इटहरी । सुनसरीबाट प्रहरीले गुडिया भित्र लुकाइएको ठूलो परिमाणमा गाँजा बरामद गरी एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८२ भदौ ५ गते साँझ करिब ६ः३० बजे कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग १ ख २१८७ यात्रुवाहक बस रोकी जाँच गर्दा बसको डिक्कीभित्र सात वटा डल (गुडिया) फेला परेको थियो। ती डलहरू खोलेर जाँच गर्दा १०।९४ किलोग्राम (दश किलोग्राम नौ सय चालिस ग्राम) तौल भएको गाँजा जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ। सोही बसमा सवार धनकुटा जिल्ला, सहिद भूमि गाउँपालिका–७ निवासी ५० वर्षीय रुद्र
इटहरी । जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ । नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गरिँदै छ । उदयपुरको निर्वाचन क्षेत्र नं। १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडकमा मोतीगढा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेक
इटहरी । बालबालिकाहरुलाई लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो । बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्याउने यो कार्यक्रम कोशी प्रदेशमा नै पहिलो पटक असारदेखि सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा।सिद्धार्थ ठाकुरले बताउनुभयो । पहिलो असार महिनामा १४ सय र साउन महिनामा केही कम आए पनि भदौ महिनामा बिहीबार २८ सय ८७ जना बालबालिकाहरुले लाभ लिएका छन् । बिहीबार बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग
इटहरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिनुभयो । पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्
इटहरी । खोटाङ जिल्लास्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक जना मेधावी विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट बिहीबार उहाँहरूलाई सम्मान गरिएको हो ।‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्क
इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक महिनाको अवधिमा झन्डै तीन हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। चालु नयाँ आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा जिल्ला प्रशासन कार्यालयले उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन महिनामा कुल दुई हजार ८४१ जना सेवाग्राहीलाई विभिन्न सेवा प्रवाह गरिएको छ। सबैभन्दा बढी एक हजार ११८ जना सेवाग्राहीलाई राष्ट्रिय परिचपयपत्र विवरण दर्तासम्बन्धी सेवा प्रवाह गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो। यस्तै साउन महिनामा ५८५ जनालाई ना
इटहरी । ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८ औँ पूण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले प्रभात फेरी गरेको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीमा भदौ ६ गते हुने बृहत् रक्तदान शिविरको पूर्व सन्ध्यामा र्याली निकाल्दै नगर परिक्रमा गरेको हो । रक्तदानबारे जनचेतना फैलाएको उक्त र्याली ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको भवनबाट सुरु भएर जुटविकास चोक हुँदै हटिया लाइन, इटहरीको मुख्य चोक हुँदै पुनः ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीको भवनमा समापन भएको थियो । उक्त कार्यक्रममा प्रदेश सांसद मिना श्रेष्ठको
इटहरी । भोजपुर जिल्लाको अरुण गाउँपालिका–४ चरम्वीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको एक समारोहका बीच उद्घाटन गरिएको छ । वडा कार्यालय चरम्वीको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख आतिथि अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। कार्यक्रम वडा नं. ४ का अध्यक्ष जंगूबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष खत्रीले स्वास्थ्य चौकी भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाले स्थानीयको स्वास्थ्य सेवा आवश्यकतालाई पूरा गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्थानीय रैकर वालापा युवा
इटहरी । सुनसरीको दुहबी वडा नम्बर ३ मा रहेको नेपाल विद्युत प्राधिकरण ग्रिड शाखा कार्यालयको पश्चिम सँधियारमा घर भएको पुस्पलाल चौधरीको २ तल्ले घरको छतबाट बेलवारी विद्युत वितरण केन्द्रमा गएको ३३ के।भि। हाइटेन्सन प्रशारण लाइनको लापरबाहीबाट दुहबी ३ का दुई भाइ छोरा २० बर्षका बादल चौधरीको मृत्यु भएको थियो भने १८ बर्षका सुजन चौधरी गम्भीर घाइते भएका थिए । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले उक्त हाइटेन्सन तारबाट घरको छतमा आगो लागि बादल चौधरीको मृत्यु भएको थियो भने सुजन चौधरी गम्भीर घाइते भएका थिए । २०८१ साल मंसिर ११ गते नेपाल विद्युत प्राधिकरण बेलवारी वितरण विद्युत केन्द्र मोरङमा मृतक
इटहरी । हरितालिका तीजको अवसर पारेर इटहरी लेडी जेसीजको आयोजना तथा जुनियर इटहरी लेडी जेसीजको सह–आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।इटहरीको दुर्गा प्यालेस सभाहलमा आयोजित कार्यक्रममा इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता रहेको थियो भने कोशी प्रदेश सभा सदस्य माननीय यसोदा कायस्थ प्रमुख अतिथि रहनुभएको थियो। सो कार्यक्रमको संयोजक इटहरी लेडी जेसीजकी सचिव सृजना तिम्सिनाले गर्नुभएको थियो ।कार्यक्रममा गायिका गंगा गौतमले परम्परागत तथा संस्कार झल्कने गीत प्रस्तुत गर्दै उपस्थितलाई मन्त्रमुग्ध बनाउनु भएको थियो। सहभागी महिलाहरूले आ–आफ्ना सांस्कृतिक भेषभूषामा सजिएर गीत, नृत्य र उल्लासपूर्व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.