समाज

    Showing ४,२३१-४,२४० of ९,३८९ items.
  • विराटनगरमा आफूलाई प्रहरीको रूपमा चिनाउँदै लुटपाट गर्ने दुई जना पक्राउ

    इटहरी । विराटनगरमा आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११स्१५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट ३ जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए । ती व्यक्तिहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई अपहरण गरी विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर लुटपाट गरेका थिए । अपहरित विक्रम साहका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको ३ लाख ६४ हजार रुपैयाँ बोकेर घर फर्कने क्रममा उनी अपहरणमा परेका थिए । ‘हामी प्रहरी हौं’ भन्दै नियन्त्रणमा लि

    • प्रकाशित मितिः असार १६, २०८२
    • २३८ पटक पढिएको
  • बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा

    इटहरी । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो । वडा कार्यालय इन्द्रेणीपोखरीको रु। पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभयो । नेपाल मगर सङ्घ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रत

    • प्रकाशित मितिः असार १६, २०८२
    • १२२ पटक पढिएको
  • धरान हरियालीका स्थानीय जोखिमयुक्त यात्रा गर्न बाध्य

    इटहरी । धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । वर्षायाम सुरू भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • १६८ पटक पढिएको
  • यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध उजुरी

    इटहरी । दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिका–२ का ५२ वर्षीय खेमराज ढकालविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा उजुुरी दिएका छन् । ढकाल स्थानीय हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी स्कुलका संस्थापक, शिक्षक समेत हुनुहुन्छ । ११ र १४ वर्षीया ती बालिकालाई यौन दुुर्व्यवहार गरेको भन्दै ढकाललाई गए राति प्रहरीले उनको घरबाटै पक्राउ गरेको थियो । पक्राउपछि सदरमुकाम ल्याइएका ढकालविरुद्ध प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पीडित पक्षको उजुरीपछि ढकालविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानका लागि अदातब

    • प्रकाशित मितिः असार १६, २०८२
    • १७१ पटक पढिएको
  • हेवाखोलाको क्षतिग्रस्त बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा

    इटहरी ।  जडान कार्य नससकिँदै भाँचिएर क्षतिग्रस्त बनेको मेची राजमार्गको पाँचथर खण्डस्थित हेंवा खोलाको बेलिब्रिज खोल्ने काम अन्तिम चरणमा पुगेको छ । जेठ ३१ गते जडानकै क्रममा यहाँ निर्माणाधिन बेलिब्रिज भाँचिएको थियो । जुन घटनामा तीन जना श्रमिकको ज्यान जानका साथै अन्य तीनजना घाइते भएका थिए । पुलको २० प्रतिशत भागमा क्षति पुगेको थियो । यसैबिच पुल पुनः जडानका लागि सडक डिभिजन इलामले प्राविधिकसहित क्रेन र स्काबेटरको सहयोग लिएर काम अगाडि बढाएको हो । पुल खोल्ने काम ९० प्रतिशत सम्पन्न भएको र बाँकी काम बुधबार भित्रमा सक्नेगरी काम भइरहेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । हेंवा खो

    • प्रकाशित मितिः असार १६, २०८२
    • २०५ पटक पढिएको
  • किसानको आयआर्जन बढाउन भोजपुरमा बिरुवा वितरण

    इटहरी । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक÷एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५०  लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित

    • प्रकाशित मितिः असार १६, २०८२
    • २०३ पटक पढिएको
  • पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

    इटहरी । ताप्लेजुङमा कार्यरत १३  शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ । रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही रु पाँच हजारदेखि ४५ हजारसम्म नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रम फक्ताङलुङ गाउँप

    • प्रकाशित मितिः असार १६, २०८२
    • २०४ पटक पढिएको
  • फर्निचर उद्योगमा आगलागी, १२ लाख बराबरको क्षति

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • ४१५ पटक पढिएको
  • फाल्गुनन्द र फिदिममा धान दिवसको अवसरमा दही-चिउरा कार्यक्रम सम्पन्न

    पाँचथर – राष्ट्रिय धान दिवसको अवसरमा नेपाल तरुण दल फाल्गुनन्द गाउँ कार्य समितिको आयोजनामा फाल्गुनन्द गाउँपालिकामा शुभकामना आदान–प्रदान तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका उपसभापति तथा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल फाल्गुनन्द गाउँपालिका अध्यक्ष गोपाल घिमिरेले गर्नुभएको थियो।यसै अवसरमा फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा फिदिम बजारमा पनि दही–चिउरा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रूपनारायण जवेगु प्रमुख

    • प्रकाशित मितिः असार १६, २०८२
    • १,२०७ पटक पढिएको
  • सङ्खुवासभाको मादी नगरपालिकामा २२ औं राष्ट्रिय धान दिवस भव्यताका साथ सम्पन्न

    संखुवासभा | सङ्खुवासभाको मादी नगरपालिका र कृषि ज्ञान केन्द्र संखुवासभाको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस कार्यक्रम उमृङ, मादी–४ मा भव्यताका साथ सम्पन्न भएको छ। ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा रोपाइँ, अन्तक्र्रिया, सम्बोधन तथा कृषिको प्रवर्द्धनसम्बन्धी सन्देशहरू प्रस्तुत गरिएका थिए।कार्यक्रमको अध्यक्षता मादी नगरप्रमुख जीवन लिन्थेपले गर्नुभएको थियो भने पूर्व प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।प्रमुख अतिथि गौतमले मादी नगरपालिकाले कृषिमा लिएको पहलकदम

    • प्रकाशित मितिः असार १५, २०८२
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]