इटहरी / सडक सुरक्षामा सक्रियता, कर्तव्यनिष्ठा र अनुशासनको उदाहरण बनेका प्रहरी सहायक हवल्दार मनोज बास्तोला नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीबाट २०७९ साल जेठ महिनाको “उत्कृष्ट ट्राफिक प्रहरी” उपाधिमा सम्मानित भएका छन्।QRT ड्युटी अन्तर्गत इटहरीका मुख्य चोक, राजमार्ग र जोखिमयुक्त क्षेत्रहरूमा खटिएका बास्तोलाले विभिन्न ट्राफिक समस्याहरूलाई व्यवस्थित गर्न कुशलता देखाएका थिए। उनले मोटरसाइकलमा स्वरूप परिवर्तन गरी चलाउने तथा साइलेंसर हटाएर ध्वनि प्रदूषण फैलाउने सवारी चालकहरूलाई नियन्त्रणमा ल्याएर कानुनी कारबाही गरेका थिए।त्यसैगरी सार्वजनिक यातायातमा क्षमता नाघी यात्रु
इटहरी । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभाका सभाध्यक्ष कैलाश कुमार आलेले प्रस्तुत गरेको बजेटमा सामाजिक, न्यायिक, सांस्कृति, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, विद्युत् लगायत विकास योजनाका लागि रकम विनियोजन गर्नुभएको छ। यसैगरी, सभाध्यक्षले १२ वटा वडाका सबै वडाध्यक्षलाई अहिलेसम्म राम्रो काम गर्दै आएको बताउँदै जनताको सेवामा निरन्तर लागि पर्न थप प्रोत्साहन गर्नुभयो। सभाध्यक्ष आलेले कृषि क्षेत्रको विकासका लागि कृषिलाई व्यवसायीकरण, होमस्टे सञ्चालन तथा मल, बिउ मा अनुदान लगायत कार्य गर्ने उल
इटहरी । मोरङको विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० लाखको बजेट विनियोजन गरेको छ। मंगलबार नगर सभाको १६ औँ अधिवेशनको बैठकमा उपप्रमुख शिल्पा निरला कार्कीले आगामी वर्षका लागि नीति कार्यक्रमका साथै बजेट प्रस्तुत गर्नुभएको हो। महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा एक अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपियाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र संघसंस्थालाई अनुदान स्वरूप
इटहरी । ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३४ वर्षीय पुरुष पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बालिकालाई जबरजस्ती गरेको जाहेरीका आधारमा आरोपित पुरुषलाई पक्राउ गरिएको हो। प्रहरी कार्यालयमा परेको जाहेरीअनुसार ती पुरुषले गएको आइतबार राति डरत्रास र धम्की दिनुका साथै विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणीसम्बन्धी जाहेरीपछि खोजतलास गर्ने क्रममा पक्राउ परेका पुरुषमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सा
इटहरी । चालु आर्थिक वर्ष २०८१।८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ६ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजारले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको ११ म
इटहरी । कोशी प्रदेश सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले नेपाली जडीबुटीको अनुसन्धानमार्फत चार प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेका छन्। भिक्स, बाम र सन्चो जस्ता गुणस्तरीय औषधिको उत्पादन गरी विश्वविद्यालयले त्यसको नाम ‘मनमोहन ओखती’ राखेको छ। उत्पादन भइसके पनि बजारमा लैजान विश्वविद्यालय अहिले सरकारको अनुमोदन र प्रबर्द्धनको पर्खाइमा छ। फार्मेसी विज्ञानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भारतको पतञ्जली आयुर्वेद प्रतिष्ठानका अनुसन्धानकर्ता डा। सुनील कुमार शुक्लाको सहयोगमा उत्पादन गरेका यी औषधिहरू विदेशबाट आयात हुने औषधिको प्रतिस्थापन हुने दाबी गरिएको छ। उपकुलपत
इटहरी । इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्व १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सर्वजनिक गरेको छ । आज सुरु भएको इलामनगर सभाको १७ औं अधिवेशनमा उप–प्रमुख विष्णु दाहालले उक्त बजेट प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्ष ०८२(०८३ का लागि पेश गरिएको बजेटमा प्रशासनिक तर्फ कूल बजेटको १३ प्रतिशत, पूूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा छ प्रतिशत, शुसासनतर्फ चार प्रतिशत, वन–वातावरण र विपदमा एक प्रतिशत, वित्तिय व्यवस्थामा दुई प्रतिशत विनियोजित गरिएको छ । उप–प्रमुख दाहालले चालुु आर्थिक वर्ष ०८१(०८२ मा संघीय र प्रदेश सरकार मार्फत आएको समानिकरण, समुपु
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२(०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको हो । पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने मेरिङदेन गाउँपालिकाका विद्यार्थीलाई स्नातक तहमा पूर्णरूपमा छात्रवृत्ति प्रदान गर्ने गरी बजेटको व्यवस्था गरिएका गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर)ले बताउनुभयो । उहाँका अनुसार छात्रवृत्तिका लागि आगामी आर्थिक वर्षमा १२ लाख रुपियाँ बजेको व्यवस्था गरिएको छ । गाउँपालिकाले ज
इटहरी । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित एक जना महिलाको विराटनगरमा मृत्यु भएको छ । इलाम घर भएकी ३९ वर्षीया लामा थरकी महिलाको उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको केही समयमै मृत्यु भएको हो । नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका लामालाई उपचारका लागि मङ्गलवार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको जानकारी राईले दिए । मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउनेलगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । अवस्था गम्भ
इटहरी । मोरङको रतुवामाई नगरपालिकाले ८३ करोड ८५ लाख ११ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार साँझ स्थानीय विश्वनाथ मन्दिरको सभाहलमा भएको १६ औँ नगरसभाको बैठकमा नगर उपप्रमुख दमयन्ता देवी चुडालले आगामी आर्थिक वर्ष २०८२र२०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । नगर उपप्रमुख चुडालले आम्दानी तर्फ घरभाडा, राजस्व तथा प्राकृतिक स्रोतसाधनबाट २७ करोड रुपियाँ सङ्कलन गर्ने अनुमान गर्नुभएको छ । यसैगरी, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५करोड ३६ लाख, सङ्घीय सरकारबाट राजश्व बाँडफाँड १२ करोड ५० लाख ४५ हजार ३१९ रुपियाँ प्रदेश सरकारबाट वित्तीय समानीकरण अ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.