सुनसरी | नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। फरक ढंगले चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकैसाथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरु गरिएको हो।हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मुख्य भूमिकामा छन् भने गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, कविता आले, तारा शर्मा, सृष्टि खड्का, निरु खड्का गौतम र सुवास सिंह ठकुरीलगायतको अभिनय रहेको छ। चलचित्रलाई कमल न्यौ
वराहक्षेत्र | १३ औं स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा चक्रघट्टि जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतवार बिहान नेपाल रेडक्रस सोसाईटी उपशाखा महेन्द्रनगरको कार्यालयको प्राङ्गनमा चक्रघट्टी जेसिजले रक्तदान आयोजना भएको थियो ।नेपाल रेसक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाइ आत्म साथ गर्दै रगतको अभाबलाई समधान र मानव सेवालागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) ले बताए । चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) को सभा
वराहक्षेत्र | १३ औं स्थापना दिवसको अवसरमा वराहक्षेत्रमा चक्रघट्टि जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतवार बिहान नेपाल रेडक्रस सोसाईटी उपशाखा महेन्द्रनगरको कार्यालयको प्राङ्गनमा चक्रघट्टी जेसिजले रक्तदान आयोजना भएको थियो ।नेपाल रेसक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको थियो । रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाइ आत्म साथ गर्दै रगतको अभाबलाई समधान र मानव सेवालागि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) ले बताए । चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे( सुरज) को सभा
इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक आर्म रेस्लिङ किंग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल तरुण दल, इटहरी उपमहानगर समिति द्वारा आयोजित उक्त प्रतियोगितामा १५० भन्दा बढी युवाहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा आकाश अधिकारी प्रथम स्थान हासिल गर्दै नगद एक लाख रुपैयाँ र ट्रफीसहित प्रमाणपत्रबाट सम्मानित भएका छन् । द्वितीय स्थानमा रोहन श्रेष्ठ र तृतीय स्थानमा आयुश विक्रम शाह रहेका छन् जसलाई क्रमशः ४० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले पनि युवाहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढ्न म
इटहरी । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइनं) सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको पोखरेलले बताए । उनका अनुसार भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो । परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । भण्डारी र बस्नेतविरुद्ध लागुऔषध
इटहरी । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ । गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुन
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ । अबको बढीमा चार दिनभित्रमा निर्माणकार्य पूरा हुने गरी बेलिब्रिज जडान कार्य सुरु भएको हो । दुई सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिस्नेखोलामाथि बेलिब्रिज जडान थालेको आयोजना संयोजक सम्झना क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अबको तीनदेखि चार दिन भित्रमा बेलिब्रिज निर्माणकार्य पूरा भई बेलिब्रिजमार्फत नै सवारी आवागमन सुरु हुनेछ । बेलिब्रिज करिब २७।५ मिटर लामो छ । सिस्नेखोलामा बर्खायामको समयमा सवारी आवागमन गर्न निकै कठिन हुने गरे
इटहरी । ओखलढुङ्गामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १४४ वटा सम्बन्धविच्छेदका मुद्दा ओखलढुङ्गा जिल्ला अदालतमा दर्ता भएका छन् । गत वर्षभन्दा २६ बढी मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ११८ वटा मात्र सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । यस वर्ष ११ महिनाको अवधिमा १४४ वटा मुद्दा दर्ता भएका हुन् । ओखलढुङ्गा जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालका अनुसार सम्बन् विच्छेद माग्नेको सङ्ख्या पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । सूचना अधिकारी रिजालका अनुसार महिला वादी १०८ र पुरुष वादी ३६ छन् । वैदेशिक रोजगार
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। शनिबार दिउँसो १२स्३० बजेतिर खोलामा पौडी खेलिरहेका बालकहरू डुबेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेपछि प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धार गरिएका बालकहरूलाई उपचारका लागि इटहरीस्थित सान्वी सिटी अस्पताल ल्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई दिउँसो ४ः२० बजेतिर मृत घोषित गरेका छन्। मृत्यु हुनेमा इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परिया
इटहरी । उदयपुरमा शनिबार साँझ दुर्घटनामा परेको जेसीबीले किचेर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ दमारमा को १ क २७९५ नम्बरको जेसीबी साँझ ७ः५५ बजेतिर दुर्घटनामा परेको हो । काम गर्ने क्रममा ‘ब्याक’ गर्न खोज्दा जेसीबी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी प्रहरीले दिएको छ । जेसीबी सडकबाट करिब ६० मिटर तल खस्दा चालक कटारी–१० का २२ वर्षीय नवीन श्रेष्ठको मृत्यु भएको छ । प्रहरीका अनुसार सडकबाट खसेको जेसीबीको चक्काले ढाडमा किच्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल ट्राफिक प्रहरी पोस्ट कटारीबाट करिब १९ किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाग्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.