका युवा पुस्ताका पुरुष र महि
सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी स्थित ग्रामीण पत्रकार समूहलगायत नगरपालिकाभरका सञ्चारकर्मीहरूको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो।यस अवसरमा वडाध्यक्ष खड्काले स्थानीय सञ्चारकर्मीहरूसँग सौहार्दपूर्ण छलफल गरी विभिन्न विषयमा सन्चारकर्मी सग बिचार, सल्लाह ,सुझाब आदानप्रदान गर्नु भएको हो। उहाँले बराहक्षेत्र नगरपालिका लगाएत वडा -८ को विकासका लागि सञ्चारकर्मीहरूको सक्रिय भूमिका मध्यनजर गर्दै वडा नं. ८ मा गर्न लागेका कार्ययोजनाहरूबारे पनि जानकारी दिनु भयो । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले पनि वडाध्यक्ष खड्कालाई आफ्नो कार्यकालका लागि शुभकामना व्यक्त गर्दै स
इटहरी । नेपाल सम्वत् ११४६ बुधबार नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। सामान्य ब्यापारी शंखधर साख्वाले विक्रम संवत ९३७ मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । नेवार समुदायले ‘न्यू दया भिन्तुना’भन्दै उल्लासका साथ मनाएका हुन् । नेवारी भाषामा भनिएको न्यू को अर्थ नयाँ, दको वर्ष, या भनेको को र भिन्तुनाको शुभकामना हो। नेपाल संवत् ११४६ को अवसरमा बुधबार धनकुटामा पदयात्रा गरिएको छ । सिरान बजार समूहको संयोजनमा भएको पदयात्रा धनकुटाको श्रीवानीमा रहेको शंखधर साख्वा चोकबाट सुरु भएर मदन चोक, चुवाको बोट
इटहरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिव मजदुर किसान लगाएत सवै जनताको रगतबाट मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापीत भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको हो । अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उहाले बताउनुभयो । उहाले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न
इटहरी । जिल्ला प्रशासन कार्यालय धनकुटाको वाट्सअप ह्याक भएको छ । ह्याकरले वाट्स अपह्याक गरेर गलत सूचना पठाइरहेको छ । प्रमुख जिल्ला अधिकारीको सरकारी नम्बर ९८५२०३७७७७ नम्बरको वाट्स अपह्याक गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो। वाट्सअप एकाउन्ट ह्याक गरेर गलत एवम् भ्रामक म्यासेजहरु पठाइरहेको हुँदा त्यसबाट सजक रही थप सहयोग आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराउन गेलालले बताउनु भयो। ह्याकरको हातमा पुगेको फिर्ता गर्ने कोशिश भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वाट्सअप ह्याकको विषयमा अध्ययन, अनुसन्धान गरिरहेको धनकुटाका प्रहरी प्रमुख एुसपी शरत कुमार थापा क्षेत्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.