समाज

    Showing ३,२५१-३,२६० of ९,३६६ items.
  • झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु,एक घाइते

    इटहरी । झापाको कन्काई नगरपालिका–७, बिरिङ खोला छेउमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। शुक्रबार साँझ करिब ७ः३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक ऐ.२ बस्ने ३८ वर्षीय दिनेश कुमार थपलिया सामान्य घाइते भएका छन् भने सोही मोटरसाइकलमा सवार ऐ। बस्ने ६० वर्षीय सोमनाथ दंगाल गम्भीर घाइते भएका थिए। दुर्घटनापछि दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। तर, दंगालको आइतबार बिहान करिब ६ बजे उपचारकै क्रममा मृत्यु

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ३७५ पटक पढिएको
  • जेनजी आन्दोलनका कारण तिम्बुङ पोखरी ट्रेल रन रद्द

    इटहरी । जेनजी आन्दोलनका कारण देशमा विसम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ । सिदिङ्वा–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा बिहीबारका लागि आयोजना गरिएको प्रतियोगिता रोकिएको अर्थात रद्द भएको हो । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता देशको विषम परि

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ३२१ पटक पढिएको
  • पाथीभरा याङ्वरकमा ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयन

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था गर्दै योजना कार्यान्वयनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नारासहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । प्रत्येक वडाका कृषकलाई खेती तथा बाली लगाउने तरिका सिकाउने साथै खेती व्यवस्थापन लगायतका कार्यमा सहयोग पु¥याउने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका छ वटै वडामा एक कृषि प्राविधिकको व्यवस्था ग

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • १८७ पटक पढिएको
  • धरान भाटभटेनी आगलागीमा चार जनाको जलेको शव फेला

    इटहरी ।  धरान उपमहानगरपालिकामा भाटभटेनी सुपर मार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा तीन जनाको शव भेटिएको छ। धरान–१० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा गत भदौ २४ गते जेनजी आन्दोलनको दोश्रो दिनको प्रदर्शनमा अराजक समूहले आगो लगाएको थियो।  आगो पूर्ण रुपमा निभाएर खोजी गर्दा चौथो फ्लोरमा तीन जनाको मानव अवशेष भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार मृत्यु भएको शव खरानी भएको अवस्थामा अवशेष मात्र फेला पारिएको हो।  आज विहान पनि दोस्रो फ्‌लोरमा एक जनाको मानव अवशेष भेटिएको थियो योसँगै चार जनाको अवशेष भाटभाटेनी मार

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २३७ पटक पढिएको
  • धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला

    इटहरी ।  धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा तीनवटा शव पूरै जलेको अवस्थामा भेटिएको हो । मङ्गलबार चर्किएको जेन(जी प्रदर्शन क्रममा अराजक समूहले धरान उपमहानगरपालिका(१०, पुतलीलाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो । एउटा समूह लुटेर निस्केपछि आगो लगाउँदा भवनबाट निस्कन नभ्याएको अर्को समूहका सदस्यहरू जलेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगजनी भएको चौथो दिन आजसम्म पनि उक्त भवनमा लागेको आगो निभेको छैन । आज मध्याह्न पहिलो तल्लामा एउटा शव फेला परेपछि अरू तलामा पनि शव भएको हुनसक्ने

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४२२ पटक पढिएको
  • फरवार्ड सुपर मार्केटमा लुटपाट र तोडफोड, कम्पनीले गरे विज्ञप्ति जारी

    सुनसरी – सुनसरीको दुहबी नगरपालिका स्थित फरवार्ड सुपर मार्केटमा भाद्र २४ गते केही अराजक समूहले बन्द रहेको स्टोरमा प्रवेश गरी सामान लुटपाट र स्टोरको फर्निचर तथा डेकोरेशन तोडफोड गरेको घटना भएको छ।फरवार्ड इन्टरप्राइजेज प्रा. लि.ले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीले घटनाको घोर भत्सर्ना गर्दै आन्दोलनको नाममा सार्वजनिक वा निजी सम्पत्तिमा भएको तोडफोडलाई अस्वीकार गरेको छ। विज्ञप्तिमा भनिएको छ कि फरवार्ड सुपर मार्केट कुनै एक व्यक्तिको नभई सर्वसाधारण लगानीकर्ताको साझा लगानीमा सञ्चालन भइरहेको कम्पनी हो र यसमार्फत विपन्न तथा गरिब वर्गलाई आपत् परिस्थितिमा सहयोग पनि गरिँदै आएको छ।कम्पनीका अनुसार, लुटपाटबा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४०८ पटक पढिएको
  • धनकुटामा निषेधाज्ञा खुकुलो

    इटहरी । देशैभर जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेसँगै त्यसको प्रत्यक्ष असर धनकुटामा पनि परेको छ । तर शुक्रबारदेखि भने यहाँको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएसँगै चहलपहल समेत बढ्दै गएको छ । जिल्ला प्रशानन कार्यालय धनकुटाले दिउँसो निषेधाज्ञा र राती कफ्र्यू जारी गरेको छ । प्रशासनले आज बेलुकी ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म कर्फ्यू जारी गरेको छ । तर दिउँसो निषेधाज्ञा खुकुलो भएपछि मान्छेको चहलपहल बढेको छ । त्यसो त छोटा तथा लामा दुरीका केही यातायातका साधन समेत सञ्चालन हुन थालेका छन् । दैनिक जनजीवनलाई मध्यनजर गर्दै निषेधाज्ञा केहि खुकुलो परिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकार

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ३२९ पटक पढिएको
  • झापामा एक युवाको हत्या

    इटहरी । झापामा एक युवाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका –३ जुकेखाडीका कोशी भनेर चिनिने बिजय लिम्बूको घरनजिक हत्या भएको हो । बुधबार राति करिब १२ बजे दुर्गापुर–दानाबारी सडक खण्डअन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अबस्थामा उहाँको शव भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाको बिषयमा विहान जानकारी पाएपछि प्रहरी टोली खटिएर घटनाको बिषयमा अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २३३ पटक पढिएको
  • भोजपुरको अरुण गाउँका पाँच प्रमुख राजनीतिक दलको संयुक्त विज्ञप्ति

    भोजपुर । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अरुण गाउँ कार्य समितिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालै सम्पन्न Gen-Z आन्दोलनका क्रममा शहीद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।भदौ २३ र २४ गते देशभर भएको सुशासन र भ्रष्टाचार अन्त्यको मागमा केन्द्रित Gen-Z आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व घटनाको रूपमा स्मरण गर्दै, उनीहरूले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा संवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।संयुक्त विज्ञप्तिमा आन्दोलनका मूल

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • ४१८ पटक पढिएको
  • भ्रामक समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह

    काठमाडौँ । भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रवार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा आग्रह गरेको हो । ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आए

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]