समाज

    Showing ३,५३१-३,५४० of ११,२०२ items.
  • झापामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

    इटहरी । झापाको बिर्तामोड नगरपालिकामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार बेलुका करिब ८ः२५ बजेतिर बिर्तामोड नगरपालिका वडा नं। ७ खोपवारीस्थित भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो। प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र। १–०१–०१३ प ९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक बिर्तामोड नगरपालिका वडा नं। ७ निवासी अन्दाजी ३५ वर्षीय शुभाष मादेनको मृत्यु भएको हो। मृतकको शव बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट करिब ८ किलोमिटर दक्षिण–पू

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १९४ पटक पढिएको
  • इलाम–१ मा चुनावी तापक्रम उच्च, मुख्य भिडन्त ठूला दलबीच

    इटहरी । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ ।  विगतमा नेकपा ९एमाले० ले विजय हासिल गर्दै आएको इलाम–१ मा यस पटक कसले बाजी मार्ला त्यो त निर्वाचनको मतपरिणाम पर्खनै पर्छ । यतिबेला इलाम–१ मा चुनावी गतिविधि बढेको छ । १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै हुने निश्चित जस्तै छ । स्थानीय निर्वाचन जितेका पालिकाका आधारमा र अघिल्ला प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको आधारलाई हेर्ने हो भने पनि यस पटक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २८० पटक पढिएको
  • ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु

    इटहरी ।  ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१।९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो । आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टिलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ । सुरुङ मार्ग प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, मिक्वाखोला–४ र ५ का जनप्रति

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १३९ पटक पढिएको
  • पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै

    इटहरी । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो । स्वस्थानी व्रतको समयमा दुई पटक दन्तकाली मन्दिरमा पूजा गर्न आउने गरेकी उहाँको भनाइ छ । दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुँने विश्वास रहीआएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पौष श

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १४४ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

    इटहरी ।   ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २२५ पटक पढिएको
  • मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ इटहरी मुक्तिधाममा हुँदै

    इटहरी (सुनसरी) — श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालद्वारा सञ्चालित मंगल राधिक सदानन्द प्रणामी अस्पतालको आयोजनामा मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ कार्यक्रम इटहरीमा आयोजना हुने भएको छ। मुक्तिधाम इटहरी–४, सुनसरीमा अवस्थित उक्त अस्पतालले मानव कल्याण, स्वास्थ्य चेतना अभिवृद्धि तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी २०८२ साल माघ १९ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आयोजकका अनुसार महायज्ञअन्तर्गत निःशुल्क ओपीडी सेवा, स्वास्थ्य परीक्षण, विशेष स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन ग

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ३१३ पटक पढिएको
  • पूर्वी नेपालमा लागूऔषध नियन्त्रण अभियानःसात जना पक्राउ

    इटहरी ।  झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम ब्राउनसुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक ६ का अनिश राई र धरान १७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । यसैगरी प्रतिबन्धित औषधी ९ ट्याब्लेटसहित र बिर्तामोड ४ का फणिन्द्र विश्‍वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यता, मोरङको इलाका प्रहरी कार्यालय र

    • प्रकाशित मितिः माघ १७, २०८२
    • २१२ पटक पढिएको
  • बाढीको स्थायी त्रासबाट मुक्त हुँदै खयरबारी बस्ती

    इटहरी ।  झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो । स्थानीयका अनुसार रतुवाको बाढीले पटक–पटक खेतीयोग्य जमिन बगाएको छ, घरगोठ भत्काएको छ र कतिपय परिवार विस्थापित हुन बाध्य भएका छन् । यही कारण खयरबारीलाई  ‘बाढीको छायाँमा रहेको बस्ती’ भनेर चिनिन्थ्यो । तर समयसँगै यहाँको अवस्थामा कायापलट भएको छ । रतुवा खोलामा मजबुत बाँध निर्माण भएपछि गाउँमा बाढी पस्ने क्रम पूर्णरूपमा रोकिएको स्थानीय टङ्कप्रसाद सापकोटाले बताउनुभयो । यससँगै खयरब

    • प्रकाशित मितिः माघ १७, २०८२
    • २८७ पटक पढिएको
  • धनकुटामा स्व। गणेश कुमार कर्माचार्यको योगदानको कदर गर्दै अर्धकदको मूर्ति

    इटहरी ।  धनकुटाका सामाजिक अभियन्ता तथा शिक्षाप्रेमी स्व। गणेश कुमार कर्माचार्यको स्मृतिमा अर्धकदको मूर्ति स्थापना गरिएको छ। समाजसेवा, शिक्षा र व्यापारिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै परिवार तथा स्थानीयवासीको पहलमा मूर्ति स्थापना गरिएको हो। उक्त मूर्ति माघ १७ गते शनिबार अनावरण गरिएको छ। निर्पेन्द्र कुमार मल्लको प्रमुख आतिथ्यता एवं नाती अभिषेक कर्मचार्यको अध्यक्षतामा उक्त मूर्ति अनावरण गरिएको स्व। गणेश कुमारका का नाति आशिस कर्मचार्यले जानकारी दिनुभयो। शिक्षाको महत्त्वलाई विशेष प्राथमिकता दिएका कर्माचार्यले धनकुटा कलेज तथा बालमन्दिर प्राथमिक विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर

    • प्रकाशित मितिः माघ १७, २०८२
    • ३५६ पटक पढिएको
  • धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु

    इटहरी । धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो। धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर उद्घाटन गर्नुभएको थियो । माघ १८ गतेबाट मात्रै औपचारिक रूपमा तालीम सुरु गर्ने मिति तोकिए पनि भौगोलिक रूपमा टाढा खटाइनु पर्ने भएकाले आजै बाट तालिम सुरु गरिएको जनाइएको छ। निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने कामको प्रकृति, तालीम अवधि, उनीहरूले पाउने सेवा सुविधा तथा

    • प्रकाशित मितिः माघ १७, २०८२
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]