समाज

    Showing ३,२६१-३,२७० of ११,२०२ items.
  • भोजपुरको अरुण गाउँपालिका ६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट

    इटहरी । भोजपुरको अरुण गाउँपालिका(६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।स्थानीय हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।आगो अन्य घरतर्फ फैलिन नदिन विशेष सावधानी अपनाइएको लेगुवा प्रहरी चौकीका असइ द्रोण खत्रीले जानकारी दिए। आगलागी भएको स्थान धनकुटा र भोजपुरको सीमा अरुण नदी छेउमा पर्छ । आगलागीको कारण खुलेको छैन । घटनाबाट भएको क्षतिको विस्तृत

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ५८४ पटक पढिएको
  • यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण

    इटहरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २१६ पटक पढिएको
  • मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

    इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए ।  कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २१८ पटक पढिएको
  • सङ्खुवासभाको धार्मिक पर्यटकीय गन्तव्य नुनढाकी

    इटहरी । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा अवस्थित नुनढाकी क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिएको यस स्थानमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको स्थानीयहरू बताउँछन्।शान्त वातावरण, हरियाली पहाडी भू–दृश्य र धार्मिक महत्त्वका कारण नुनढाकी पछिल्लो समय घुमफिर र तीर्थका लागि रोजाइमा पर्न थालेको छ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १९१ पटक पढिएको
  • संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

    इटहरी। आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४।१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २५० पटक पढिएको
  • खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

    इटहरी। खोटाङमा १३ वर्षीय  छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन् । आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए ।परिवारले घटनाको विषयमा जानकारी गराएपछि शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • १७४ पटक पढिएको
  • हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवमा हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक निर्देशक समर बहादुर कार्कीको सभापतित्वमा तथा इटहरी उपमहानगरपालिकाका  उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।विद्यार्थीहरूले नृत्य, गायन, नाटक , गजल अन्य प्रतिभा प्रस्तुत गरेका थिए । स्कुलका विद्यार्थीहरूलाई अध्यनरत विभिन्न  विधामा सम्मान साथै कार्यक्रममा विद्यालयले यस अघि आयोजना गरेको  विभिन्न खेलकुद   विधाका

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ४०३ पटक पढिएको
  • हिमालय इङ्लिस स्कुलको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्लिस स्कुलको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, नाटक र प्रतिभा प्रदर्शन मार्फत उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।  विशेष आकर्षणका रूपमा आयोजित डान्स आइडल र सिङ्गिङ आइडलको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • २३१ पटक पढिएको
  • सुनसरीको भोक्राहामा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

    इटहरी । सुनसरीको भोक्राहा नरसिह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो।  सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो । कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्य

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • २२८ पटक पढिएको
  • इटहरीमा १ सय बढी कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

    इटहरी । इटहरीका एक सयभन्दा बढी महिला तथा पुरुषहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। शनिबार इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजित प्रवेश कार्यक्रममा सुनसरी क्षेत्र नम्बर १ की उम्मेदवार गोमा तामाङ (सरिन), सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल विक्रम थापा, रास्वपा इटहरी उपमहानगर नगर समितिका सभापति महेश थापा लगायतको उपस्थिति रहेको थियो। नेकपा (एस)का युवानेता तथा खेलाडी पिताम्बर तिम्सिनाको नेतृत्वमा १ सय भन्दा बढी कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रममा बोल्दै तिम्सिनाले देशलाई सही दिशामा अगाडि बढाउन युवाशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै रास्वपा देश विक

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • २९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]