इटहरी । जेन–जी आन्दोलनका कारण बन्द भएका इटहरी उपमहानगरपालिका भित्रका सबै विद्यालय मङ्गलवार ९भदौ ३१ गते० देखि सञ्चालन हुने भएका छन्।उपमहानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले सूचना जारी गर्दै आन्दोलनका कारण भदौ २४ गतेदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको जनाउँदै अब मङ्गलवारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुने उल्लेख गरेको हो। सूचनामा विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकलाई समयमै जानकारी गराई पठनपाठनमा सामान्यता कायम गर्न आग्रह गरिएको छ।
इटहरी । धरानको सर्दु खोलामा एक युवकको शव फेला परेको छ । शनिबार धरान उपमहानगरपालिका २० र ११ को सिमानामा पर्ने सर्दु खोलामा शव फेला परेको हो । धरान–१७ का २७ वर्षीय तुफान सुनुवारको शव फेला परेको पुष्टि भएको छ। मृतक सुनुवार झुम्का कारागारबाट भागेका कैदीलाई चिण्डे डाँडा पुर्याउन घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय पर्वत सञ्जेलका अनुसार सुनुवार कुलतमा नफसेका, सोझा स्वभावका युवा थिए । घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरीले अनुसन्धानपछि मात्रै सुनुवारको मृत्युबारे यथार्थ खुल्ने जनाएको छ ।
इटहरी । जेन–जी आन्दोलनका क्रममा इटहरी चोकस्थित इलाका प्रहरी कार्यालय जलाइएपछि सुरक्षा र सेवा प्रदानमा चुनौती उत्पन्न भएको छ। प्रहरीको कार्यालयमा रहेका सामाग्री जलेर नष्ट भएका कारण इटहरी प्रहरीले अहिले तरहरा प्रहरी चौकीबाट सेवा दिँदै आएको हो। इटहरी प्रहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार प्रहरी कार्यालय जलेकोले सीमित जनशक्तिले तरहरा चौकीबाट नागरिकलाई शान्ति–सुरक्षा र प्रहरी सेवा प्रदान गरिरहेको छ। कार्यालयका सामग्री र उपकरण जलेर नष्ट भएको उनले बताए। अहिले सुरक्षा कायम राख्न र नागरिकलाई आवश्यक सेवा दिइरहेको उनको भनाइ छ। उनका अनुसार इटहरी चोक प्रहरी कार्यालय जलेको कारण तरहरा प्रहरी चौकीबाट सीमित
इटहरी । ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ बनेको छ । समुद्र सतहदेखि चार हजार ३५० मिटर उचाइमा रहेको यो पोखरी पछिल्लो समय पर्यटकको रोजाइ बनेको हो । यो पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका फलैचाको सङ्गमस्थलमा पर्ने तिम्बुङ पोखरीलाई दुई जिल्लाको महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा लिइन्छ । पछिल्लो सयम यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यावसायी अमिर राई बताउनुहुन्छ । उहाँका अनुसार गएको वर्ष मात्र करिब तीन हजारको हाराहारीमा पर्यटक तिम्बुङ पोखरी आएका थिए । यस क्षेत्रमा आउने पर्यटक सङ्ख्याको डाटा भने व
इटहरी। जेनजी पुस्ताको आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि बन्द गरिएका ताप्लेजुङका स्थानीय तह र विद्यालय खुलेका छन् । जिल्लाका केही स्थानीय तहले बन्द गरेको सेवा प्रवाह आइतबारदेखि सुरु गरेका छन् भने बन्द भएका विद्यालयहरू पनि आइतबारदेखि नै खुलेका हुन् । गएको मङ्गलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको आठराई त्रिवेणी गाउँपालिकाले आइतबार आजदेखि सबै सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले एक सूचना प्रकाशित गरी गाउँपालिका कार्यालय र मातहतका अन्य सबै कार्यालयका सेवा नियमित भएको उल्लेख गर्नुभएको छ । यस्तै गाउँपालिकाभित्रका सामुदायिक र
इटहरी । विराटनगरमा तरकारीको गाडीमा राखेर ओसारपसार गर्दै गरेको गाँजा बरामद भएको छ । शनिवार राति विराटनगर–१५ पेट्रोल पम्पनजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको बोलेरो गाडीमा २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद भएको हो । गाँजा बरामदसँगै तीन जना पक्राउ परेका छन् भने चालक भने फरार छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले उक्त गाँजा फेला पारेको हो । प्रहरीका अनुसार मे १ च ५८२६ नम्बरको बोलेरो गाडीलाई उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा आउँदा रोक्न खोजिएको थियो । तर, गाडी नरोकी भागेपछि पछि खोजी गर्ने क्रममा
इटहरी । नेपाल राष्ट्र बैङ्कले आज देखि दसैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैङ्कले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बिचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैक तथा बैङ्कहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ ।
इटहरी । सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । उहाँका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ । मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ । निरन्तर क्षतिका कारण के
इटहरी । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा भदौ २४ गते आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ । भारत निर्यातका लागि भन्सारमा पुगेको २५ हजार किलो चिया पनि जलेर ध्वस्त भएको छ । निर्यातका लागि भन्सारमा पुगेको इलामका पाँच कारखानाको चिया जलेर ध्वस्त भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्री अन्तु, गोर्खा र दाजुभाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा ध्वस्त भएको एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताउनुभयो । विदेशबाट माग भएको चिया पनि पठाउने अवस्था नहुँदा समस्या भएको कट्ट
सुनसरी । सुनसरीको दुहबीमा जेनजि स्वतन्त्र युवा समूह गठन गरिएको छ । रितेश हलुवाई संयोजक तथा चन्दन बैठा सचिव रहने गरी प्रारम्भिक रूपमा ३१ सदस्यीय समिति घोषणा गरिएको हो ।नेपालमा जेनजि पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गरेपछि दुहबीमा पनि स्वतन्त्र रूपमा खबरदारी गर्ने उद्देश्यले यो समूह गठन गरिएको सचिव चन्दन बैठाले जानकारी दिए ।उनका अनुसार यो समिति तत्कालीन संरचना मात्र भएकाले चाँडै नै सबै युवाको सहभागितासहित नयाँ पूर्ण समिति चयन गरिने छ । समूहले दुहबीका युवाहरुलाई भ्रष्टाचार, बेथिति र गलत कार्यविरुद्ध सचेत र सक्रिय हुन आह्वान गरेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.