इटहरी । सुनसरीको दुहबी नगरपालीकाले आफ्ना पालिका भित्र रहेका फरक क्षमताका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहज जिबनयापनकालागी साहायक सामाग्री बितरण गरेको छ। दुहबी नगरपालीकाको स्वास्थ्य शाखा र करुणा फाउन्डेशनको सहकार्यमा आयोजित कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन । बिभिन्न किसिमका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहज हिड्डुल गर्न सकुन भन्ने उदेश्यले नगर प्रमुख गच्छादारले ी( कतष्अप १० थान, व्हिल चियर ७ थान, ट्वाइलेट चियर ३ थान , धजष्तभ अबलभ ५ थान, वाकर ८ थान, हेयरिङ एड ८ थान र बैशाकि २ थान गरि ३८ जनालाइ जम्मा ३८ थान साहायक सामग्री बि
इटहरी | नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको पाँचौं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन भई कार्यसमितिलाई प्राप्त भएको महाधिवेशनको कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाएका छन् ।कार्यतालिका अनुसार भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्नुपर्ने छ ।त्यसैगरी, कार्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने र कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम
इटहरी । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको सो शीतभण्डार प्रयोगविहीन बनेको हो । सन्दकपुर गाउँपालिका–३ का किबी किसान देउकुमार राईले सो शीत भण्डार सञ्चालन नभएकाले उत्पादित किबी भण्डारण गरेर राख्न नसकेको गुनासो गर्नुभयो । शीत भण्डार सञ्चालन गर्न सकिएमा यहाँ उत्पादिन फलफूल र तरकारीले राम्रो मूल्य पाउने उहाँको भनाइ छ । शीत भण्डार सञ्चालन नहुँदा यहाँ उत्पादित तरकारी तथा फलफुल महँगोमा झापा, मोरङलगायतका जिल्लामा लगेर भण्डारण गर्नुपर्ने बाध्यता छ । आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्दा कृषिप्रति
इटहरी । मोरङको विराटनगर महानगरपालिका –४ दुधफारम चोकमा बुधबार राति भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मोरङ प्रहरीका अनुसार राति करिब साढे ८ बजे चेकजाँचका लागि रोकेको मिनी ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा सुनसरीको बर्जु गाउँपालिका –६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको ज्यान गएको हो । विराटनगरबाट नेमुवातर्फ जाँदैगरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकिरहेको अवस्थामा सोही दिशातर्फ तीव्र गतिमा गइरहेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा चिकित्सकल
इटहरी । ताप्लेजुङको थिङलाबुका अग्निपीडितलाई मेरिङदेन गाउँपालिकाले राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ । पालिकाले आगलागीबाट प्रभावित हुनु भएका स्थानीय पेम्बा शेर्पालाई आर्थिक सहयोग तथा खाद्यान्न हस्तान्तरण गरेको हो । पीडित परिवारलाई पालिकाले नगद २० हजारसहित ५० केजी चामललगायत अन्य खाद्यान्न सामग्री उपलब्ध गराएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सामग्रीहरू त्रिपाल २ थान तथा ओछ्याउने म्याट्रेस १५ मिटर प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगाम (डम्बर)लगायतको टोलीले घटनास्थलमै पुगेर सामग्री हस्तान्तरण गरेको छ । मेरिङदेन गाउँपाल
इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । यसमा आयकरबाट रु सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाफत रु १४ करोड ४५ हजार र अन्तःशुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो । गत आव २०८१र८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ
इटहरी । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ मञ्चन गरेको छ । स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा गत शक्रबार सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुने छ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।नाटकको नेपाली रूपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मू, पुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रिष्मा लिम्बू र प्रसुना
इटहरी । ताप्लेजुङमा यस वर्ष करिब ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो । यहाँ जेठदेखि नै रोपाइँ सुरु हुने भए पनि यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा सबै ठाउँमा रोपाइँ हुन सकेन । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन मसान्तसम्ममा कुल ७९.७८ प्रतिशत मात्र रोपाइँ भएको छ । धान खेती लगाउने समय सकिएकाले जिल्लामा यस वर्षको रोपाइँ पनि करिब सकिएको ज्ञान केन्द्रले जनाएको छ । भदौयता रोपिएको धान नफल्ने हुँदा जिल्लाका किसानले साउनभर मात्र रोपाइँ गर्ने गर्छन् । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अन
इटहरी । डेंगुको बढ्दो जोखिमलाई रोकथाम गर्न संखुुवासभामा लामखुट्टे नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम सुरू गरिएको छ । “घरभित्र वा वरिपरि जमेको पानी हटाऔँ, लामखुट्टेको लार्भा नष्ट गरौँ” भन्ने नारासहित बिहीबार खाँदबारीमा विशेष अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय संखुुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त पहलमा सञ्चालन गरिएको अभियानअन्तर्गत टायर, फूलदान, पानी ट्याङ्की, फोहरमैला, कुचो राख्ने ठाउँ, झाडी वा खुला भाँडामा जमेको पानी हटाइयो । सम्भावित प्रजननस्थलमा भेटिएका अण्डा र लार्भा नष्ट गरिनुका साथै स्थानीयलाई नियमित सरसफाइ गर्न आग्रह गरिएको थियो । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्य
इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् । अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ । यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो । भेटी गणनाका लागि ८ जना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.