इटहरी । सवारी दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका–४ बडकादियालेको रोक्सिङ भन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्थानीय २६ वर्षीय प्रदीप बस्नेतको मृत्यु भएको हो । शनिबार मध्याह्न १२ बजे भएको दुर्घटनामा घाइते भएका बस्नेतको उपचारका क्रममा विराटनगरस्थित न्युरो हस्पिटलमा शनिबार राति १० बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।बस्नेत स्थानीय झलनाथ विश्वकर्माले चलाएको अल्फाबेट नखुलेको ९९२५ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको मिश्रले जनाएका छन् ।
इटहरी । मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ । मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सकडमा भित्रभित्रै जमिन बग्ने समस्या निरन्तर भएपछि तत्कालको समाधानका लागि गोदक सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । यो मार्गलाई यसअघि पनि वैकल्पिक मार्गका रुपमा तयार गरिंदैआएको थियो । यही मार्गमा पर्ने जोगमाई खोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा गएको असारमा मात्र हालिएको बेली ब्रिज गएको असोज १८ को बाढीले बगाएपछि इलाम सदरमुकाम ज
इटहरी। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गर्नुभएको छ । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७(६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम जेभी सँग करिब ५१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब
इटहरी । जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा व्यापक तोडफोड र आगजनी भएको छ। घटनामा प्रशासनिक भवनभित्र रहेका विभिन्न महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् भने केही कागजातहरू बाहिर छरपस्ट अवस्थामा फेला परेका छन्।प्रदर्शनकारीहरूको भीडले नगरप्रवेशद्वार तोड्दै कार्यालय परिसरमा प्रवेश गरी ढोका, सिसा र फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए। आगलागीका कारण राजश्व शाखा, लेखा शाखा, भवन निर्माण स्वीकृति शाखा र नागरिक अभिलेख शाखाका धेरैजसो फाइल र अभिलेख पूर्ण रूपमा जलेका छन्।दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको भए पनि आगलागीको तीव्रता अत्यधिक भएको कारण
इटहरी । असोज १८ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा इलामको माईजोगमाई गाउँपालिकाले सर्वसाधारणको घर–घरमै स्वास्थ्य सेवा दिन थालेको छ । पहिरोका कारण स्वास्थ्य संस्थासम्म जान सक्ने अवस्था नभएपछि माईजोगाई(छ प्याङका स्थानीयको घरमै प्राथमिक स्वास्थ्य सेवा दिन थालिएको हो । स्वास्थ्य संस्था सम्म आउन नसक्ने भएपछि वृद्धवृद्धा, बालबालिकासहित अशक्तहरूलाई घरमै गएर उच्च रक्तचाप, ज्वरोलगायतका बिरामीलाई प्राथामिक सेवा प्रदान गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डाक्टर अभिषेक देव ठकुरीले बताउनुुभयो । असोज १८ को पहिरोमा परी प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै, विपद्का कारण
इटहरी । सुनसरीको कोशी गाउँपालिका– १ लौकही सीमा नाकाबाट सशस्त्र प्रहरीले तीन लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ । आइतबार बिहान करिब ९ बजे सीमा नाका हुँदै लुकाएर ल्याएको अवस्थामा सशस्त्र प्रहरी लौकहीले पटका बरामद गरिएको हो । बरामद भएको पटकालाई स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख प्रहरी निरीक्षक मनीष कटुवालले जानकारी दिनुभयो । सशस्त्र प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा पटका फेला पारेको थियो । विभिन्न १७ प्रकारका पटकाको अनुमानित मूल्य तीन लाखभन्दा बढी रहेको
इटहरी । धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् । महालक्ष्मी नगरपालिकाले शुक्रबार र छथरजोरपाटी गाउँपालिकाले विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय गरेको जनाएका छन् । छथरजोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार कार्य सम्झौता खारेज भएको छ । त्यस्तै, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईले
इटहरी । सुनसरीको वराहक्षेत्रमा तेस्रो पानी सुल्के ९स्टोनस्किपिङ च्याम्पियनसिप० हुने भएको छ । कात्तिक ३ गते अमाह सिमसारमा स्टोनस्किपिङ च्याम्पियनसिप हुने भएको हो । चतरा हाइकिङ समूहको आयोजना र अमाह सिमसारको सह आयोजनामा पानी सुल्के प्रतियोगिता गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा नगद पुरस्कारसहित प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउने छन । विजेताले ट्रफी र प्रमाणप
इटहरी । झापाको कमल गाउँपालिका–७ रंगपुरस्थितबाट ५५ राउण्ड गोली फेला परेको छ। स्थानीयले केराबारीमा सेतो बोरामा गोली फेला पारेको जानकारी गराएपछि गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
इटहरी । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटी सफारी चालकको हत्या भएको छ । सोही नगरपालिका बस्ने ४५ वर्षीय दिनेशकुमार चौधरीको शनिबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ७८०४ नम्बरको सिटीमा रगताम्य भइ घोप्टो परेको अवस्थामा चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपी केशवकुमार थेबेसमेतको प्रहरी टोली घटनास्थलमा पुग्दा चौधरी मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँका अनुसार चौधरीको बायाँ छातीमा हतियार प्रहार भएका कारण उनको मृत्यु भएको हुन सक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.