इटहरी । पथरी ११ फुटबल क्लबले आज एक औपचारिक पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको वार्षिक आर्थिक विवरण सार्वजनिक गर्नुका साथै दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ को औपचारिक घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबको पथरी स्थित शिखर चोकको प्रधान कार्यालयमा सोको जानकारी दिईएको हो । कार्यक्रमको सुरुवातमा क्लबका सदस्य तथा कोच अर्जुन बस्नेत र प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप संयोजक जितन राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका खेलकुद संयोजक दिपक राईले खेलको महत्त्वबारे जानकारी गराउनुभएको थियो । सोही क्रममा क्लबका अध्यक्ष सुमन बिकले
इटहरी । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्याउने उद्देश्यसहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो । लाखेजात्रा सञ्चालन समितिद्वारा आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै दोस्रो खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टीमबीचको खेल साउन २५ गते हुने तालिकामा
इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले काठमाडौँमा आयोजना गरेको चारदिने एकीकृत सेवा शिविरमा पाँच हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन् भने साढे १३ लाख राजस्व सङ्कलन भएको छ । काठमाडौँमा बस्दै आएका पाँच हजार ३३५ नगरवासीले शिविरबाट सेवा लिएका छन् १३ लाख ४५ हजार ५६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । विभिन्न कामको व्यस्तता तथा बर्खायामको समयमा भौतिक रुपमा नगरपालिकामै आएर नागरिकलाई सेवा लिन व्यवसायी, फरक क्षमता भएका व्यक्ति, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकहरुलाई सहज सेवा दिने अभिप्रायले काठमाडौँमा शिविर आयोजना गरिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शे
इटहरी । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ । प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ । विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो । शेर्पालाई अमेरिका, जर्मनी लगायत देशमा रहेका नेपालीले रु ४५ लाख प्रदान गरेका थिए । प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अ
इटहरी । हुलाकी राजमार्ग अन्तर्गत मोरङको नयाँबजारदेखि हाटखोलासम्मको सडक निर्माणको तीनबर्से अवधि सकिएर थप तीन वर्ष बित्न लाग्दा पनि हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७६ कात्तिक २४ गते ठेक्का लागेको आयोजनाको चौथो प्याकेजमा पर्ने यस सडकको लम्बाइ छ किलोमिटर मात्र रहेको छ । सडक, नाला र विद्युत् संरचना स्थानान्तरणको काम समेटिएको यस खण्डको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले ८३ करोड ९९ लाख रुपियाँमा ठेक्का लिएको थियो । हालसम्म निर्माण कम्पनीले २४ करोड ६८ लाख ९१ हजारभन्दा बढी रुपियाँ लिइसकेको छ । यो वित्तीय प्रगतिको २६।१० प्रतिशत हो । सम्झौता अनुसार २०७९ कात्तिक २३ गतेभित्र काम स
इटहरी । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गर्नुभएको हो । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभ
इटहरी । ओठमाथि जुँघाको रेखी बस्दै गर्दा १९ वर्षको उमेरमा खोटाङको दिक्तेलबाट वैदेशिक रोजगारीमा दुबई गएका रामकुमार दाहाल यतिबेला केराको दाम्चाबाट रेसा निकालेर नेपालमै खाडीको कमाई खोजिरहनुभएको छ । वैदेशिक रोजगारीमा १५ वर्षको अनुभव बटुल्नुभएका दाहाल अहिले ३५ वर्षको हुनुभयो । गत वर्षको दसैँमा घर फर्केपछि स्वदेशमै केही उद्यम गर्ने मनसायले उहाँ खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लाग्नुभएको छ । विदेशको कमाइले मोरङको कानेपोखरी–७, चालिसबिघेमा घरखेत जोड्नुभएका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा (धागो) निकालेर बिक्री गरिरहनुभएको छ । त्यसका लागि उहाँले अढाई लाख रुपियाँ खर्च
इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग सङ्गठन मोरङमा बुधबार अन्तर्क्रिया गर्दै लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बसबिट्टीमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रशस्त जग्गा उपलब्ध रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनुभयो । यो औद्योगिक क्षेत्रमा लगानी गरेर उद्योग स्थापना गर्दा विद्युत्, पानी, जग्गा उपलब्ध गराउन सकिने भन्दै उद्योगीलाई आश्वस्त पारिएको थियो । अध्यक्ष पन्तले मझौला
इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका एक समाजसेवी युवकले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । तिरिङ्गेका समाजसेवी युवा नेतृत्व दुर्गा इजम लिम्बूले विद्यार्थीलाई कापी, डटपेन, ज्यामिती बक्सजस्ता शैक्षिक सामग्री वितरण गर्नुभएको हो । लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेभित्रका विभिन्न चार वटा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । तिरिङ्गेस्थित कालिका माध्यमिक विद्यालयको कक्षा १–५ मा अध्ययनरत ५१ जना, सिद्धकुमारी आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई लिम्बूले शैक्षिक सामग्री वितरण गर्
इटहरी । उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्पm गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.