इटहरी । झुम्का कारागारबाट भदौ २४ गते फरार भएका दुई कैदीलाई प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन् । उनलाई नेपाली सेनाको श्री कालीशक्ति इन्जिनियर गण याङ्शिला ब्यारेकका सह–सेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक (प्रसनि) वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । त्यस्तै, लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्दै आएका ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशील
इटहरी । धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एउटा शव फेला परेको छ । शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् । आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा धरानसहित कोशीका विभिन्न स्थानका भाटभटेनीमा आगजनी र लुटपाट भएको थियो । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा खाडलमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मैवाखोला गाउँपालिका –३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् विवेक बस्नेतका अनुसार नारायणी माविको निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा –३ साँघुका चन्द्रबहादुर थक्लुङ लिम्बूका नौ वर्षीय छोरा मौसम लिम्बू र वडा ४ साँघुकै लाक्पा शेर्पाकी छोरी नौ वर्षीया याङ्जु शेर्पा
इटहरी । ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बूको मृत्यु भएको हो । बुधबार नारायणी माध्यमिक विद्यालयको निमार्णधीन शौचालयका लागि खनिएको सेप्टी ट्याङ्कीको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खाल्टो करीब ७ देखि ८ फिट गहिरो खनिएको थियो । दुवै जनालाई मृत अवस्थामा फेला पारिएको र आवश्यक काुनी प्रक्रिया समेत पूर
इटहरी । प्रत्येक शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार खुला गरिएको छ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै फुङ्लिङ बजार खुला गरिएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अनुसार चाडपर्वका अवसरमा उपभोक्तालाई आवश्यकीय सामग्री किनमेल गर्न सहज बनाउन बजार खुला गरिएको हो । उपभोक्ता तथा स्थानीय व्यवसायीको सहजताका लागि प्रत्येक शुक्रबारको साप्ताहिक बन्द खुला गरिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो । बजार गरिएसँगै चाडपर्वका लागि आवश्यक पर्ने दैनिक उपभोग्य लगायतका वस्तु खरिद गर्नलाई सहज हुने भएको वाणिज्य सङ्घका अध्यक्ष गौतमको भनाइ छ । भदौ २७ गते
इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको उत्पादन तीन दिनयता ठप्प छ । उद्योगका सञ्चालक यो परिस्थितिका बारेमा केही बोल्न नसक्ने अवस्थामा रहेको प्रतिक्रिया दिन्छन् । चाडपर्व नजिकिँदै गर्दा बजार चलायमान हुने समय नजिक छ तर उद्योगका उत्पादन बन्द गरेर बस्नुपर्ने स्थिति धेरैका लागि तनाव बनेको छ । गत भदौ २३ गतेदेखि जेन जी पुस्ताले आन्दोलन सुरु गरेका थिए । त्यस दिनसम्म उद्योग सञ्चालनमा रहेका थिए । संविधान सभा सदस्य तथा नेपाल उद्योग परिसङ्घका अध्यक्ष पवन शारडाका अनुसार एउटा पुस्ताले देशमा सुशासनको माग गर्दै गरेको आन्दोलनलाई सरकारले ‘ट्याकल’ गर्न नसक्दा देशको समग्र प्रणाली ध्वस्त भएको हो । विद्यार्
इटहरी । जेनजीले गरेको आन्दोलनको गलत फाइदा उठाउँदै पूर्वी नेपालको विभिन्न कारागारबाट भागेका र भाग्ने प्रयास गरेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर पुनः कारागारमा बुझाइएको छ । सुनसरीको झुम्कास्थित कारागार तोडेर भागेका कैदीबन्दीलाई नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर र भगवती दल गणको सक्रियतामा नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनलाई बुझाइएको हो । सेनाका अनुसार कारागारबाट भागेका एक हजार ७९९ कैदीबन्दीमध्ये ३०१ जनालाई सुनसरीको रामधुनी जङ्गल क्षेत्र, झुम्का बजार, विराटनगरलगायतका स्थानबाट नियन्त्रणमा लिइएको थियो । अन्यको खोजी भइरहेको पनि सेनाले जनाएको छ । हाल कारागार परिसरमा नेपाली सेनाल
इटहरी । ताप्लेजुङस्थित पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क स्वास्थ्य सहायता कक्ष भवनमा आगजनी गरिएको छ । पाथीभराधाम प्रवेशद्वार नजिक रहेको हेल्थ डेस्क र टि हाउस ९चिया घर० मा बुधबार राति आगजनी गरिएको हो । प्रहरीका अनुसार अज्ञात समूहले गरेका आगजनीबाट हेल्थ डेस्क र टि हाउस गरी दुई वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगजनी घटनाबारे अनुसन्धान र संलगनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार बढइँले जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थि
इटहरी । ताप्लेजुङस्थित पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क स्वास्थ्य सहायता कक्ष भवनमा आगजनी गरिएको छ । पाथीभराधाम प्रवेशद्वार नजिक रहेको हेल्थ डेस्क र टि हाउस ९चिया घर० मा बुधबार राति आगजनी गरिएको हो । प्रहरीका अनुसार अज्ञात समूहले गरेका आगजनीबाट हेल्थ डेस्क र टि हाउस गरी दुई वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगजनी घटनाबारे अनुसन्धान र संलगनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार बढइँले जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थि
इटहरी । जिल्ला प्रशासन कार्यालय झापाले विहीबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यसले वातावरण सामान्य बन्दैगएको छ । अत्यावश्यक बाहेक हिडडुल नगर्न र अत्यावश्यक पर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गरेर मात्र गर्न आदेशमा भनिएको छ । अत्यावश्यक काममा सुरक्षा निकायको अनुमति लिएर बाहेक घरबाहिर निस्केर हिडडुल गर्न, भेला जम्मा हुन नपाउनेगरी कर्फ्यू आदेश कडाईका साथ लागू हुने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । आन्दोलनकारीहरु सडकमा बुधबारदेखि नै देखिएका छैनन् । सर्वसाधरणहरुको आवत–जावत पातलो रहेको छ । झापामा सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.