समाज

    Showing ४,४०१-४,४१० of ९,३९० items.
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    इटहरी । झापाको कमल गाँउपालिकामा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा खोलाको पुलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परेर कमल गाउँपालिका–५ का ३० वर्षीय शुशिल राईको ज्यान गएको हो । मे। १ ख। ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा दमकबाट पूर्व आउँदै गरेको मे। ९ प। ८९०४ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल चालक राई गम्भीर घाइते बन्नु भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीय निम्स अस्पतालमा उद्धार गरी उपचारका लागि पुर्‍याइएको

    • प्रकाशित मितिः असार ७, २०८२
    • २०१ पटक पढिएको
  • ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी

    इटहरी । ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका कारागार ताप्लेजुङमा अहिले १४१ जना कैदी रहेको उल्लेख गरेको छ । जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । यसैगरी, महिला कैदीबन्दीका लागि कारागार नभएका कारण अन्य जिल्लामा हस्तान्तरण गरिँदै आएको छ ।जिल्लामा आपराधिका क्रियाकलाप बढेकाले कैदी बन्दीको सङ्ख्या पनि बढेको जिल्ला

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३२७ पटक पढिएको
  • सुनसरीको रामधुनी नगरपालिकामा थारू सांस्कृतिक महोत्सव सुरु

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा चौथो राष्ट्रिय थारू चलचित्र तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । चलचित्र तथा सांस्कृतिक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा शुक्रबार सुरु भएको महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले थारू समुदाय देशका महत्वपूर्ण समुदाय भएकाले राज्यले थारूको सम्मानमा कार्यक्रम गर्नु र उत्थान गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले थारूहरू कला, संस्कृति र संस्कारको धनी भएकाले प्रदेश सरकारले थालेको पर्यटन वर्ष–२०८२ का लागि प्रत्येक हप्ता थारू परिकारको व्यवस्था र होमस्टे सञ्चालनका लागि आग्रह गर्नुभयो । महोत्सवमा विभिन्न सांस्कृतिक झ

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३१९ पटक पढिएको
  • सुनकोसी नदीमा बाढी आउन सक्ने पूर्वानुमानसँगै खोटाङका तटीय बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह

    इटहरी । सुनकोसी नदीमा बाढी आउन सक्ने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय, खोटाङले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।चीनको तिब्बत क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले त्यसको प्रभाव स्वरूप सुनकोसीमा पानीको बहाव तीव्र हुन सक्ने जोखिम औँल्याउँदै प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो। प्रशासनका अनुसार, बाढीका सम्भावित असरले खोटाङ जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका क्षेत्रहरू प्रभावित हुन सक्ने छन्। चीनको प्रहरी कार्यालयमार्फत प्राप्त सूचनालाई आधार मानेर सिन्धुपाल्चोक प्रशासनले सतर्कता सूचना निकालेपछि खोटाङले पनि असार ६

    • प्रकाशित मितिः असार ७, २०८२
    • १९८ पटक पढिएको
  • संस्थागत बहालकर स्थानीय सरकारले उठाउन पाउने

    इटहरी । संस्थागत बहालकर सङ्कलनको अधिकार स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भन्दै सर्वोच्च अदालतले विराटनगर महानगरपालिकाको पक्षमा रिट जारी गरेको छ । विराटनगर महानगरपालिकाले रिट दायर गरेको झन्डै सात वर्षपछि सर्वोच्च अदालतले गत जेठ २० गते संस्थागत बहालकर सङ्कलन गर्न पाउनुपर्ने रिट जारी गरिदिएको हो । विराटनगर महानगरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ९ मा स्थानीय तहको वित्तीय अधिकारसम्बन्धी व्यवस्था छ । यसैको दफा ५७ अनुसार कुनै पनि घर, भवन, संरचना बहालमा दिएमा यसको बहालकर स्थानीय तहले असुल गर्ने व्यवस्था छ । विराटनगर महानगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता डिल्लीराम घिमिरेका अनुसार सं

    • प्रकाशित मितिः असार ७, २०८२
    • २१९ पटक पढिएको
  • झापामा एयर पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

    इटहरी । चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत सिलगुढीका पाठकको साथमा दूईवटा खुकुरी पनि रहेको जनाइएको छ । डब्लुबी ७० जी ३२३२ नम्बरकोे कारमा नेपालतर्फ आँउदै गर्दा जाँच गर्दा उक्त कारमा हतियार लुकाएर ल्याएको पाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले बताउनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले उक्ता सवारी साधनमा जाँच गरेको जनाइएको छ । चालु अबस्थामा रहेकोे म्याग्जिन खोलेर हेर्दा

    • प्रकाशित मितिः असार ७, २०८२
    • २६६ पटक पढिएको
  • इटहरीमा ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ समापन

    इटहरी | पूर्वी नेपालमा फ्लेयर बारटेन्डिङ कला र रात्रिकालीन जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ को दोस्रो संस्करण सम्पन्न भएको छ।इटहरीको रोयल रिसोर्टमा सम्पन्न प्रतियोगिता इलाइट बारटेन्डिङ एकेडेमी, इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि., काठमाडौं को संयुक्त आयोजनामा गरिएको हो। यस प्रतियोगितामा नेपालका विभिन्न स्थानहरूबाट आएका २२ जना फ्लेयर बारटेन्डरहरूले सहभागी जनाएका थिए। उनीहरूले बारटेन्डिङ सम्बन्धी आफ्ना सीप, रचनात्मकता र प्रस्तुतीकरण कौशल प्रस्तुत गर्दै दर्शक र निर्णायकको मन जितेका थिए।प्रतियोगिताको अन्तिम परिणामअनुसार रमेश थापा पहिलो, नवीन धामी

    • प्रकाशित मितिः असार ७, २०८२
    • ६२३ पटक पढिएको
  • एक सर्को चुरोटको भारी मूल्य

    प्रमिला घिमिरे विगत धेरै वर्ष पहिलेको कुरा हो, जब म विद्यालयमा पढ्थें। मेरा साथीहरू साँच्चै मिलनसार थिए—हामी हरेक समय सँगै हाँस्थ्यौं, खेल्थ्यौं, अनि जीवनलाई रमाइलो ठान्थ्यौं।एक दिन साथीहरूको लहैलहैमा परेर हामीले नयाँ होटेलमा खाजा खाने योजना बनायौं। त्यो ठाउँमा केटा–केटी सबैजना जम्मा हुने गथ्र्यौं। हामी भर्खरै किशोरावस्थामा प्रवेश गरेका थियौं—उमेरको त्यो मोड जहाँ सहमतिभन्दा बढी साथीको प्रभाव चल्ने गर्छ।त्यही ग्रुपका दुई–चार जना साथीहरू चुरोट खान्थे। म खासै चासो दिँदिनथेँ। तर एकदिन उनीहरूले "आज तिमी पनि तान्नैपर्छ" भनेर जबरजस्ती गरे। मैले 'नाइँ' भनेँ तर उनीहरूको हाँसो र दबाबले गर्दा मैले ए

    • प्रकाशित मितिः असार ७, २०८२
    • ३७९ पटक पढिएको
  • लागू औषध दुब्र्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    इटहरी । बराहक्षेत्र नगरपालिका वडा –१० मा लागू औषध दुब्र्यसन र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लागू औसध दुब्र्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नाराका साथ प्रशिक्षण तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको हो । समाजसेवि रेशु तामाङको संयोजनमा सम्पन्न कार्यक्रममा ४५ जना बिद्यार्थी उपस्थित रहेका थिए । कार्यक्रममा संयोजक तामाङले लागुऔषधले व्यक्तिको जीवनमा सामाजिक, शारीरिक र मानसिक असर पार्ने बताउनुभयो । लागुऔषध प्रयोगको समस्या दिन प्रतिदिन बढी रहेकाले राष्ट्रलाई नै ठूलो क्षति पु¥याउँने उहाँको भनाई छ । बराहक्षेत्र नगरपालिका नगर उपप्रमुख न

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३४० पटक पढिएको
  • अध्यक्ष गुरुङद्वारा असार १५ भित्र सदस्यता वितरण गरी अधिवेशन गर्न तरुणहरूलाई निर्देशन

    इटहरी । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई दुई बुदे परिपत्र जारी गर्नुभएको छ । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी द्वारा गठित दलको पाचौं महाधिवेशन निर्देशन समितिको निर्देशन अनुसार परिपत्र जारी गर्नुभएको हो । जिल्लाको वडा ,पालिका,प्रदेश सभा क्षेत्र ,प्रतिनिधिसभा क्षेत्रमा सदस्यता लिन छुट भएकाहरुलाई ध्यानमा राखी २०८२ असार १५ गते सम्म पुर्णकालिन सदस्यता फाराम वितरण गरेपश्चात मात्र अधिवेशन गर्न जिल्ला कार्यसमितिहरुलाई अध्यक्ष गुरुङले निर्देश्न दिनुभएको छ । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टी र महाधिवेशन निर्देशन समितीसंग समन्वय गरी दलको पाँचौ महाधिवेशन छिट्टै स

    • प्रकाशित मितिः असार ६, २०८२
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]