समाज

    Showing ३,१७१-३,१८० of ९,३६६ items.
  • सचिव विष्णु श्रेष्ठको जन्मदिनमा अवसरमा इटहरी १६ स्थित सरस्वती जब्दि विद्यालयमा वृक्षारोपण

    इटहरी । आदिवासी जनजाति युवा महासंघ नेपाल इटहरीका सचिव विष्णु श्रेष्ठले  आफ्नो जन्मदिन असोज २ गते लाई यसपटक फरक र अर्थपूर्ण तरिकाले मनाएका छन् । इटहरी उपमहानगरपालिका–१६ स्थित श्री सरस्वती जब्दि विद्यालयका खेल प्रशिक्षक श्रेष्ठले विद्यालय परिसरमा २ सय भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर जन्मदिनलाई स्मरणीय बनाइएको हो ।सामान्यतया जन्मदिनमा पार्टी तथा भोज आयोजना गर्ने प्रचलन भए पनि श्रेष्ठले भने यसपटक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वृक्षारोपण गर्ने निर्णय गरेका हुन् । जन्मदिनलाई रमाइलो मात्र नभई समाजलाई योगदान दिने खालको बनाउनु पर्छ भन्ने सोचले वृक्षारोपण गरिएको बताए ।वृक्षारोपण कार्य

    • प्रकाशित मितिः असोज ४, २०८२
    • २८४ पटक पढिएको
  • झापामा एक हात्ती मृत फेला

    इटहरी । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीमा शनिवार बिहान एक माउ हात्ती मृत अवस्थामा फेला परेको छ। करिब २२ वर्षको माउ हात्ती स्थानीय खेतको छेउमा, मृत अवस्थामा भेटिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार हात्तीको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने संकेत देखिएको छ। स्थानीय बासिन्दाहरूको अनुसार शनिबार बिहान खेततिर गएका एक किसानले हात्ती मृत देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। शव भेटिएको स्थान वरपर विद्युतीय तारहरूको अव्यवस्थित जाल रहेको र केही स्थानमा खुला करेन्ट प्रवाह भइरहेको हुनसक्ने भएकाले अनुसन्धान सुरु गरिएको बताइएको छ । स्थानीयका अनुसार बाहुनडाँगीमा हात्तीहरू प्रायः आइरहन्छन्

    • प्रकाशित मितिः असोज ४, २०८२
    • १९२ पटक पढिएको
  • इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न, ५४ जनामा मोतिया बिन्दु

    इटहरी । सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो । सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार तीन सयभन्दा बढीको आँखा जाँच, चश्मा जाँच र औषधी वितरण गरिएको छ । शिविरमा ५४ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क सेवा दिएको र मोतिया बिन्दुको बिरामीका लागि  अप्रेसनमा समेत छुट गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले गर्नुभएको

    • प्रकाशित मितिः असोज ४, २०८२
    • २८० पटक पढिएको
  • दसैँ नजिकिँदै गर्दा अलैँचीको मूल्यमा कमी, बजारमा थप आपूर्ति हुने अनुमान

    इटहरी । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो स

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ४१२ पटक पढिएको
  • बराहक्षेत्रमा सर्वदलीय बैठक : जेन्जी आन्दोलनका नाममा तोडफोड गर्नेप्रति कडा कारबाहीको माग

    बराहक्षेत्र । जेन्जी आन्दोलनका नाममा बराहक्षेत्रका जनप्रतिनिधि कार्यालय र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नेप्रति कडा कारबाही गर्न बराहक्षेत्र नगरपालिकाले सर्वदलीय बैठक सम्पन्न गरेको छ।नगर प्रमुख रमेश कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले जायज माग राखी आन्दोलन गर्नु स्वाभाविक भए पनि राजनीतिक प्रतिशोधका नाममा अराजकता मच्चाउनेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनुपर्ने निष्कर्ष निकालेको हो। राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले तोडफोडमा संलग्न जुनसुकै पार्टीका भए पनि पहिचान गरी कानूनी दायरामा ल्याउन र हदैसम्मको कारबाही गर्न माग गरेका छन्।बैठकमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशास

    • प्रकाशित मितिः असोज ४, २०८२
    • ३५३ पटक पढिएको
  • बराहक्षेत्र–१० मा संविधान दिवसको अवसरमा दीप प्रज्वलन

    बराहक्षेत्र । संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका–१० द्वारा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।संविधान दिवसको उपलक्ष्यमा शुक्रबार साँझ वडा नं. १० अन्तर्गत प्रकाशपुर बजारस्थित मदन–आश्रित चौतारा अगाडि र वडा कार्यालयमा विशेष कार्यक्रम गरी दीप प्रज्वलन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजबहादुर गुरुङ रहे । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरू र जेनजी पुस्ताको सक्रिय उपस्थिति रहेको थियो ।अध्यक्ष गुरुङले संविधानको महत्त्वबारे जागरण फैलाउने, राष्ट्रिय एकताको सन्देश दिने र वीर सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्ने उद्देश्यले दीप प्रज्वलन गरिए

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ४७३ पटक पढिएको
  • भाटभटेनीमा १० हजार कर्मचारी, कसैले गुमाउनु पर्ने छैन जागिर

    इटहरी । प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा–सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ । भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो । भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालय सहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैती पछि आगजनी गरी पूर्ण क्षति पु¥याइएको थियो । नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन । यसमध्ये अहिले भाटभटेनीले १६

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३७४ पटक पढिएको
  • धनकुटामा पनि मनाइयो संविधान दिवस

    इटहरी । संविधान दिवस, २०८२ धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ–संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको हो । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था , सुरक्षाकर्मी तथा कर्मचारी लगायतको सहभागितामा प्रभात फेरी गरिएको छ । धनकुटाको भिमनारायण चोकबाट सुरु भएको प्रभात फेरीले बजारका विभिन्न भाग परिक्रमा गरि बसपार्कमा गएर सम्पन्न भएको थियो । यसैक्रमा बस पार्कमा रहेको शहीद स्तम्भमा माल्यार्पण गर

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३५१ पटक पढिएको
  • जनप्रतिनिधिलाई सेवामा फर्किन विभिन्न राजनीतिक दलको आव्हान

    इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवामा फर्किन आव्हान गरिएको छ। बिहीबार विभिन्न राजनीतिक दलका  अगुवाहरूको बैठकले जनताका अत्यावश्यक कामहरुमा जननिर्वाचित  जनप्रतिनिधिहरूलाई त्यस्तो आग्रह गरेको हो । नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, जसपा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका विभिन्न दलहरुका नेताहरूको बैठक बसी जेन–जी आन्दोलनका क्रममा पथरी शनिश्चरे नगरपालिका अन्तरर्गत नगरपालिकाको कार्यालय र मातहतका १० वटै वडा कार्यालयहरूमा भौतिक क्षति भएको कारण कार्यालय सञ्चालन हुन नसकेको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई काममा फर्किनको लागि अनुकूल व

    • प्रकाशित मितिः असोज ३, २०८२
    • २५३ पटक पढिएको
  • भोजपुरमा फरक क्षमता भएका विद्यार्थीलाई स्कुटर सहयोग

    इटहरी । भोजपुर जिल्लाका उत्कृष्ट तथा नमुना विद्यालयमध्ये एक, श्री विद्योदय माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा फरक क्षमता भएका विद्यार्थीलाई स्कुटर हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभाध्यक्षता र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत शारीरिक अपाङ्ग विद्यार्थी अनुप दाहाललाई घर र विद्यालय आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले स्कुटर हस्तान्तरण गरिएको हो। अनुप दाहाललाई मेहनती र जेहेन्दार विद्यार्थी भएको शिक्षकहरूले बताएका छन्। कक्षा १२

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ३७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]