समाज

    Showing ३,३११-३,३२० of ११,१८५ items.
  • इटहरी उपमहानगरपालिका कार्यसम्पादनमा देशकै अन्तिम

    इटहरी। कार्यसम्पादन मूल्याङ्कनमा देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये इटहरी सबैभन्दा अन्तिम भएको छ । मुलुकका उपमहानगरपालिकाहरुमध्ये बुटवल उपमहानगरपालिका पहिलो नम्बरमा आउँदा इटहरी सबैभन्दा कमजोर देखिएको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीको इटहरी ११ औँ नम्बरमा अर्थात् अन्तिममा परेको छ ।  अघिल्लो वर्ष छैटौँ नम्बरमा रहेको इटहरीको कार्यसम्पादन यस पटक झनै खस्किएको देखिएको छ । कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार बुटवल उपमहानगरपालिकाले ६४ दशमलव ४४ अङ्क प्राप्त गरेर अ

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २३७ पटक पढिएको
  • डिभिजन वन कार्यालय भोजपुरद्वारा भोजपुरमा डढेलो रोकथाम अभियान सुरु, उच्च जोखिम क्षेत्र पहिचान

    इटहरी  । डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् । भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अन

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २४३ पटक पढिएको
  • झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर नाबालकको मृत्यु

    इटहरी । झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार वडा नं। ३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा नाबालकलाई परिवारका सदस्यले देखेका थिए ।तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पातलका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाबारे अ

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २३९ पटक पढिएको
  • कनकाई माई पुलमा नक्कली बम राखेर आतंक सिर्जना, तीन घण्टा पूर्व–पश्चिम राजमार्ग ठप्प

    इटहरी । झापाको पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा तीन घण्टा यातायात अवरुद्ध भएको छ ।मङ्गलबार बिहान करिव ३ बजेको समयमा कनकाई माई पुलको बिच भागमा नेपाल बन्द होसियार लेखेको बम आकृतिमा राखिएको पाइएको थियो । बाटोमा राखिएको उक्त वस्तुलाई निर्वाचनको सुरक्षाका लागि हिँडेको गस्ती टोलीले देखेपछि  बिहान ३ बजेदेखि ६ः३० बजेसम्म उक्त सडक अवरुद्ध गर्नुपरेको प्रहरीले जनाएको छ ।उक्त शङ्कास्पद बस्ते अरिमदल गण चारआलीको सेनाको बम डिस्पोज टोली बोलाएर हेर्दा कागजभित्र पराल मात्रै हालेर बम जस्तै आकृति बनाए

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २०० पटक पढिएको
  • सुनसरीको भोक्राहमा कांंग्रेस प्रवेश गर्नेको लर्को , मदेशमा कांग्रेस प्रतिको बिश्बास बढ्दै

    वराहक्षेत्र । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नर्सिङ्गमा ठुलो संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेस गरेका छन् । विभिन्न पार्टीमा आबद्ब तथा स्वतन्त्र महिला र युवा सहित १ सय ८५ भन्दा बढिको संङख्यामा पार्टी प्रवेश गरेको नेपाली कांग्रेसका भोक्राह नर्सिङ्ग गाउँ सभापति युवराज दाहालले बताए ।सोमवार साझ भोक्राह नर्सिङ्ग गाउँपालिका स्थित वडा नं १ मिलन चौक मा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रबेसीहरुलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की ,  समानुपातिक उम्मेद्वार जमिल अख्तर आजात र नग्मा साहिद लगायत नेपाली कांग्रेसका न

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १,४०४ पटक पढिएको
  • इटहरीमा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन

    इटहरी । इटहरीमा भएको तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूको सहभागितामा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समान्न भएको छ । प्रतियोगितामा  इटहरी  सुनसरी टिम  प्रथम , मोरङको सुन्दरहरैंचा वडा न. १० मा रहेको हिमालय इङलिस स्कुल दोस्रो र मोरङको विराटनगर टिम तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ८६६ पटक पढिएको
  • कोशी प्रदेशमा माघ महिनामा मात्रै ५७९ सवारी दुर्घटना, ५४ जनाको मृत्यु

    इटहरी । कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। ट्राफिक प्रहरीको पछिल्लो विश्लेषणले अधिकांश दुर्घटना चालककै कारण भएको देखाएको छ। डीएसपी श्रेष्ठका अनुसार एक महिनामा भएका दुर्घटनामध्ये ४ सय ३७ वटा ९७५।५५ प्रतिशत० दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन्। ट्राफिक नियम उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन ९मापसे० तथा

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २५३ पटक पढिएको
  • भुटानका राइडर्सलाई इटहरीमा भव्य स्वागत, सम्मानसहित काठमाडौँतर्फ बिदाइ

    इटहरी । काठमाडौँमा आयोजना हुने “नेपाल राइडर्स मिट २०२६” मा सहभागी हुन भुटानबाट आएका आठ जना  राइडर्सलाइ  इटहरीस्थित बिवाइडी सोरुममा भव्य स्वागत तथा सम्मान  गरिएको छ। कोशी प्रदेशको केन्द्रबिन्दु इटहरीमा कार्यक्रम उत्साह, मित्रता र अन्तर्राष्ट्रिय सद्भावले भरिपूर्ण बनेको थियो।कार्यक्रममा बिवाइडी सोरुम इटहरीका सञ्चालक रोशन कपुरीले भुटान र नेपालको सडक अवस्था, यात्राको अनुभव तथा विद्युतीय सवारी साधन बिवाइडी गाडी बजारीकरण, उपभोक्ताको सुझाव सम्बन्धी धारणा आदान–प्रदान गर्नुभयो। उहाँले नेपाल र भुटानबीच पर्यटन, यातायात र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता राइ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २९५ पटक पढिएको
  • स्यावरुम्बामा नेतृत्वको खोजीः समुदाय रूपान्तरणतर्फ कुम्मयाकको पहल

    इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बामा स्थानीय नेतृत्व विकासको लागि ५ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा प्रभावकारी नेतृत्व विकास गर्ने उद्देश्यसहित ५ दिने नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो । तालिम पूर्वाञ्चल सिप विकास प्रशिक्षण केन्द्र को प्राविधिक सहयोग तथा गाउँपालिकाको आर्थिक सहकार्यमा आयोजना गरिएको हो । तालिमको सहजीकरण सञ्चारकर्मी एल.एन. गच्छदार ले गरिरहनुभएको छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का ले नेतृत्व विकास आजको आवश्यकता भएको उल्लेख गर्दै परिवर्तनशील समाजमा जिम्मेवार, उत्तरदायी र दूरदर्शी नेतृत्व संस्कार निर्माणमा यस्ता कार्यक्रमले

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २६७ पटक पढिएको
  • झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

    इटहरी । झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन् । आज बिहान गौरादह–४ मजुवास्थित भित्री सडक खण्डको मकैवारीको पानीमा दर्जी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी सवार प्रदेश नम्बर १–०१–०१६ प ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थल नजिकै फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट  खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]