इटहरी । असारको तेस्रो साता सकिन लाग्दा पनि झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धानको रोपाइँ प्रभावित भएको छ। हल्दिबारी(६ का किसान रतनकुमार भुलेलले अघिल्लो वर्ष यो समयसम्म रोपाइँ गरेर खसिया समेत गरिसकेको बताउँछन् । कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्ष यति बेलासम्म करिब २५ प्रतिशत रोपाइँ भइसकेको थियो, तर यो वर्ष १४ प्रतिशत मात्र रोपाइँ भएको छ। केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले किसानहरूले मोटरको सहायताले सिँचाइ गर्न थालेकाले आगामी दिनमा रोपाइँमा केही गति आउने विश्वास व्यक्त गरेका छन् । झापामा गत वर्षझैँ यसपालि पनि मलको अभावले किसानलाई थप समस्यामा पारेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सा
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १० जिरीखिम्तीमा रहेको मेघा बहुउद्देश्यीय परियोजना अन्तर्गत विधुतीय चार्जिङ स्टेसन उद्घाटन भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उक्त विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो । मेघा बहुउद्देश्यीय परियोजना अन्तर्गत विधुतीय चार्जिङ स्टेसन संचालन गरिएको प्रबन्धक तथा निर्देशक देउमान सम्वाहाम्फेले बताउनुभयो । कुल ७ कट्ठाको क्षेत्रफलमा संरचना सहित ७ करोड रुपैयाँ बराबरको लगानीमा मेघा परियोजना अन्तर्गत विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको उहाँले जानकारी दिनुभयो । उक्त अवसरमा संविधानसभाका सभासद चण्डीप्रसाद राई
इटहरी । तीन वर्षीय बालक निश्चल आचार्यको जीवन रक्षार्थ लायन्स क्लबले १ लाख ५१ हजार रुपैयाँको आर्थिक सहायता प्रदान गरेको छ। इटहरी उपमहानगरपालिका–५ स्थित लायन्स सामुदायिक भवनमा शनिवार सम्पन्न विशेष कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो। रक्त क्यान्सर पीडित निश्चल हाल काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचाररत छन्। उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट २२५ सी एरिया ४ अन्तर्गतका २६ वटा क्लबहरूलाई समेट्दै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम एरिया चिफ लायन्स भोजराज दाहालको संयोजकत्वमा सम्पन्न भएको हो।सहयोग हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर बबर जङ्ग थापा
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा चोकमा १६२ किलो लागू औषध गाँजासहित भारतीय नम्बर प्लेटको कार बरामद गरिएको छ। कार चालक भने घटनास्थलबाट फरार भएका छन्। हिजो (शुक्रवार) राति २ः१० बजेको समयमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बल चतराबाट संयुक्त रूपमा खटिएको टोलीले धरानबाट नडाहा चोकतर्फ आइरहेको भारतीय नम्बर प्लेट ९ःज् ण्द्द द्यए ढठद्धद्द० भएको सुजकी कम्पनीको कारलाई जाँच गर्न प्रयास गरेको थियो । तर, प्रहरी टोली देख्ने बित्तिकै कार सडकमै रोकेर चालकसहित दुई जना व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त
इटहरी । यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गाबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार दोस्रो हप्तासम्म तीन करोड ६९ लाख २४ हजार ५०९ रुपियाँ राजस्व सङ्कलन गरिएको यातायात व्यवस्था कार्यालय रुम्जाटारका प्रमुख गोविन्द आचार्यले बताउनुभयो । सवारी साधन कर बापत सबैभन्दा बढी दुई करोड ९१ लाख ५० हजार ३७४ रुपिया राजस्व सङ्कलन भएको छ । सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ६० लाख ८६ हजार १६०, यातायात क्षेत्रको आम्दानी चार लाख २० हजार ४६५ र व्यावसाय रजिष्टर दस्तुर बापत ५१ हजार ८५० रुपिया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । आयकर
इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीको आयोजनामा यहाँ ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु भएको छ । पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीले एक समारोहकाबिच प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा पृतनापति उपरथी केसीले खेलकुद शारीरिक तन्दुरुस्ती, समर्पण र अनुशासनको प्रतीक भएको बताउँदै यसले सैनिक क्षमताको विकास मात्र नभई राष्ट्रिय गौरव कायम राख्न पनि भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्ज्वल बनाउँदै आएकोसमेत उल्लेख गर्नुभएको थियो । उपरथी केसीले सैनिक अनुशासन र खेलकुदको संयोजनमार्फत सेना भित्रको एकता, अनुश
इटहरी । उत्कृष्ट सेवा गरेका सात जना शिक्षकलाई पाख्रिवास नगरपालिकाले सम्मान गरेको छ । शुक्रबार सम्पन्न शिक्षक मेन्टरिङ कार्यक्रममा पालिकाले पालिकाको क्षेत्रभित्रका विद्यालयबाट उत्कृष्ट सेवा गरेका सात जना शिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा श्रीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकमणी पौडेल, जालपादेवी माध्यमिक विद्यालयका रञ्जित गुरागाईँ, अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईलगायत शिक्षिका मातृका काफ्ले, दिपकला तामाङ, निरु श्रेष्ठ र गीता पौडेल रहनुभएको छ । पालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, उपप्रमुख नम्रता देउजा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला, शिक्षक शाखा प्
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको दिङ्लास्थित एक किसानले पालेको चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । मेरिङ्देन गाउँपालिका पशु सेवा शाखाका अनुसार स्थानीय किसानले पालेको पशुचौपाया गाईमा लम्पी स्किन रोग सङ्क्रमण देखिएको छ । दिङ्लाका एक किसानले पालेको गाईमा लम्पी स्किनको शङ्कास्पद अर्थात मिल्दोजुल्दो लक्षण देखा परेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख मनोज श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको गाईलाई १०५ डिग्रीसम्म ज्वरो आएको र गाईले घाँस दानापानी खान छोडेको पाइएको
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब
इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शैया क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पाँमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेललगायतले अस्पताल उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउनदेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिनुभयो । उह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.