इटहरी । सुनसरीको इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार भदौ २३ दिउँसो ३: ३० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म लागु हुने गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क अनुसार चार किलोमिटरभित्रको क्षेत्रमा कर्फ्यु लागु गरिएको जानकारी दिएका छन् । आदेशअनुसार सो क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउ वा भीडभाड गर्न पाइने छैन । कर्फ्यु क्षेत्रको सिमा पूर्वमा मिलन चोकदेखि जुट विकास क्षेत्र, पश्चिममा करफोक मोडदेखि जनता बस्ती, उत्तरमा हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारवाहा चोक र दक्ष
इटहरी । झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहले दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो। प्रदर्शनकारीहरूले नगरपालिकाको गेट तोडफोड गरीभित्र प्रवेश गर्न खोज्दा प्रहरीले हवाई फायरसहित अश्रुग्याँस प्रहार गरेका थिए। प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरूले ढुंगामुढासँगै टायर बालेर प्रदर्शन गरेका थिए। दमकको आकाशे पुल र राजमार्गमा आसपासमा भेला भएका प्रदर्शनकारीहरू नगरपालिकातर्फ अगाडि बढ्दै एउटा मोटरसाइकलमा आ
इटहरी । कोसी प्रदेशको राजधानी विराटनगरमा जेनजी प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्। प्रहरीले लगाएको निषेधको घेरालाई भत्काउँदै प्रदेशसभा परिसरमा प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न मागसहित प्रदर्शनलाई उग्र बनाएका हुन्। यसअघि अस्पताल चोकतर्फबाट अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो। तर, आन्दोलनकारीहरू पुनः जुट्दै प्रदेशसभा गेट अगाडि पुगेका थिए। प्रदेश सभाको गेटमा करिब २ सय बढी जेनजी पुगेका थिए। प्रदर्शनका क्रममा उनीहरूले विराटनगर महानगरपालिका, मालपोत कार्यालय र जिल्ला
इटहरी । विभिन्न ठाउँमा जारी रहेको जेन(जी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रशासनको दमनपछि आक्रोशित भएका प्रदर्शनकारी सरकारी कार्यालयमा छिरेर तोडफोडमा उत्रिएका छन् । इटहरी उपमहानगरपालिकाभित्र पनि जेन(जी प्रवेश गरी तोडफोड गरेका छन् । उनीहरू प्रवेश गर्न लागेदेखि नै प्रहरीले अवरोध गरेपछि प्रहरीको घेर तोडेरै प्रदर्शनकारी कार्यालय भित्र छिरेका थिए । सोहीक्रममा झडप पनि भएको छ । प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र दर्जनबढी सेल अश्रुग्याँस प्रहार गरेको छ ।
इटहरी । विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरू निषेधाज्ञा तोड्दै प्रदेशसभातर्फ अगाडि बढेका छन् । निषेधित क्षेत्रलाई तोड्दै उनीहरू सोमबार दिउँसो प्रदेशसभा भवन अगाडि पुगेका हुन् । देवकोटा चोकमा प्रहरीले राखेको ब्यारिकेड हटाउँदै उनीहरू प्रदेशसभा कार्यालयको गेटमा पुगेका हुन् । उनीहरूले अहिले प्रदेशसभा भवन र मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् ।
काठमाडौं । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । आन्दोलनको भिडियो खिच्दै गरेको अवस्थामा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबरको गोली लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याँसपछि रबरको गोली चलाएको हो । त्यस्तै बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन् ।
काठमाडौं । नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन्। रेग्मीका अनुसार हाल ७०–८० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । मृतकको परिचय भने सार्वजनिक गरिएको छैन। प्रदर्शन उग्रिँदै गएपछि नयाँबानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाएको थियो। त्यसपछि प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप बढ्दै गएको छ।
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रेविज र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरिएको छ । कुकुरसहितका जनावरले टोकेमा रेविज खोप र खिया लागेका फलामजन्य वस्तुका कारण चोट लागेमा लगाइने टिटी खोप गाउँपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रममार्फत बजेटको व्यवस्था गरी रेविज रोगविरुद्धको खोप र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन थालेको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार पालिकाका तीन वटा स्वास्थ्य संस्थाबाट उक्त सेवा सुरु गरिएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखु स्वास्थ्य चौकी, वडा ३ आङ
इटहरी । मोरङको रङ्गेली–८, दर्बेसामा निर्माणाधीन मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपत् केन्द्र) को निर्माण १० महिनामा ६० प्रतिशत सकिएको छ । कोशी प्रदेश सरकारको प्रदेश सहयोग कार्यव्रmम अन्तर्गत एकीकृत विपत् केन्द्रको निर्माण भएको हो । यो कार्यव्रmमका लागि प्रदेश सरकारलाई स्विस सरकार विकास सहयोग एसडिसीले सहयोग गरेको छ । प्रत्येक पालिकामा वारुणयन्त्र, शववाहन, एम्बुलेन्स, अग्निनियन्त्रक र विपत्का जनशक्ति व्यवस्थापन गर्न आर्थिक कठिनाइ भएपछि मोरङका धनपालथान, कानेपोखरी गाउँपालिका र रङ्गेली, सुनवर्षी नगरपालिकाको संयुक्त लगानीमा एकीकृत विपत् व्यवस्थापन केन्द्रको निर्माण थालिएको हो । गत मङ्स
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न ऐलानी जग्गा नापजाँचलाई तीव्रता दिएको छ । नगरप्रमुख कालुमान लामाले आफ्नो कार्यकालभित्रै भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने पूर्वप्रतिबद्धता अनुसार भूमिहीन दलित र सुकुमवासीलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न अहिले जग्गाको नापनक्सालाई तीव्रता दिएको बताउनुभयो । जिल्लाभर नै अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या रहेको तर भूमि आयोग र सरकारी कर्मचारीको काम जनमैत्री नभएको भन्दै नगरप्रमुख लामाले गुनासो गर्नुभयो । उहाँले जस्तोसुकै प्रतिकूल परिस्थिति भए पनि अ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.