काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले कोटेश्वर स्थित माधव कुमार नेपालको घरमा आगजनी गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालको घरमा आन्दोलनकारीहरूले तोडफोड पछि आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
काठमाडौँ। राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताए । सम्भवतः आजै राजीनामा हुने बताइएको छ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्नरनगराउन निर्देशन दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल सरकारबाट शान्ति सुरक्षाको प्रत्याभुति भए पश्चात मात्र यातायात सेवा सुचारू गर्न समेत भनेको छ। ‘नेपाल सरकारबाट विभिन्न स्थानमा कर्फ्यु आदेश भएको हुँदा उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधनहरू सञ्चालन गर्न असहज परिस्थिति सृजना भएको’ विज्ञप्तिमा उल्लेख छ। नजिकिँदै गएको चाडपर्वहरूमा सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने वातावरण बनाई सरकार समक्ष
इटहरी । नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा आगजनी भएको छ । जेनजी समूहका प्रदर्शनकारीले आगजनी गरिदिएका हुन् । आन्दोलनमा उत्रिएको समूह प्रवेश गरेर पार्टी कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । विराटनगर पाञ्चाली स्थित कार्यालयमा आगजनी भएको र नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोट नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइतेलाई प्रदर्शनकारीले नै अस्पताल लगेका छन् । प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गर्दै तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई भगाउन प्रहरीले शुरूमा हवाई फायर गरेको थियो । केही सेल अश्रुग्यास प्रहार गर्दा पनि उनीहरू तितरबितर नभएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रदर्शनकारी संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । ठूलो संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारी मंगलबार पनि संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले संसद् भवन परिसरबाट गोली चलाएको फिल्डमा रहेका नेपालभ्युजकर्मीले जानकारी दिए । यसअघि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
इटहरी । विराटनगरमा प्रदर्शनकारीले आन्तरिक राजश्व कार्यालयमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा तोडफोड गरेका छन् । विराटनगरका केही भागमा कर्फ्यु आदेश जारी भएको छ । तर, प्रदशर्न भने जारी छ । केही समयअघि स्थानीय भट्टिमोडमा ट्रफिक प्रहरी बिट आगजनी गरेको समूह राजश्व कार्यालयतर्फ अघि बढेको थियो । कोसी प्रदेशसभानजिकैको देवकोटा चोक क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षा तैनाथी बढाइएको छ ।
काठमाडौं। अस्ट्रेलियामा रहेको नेपाली राजदूतावासबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो निकालिएको छ। आक्रोशित युवाहरूको भिडले भित्तामा रहेको उनीहरूको फोटो डस्बिनमा फालिदिएका हुन्। एनआरएनए अस्ट्रेलियाको पदाधिकारी र स्वतस्स्फुर्त दूतावासमा ज्ञापनपत्र बुझाउन गएको टोलीका सदस्यहरुले राजदूतको कार्यलयमा टागिएको फोटो हटाएको हो।
काठमाडौं । जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आक्रोशित आन्दोलनकारीहरू नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका छन् । उनीहरूले केहीबेर अघि महामन्त्री थापको रातोपुलस्थित थापा निवासमा आगो लगाए हुन् । त्यसअघि आन्दोलनकारीहरूले नजिकै रातोपुलमा अवस्थित प्रहरी बिटमा आगो लगाएका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक संसदीय दल बैठक बसेको छ। पार्टी कार्यालय चस्मतिमा मंगलबार जारी बैठकमा सबै सांसदले राजीनामा दिने विषयमा छलफल भइरहेको छ। डा। तोसिमा कार्की, असिम शाह, निशा डाँगी लगायतले राजीनामाको घोषणासमेत गरिसकेका छन्। जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.