समाज

    Showing ४,४७१-४,४८० of ९,३९० items.
  • बराहक्षेत्र नगरपालिका -१० ले सन्चालन गर्यो ८० जना भन्दा बढी युवाहरुको लागि बारिस्टा तालिम

    सुनसरी | बराहक्षेत्र नगरपालिका, वडा नं. १० मा ८० जना युवाहरुलाई युवाहर ॐ साई तेक्नीकल इन्स्टिच्युट, विराटनगर  को सहयोगमा "युवा उद्यमशीलता, महिला उद्यमशीलता र शिक्षा अन्तर्गत कफी बनाउने (बारिस्टा) तालिम सञ्चालन गरिएको छ। यो तालिम बराहक्षेत्र १० को कार्यालय  को सहयोगमा आजदेखि विधिवत रूपमा सुरु भएको हो।  वडा अध्यक्ष तेज बहादुर गुरुङ का अनुसार ले यस तालिमले युवाहरूको सिप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस अवसरमा उनीहरूले युवाहरूलाई आत्मनिर्भर बन्न र रोजगारीको अवसर सृजना गर्न प्रोत्साहित समेत गर्नुभएको छ।  यो जीवनोपयोगी सिप तालिमले युवाहरूलाई बारिस्टा

    • प्रकाशित मितिः असार २, २०८२
    • २९३ पटक पढिएको
  • छोराको जन्मदिनमा ५ लाख रुपैयाँको बीमा उपहार

    भोजपुर | भोजपुर नगरपालिका–५, बोकिम निवासी इन्दिरा तामाङले आफ्ना कान्छा छोरा दिवस तामाङको जन्मदिनको अवसरमा ५ लाख रुपैयाँ बीमांक रकमको जीवन बीमा उपहार दिनुभएको छ।उहाँले छोराको जन्म मिति असार २ गते पर्न गएको अवसर पारेर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा कार्यालय भोजपुरमार्फत् ‘हिमालयन अनमोल बाल रत्न सावधिक जीवन बीमा योजना’ अन्तर्गत बीमा गराउनुभएको हो। यसअघि उहाँले आफ्नो जेठो छोरा दिप्सन तामाङको समेत बीमा गरिसक्नुभएको छ।बीमा उपशाखा प्रमुख बिमल रणपहेलीले मानव जीवन अमूल्य भएको उल्लेख गर्दै जीवनमा हरेक पाइलामा जोखिम हुने भएकाले बीमा अनिवार्य भएको बताउनुभयो। उहाँले वर्तमान तथा भविष्य दुवै सुरक्

    • प्रकाशित मितिः असार २, २०८२
    • ८७४ पटक पढिएको
  • पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

    काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ । विद्युतीय कारोबार ९साइबर क्राइम० मुद्दामा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पत्रकार पाठक उच्च पुगेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत प्रसारण गरेपछि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो

    • प्रकाशित मितिः असार २, २०८२
    • २२४ पटक पढिएको
  • धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

     इटहरी । धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद गरेको छ । आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नंको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा र ३१ बोरा अदुवा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिए । ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए। बरामद गाँजा, अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि

    • प्रकाशित मितिः असार २, २०८२
    • २७६ पटक पढिएको
  • अरुण गाउँपालिका–६ मा विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर, स्वास्थ्य बीमा र शैक्षिक सामग्री वितरण

    इटहरी । अरुण गाउँपालिका–६ जरायोटारमा आयोजित एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत बिपन्न तथा सीमान्तकृत समुदायका घरपरिवारहरूलाई लक्षित गर्दै निःशुल्क विद्युत मिटरबक्स, स्वास्थ्य बीमा, तथा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्य गाउँपालिकाकी उपाध्यक्ष बिनिता ढकालले गर्नु भएको थियो भने अध्यक्षता वडा नं। ६ का वडाध्यक्ष गणेश राईले गर्नुभएको थियो। कार्यक्रममा क।पा। सदस्य मैना राई, वडा सदस्य दीप राज राई लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत वडाका ११ घरधुरी बिपन्न परिवारलाई निःशुल्क विद्युत मिटरबक्स वितरण गरिएको छ।

    • प्रकाशित मितिः असार २, २०८२
    • २८८ पटक पढिएको
  • कोशी प्रदेशको बजेट यथार्थपरक र सन्तुलित रहेको आर्थिक मामिला तथा योजनामन्त्री मगरको भनाइ

    इटहरी । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताउनुभएको छ । कोशी प्रदेश सरकारले आइतबार प्रदेशसभामा पेस गरेको बजेटबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा ऊर्जा, सवारी अनुमतिपत्र, विपद् व्यवस्थापनलगायत क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले २०८२ पर्यटन वर्षका रूपमा रहेको र हालसालै भएको लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साहलाई मध्यनजर गरी उद्योग स्थापना, रुग्ण उद

    • प्रकाशित मितिः असार २, २०८२
    • ३३८ पटक पढिएको
  • इटहरीमा पाठेघरमा हुने क्यान्सरबारे सचेतना, रक्त सर्भे र निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

    इटहरी । ‘छिटो पहिचान, जीवन रक्षा’ र ‘जीवन बचाऊ, रक्तदान गर’ भन्ने नाराका साथ इटहरीमा पाठेघर मुख (सर्भाइकल) क्यान्सरबारे सचेतना, निःशुल्क सुगर परीक्षण र रक्तदाता विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। लियो क्लब अफ इटहरी सिटीको आयोजनामा इटहरीको विश्व आदर्श कलेजमा सम्पन्न उक्त कार्यक्रममा लियो अमर दीप पौडेलको अध्यक्षता थियो। कार्यक्रममा दुई सयभन्दा बढी सहभागीको उपस्थिति रहेको आयोजकले जनाएको छ। महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पाठेघर मुख क्यान्सरसम्बन्धी जानकारी, सावधानी र प्रारम्भिक परीक्षणबारे जानकारी दिइएको थियो। साथै सहभागीहरूलाई निःशुल्क रक्तचिनी परीक्षण सेवा पनि उपल

    • प्रकाशित मितिः असार २, २०८२
    • २९६ पटक पढिएको
  • मोरङकी सम्झना राईले गरिन करिब ३ सय सर्पको उद्दार, बनाइन फरक पहिचान

    मौसम कोइरालाइटहरी । धेरैलाई सर्प देख्नासाथ ज्यान जोगाउन भाग्ने बानी छ। तर मोरङ उर्लाबारी–१ की सम्झना राई भने यस्ता अपवाद पात्र हुन्, जसले अहिलेसम्म झन्डै तीन सय सर्पको उद्धार गरिसकेकी छिन्। साङ्लो, अजिङ्गर, गोमनदेखि धामिन र घोडे साँपसम्मको उद्धार गर्दै उनले आफूलाई एक साहसी सर्प उद्धारकर्ताका रूपमा स्थापित गरेकी छन्। सङ्खुवासभाको खाँदवारीमा जन्मिएकी राई दुई वर्षअघि सर्पसँगको सहजीवन र संरक्षणको अवधारणा बोकेर उद्धार कार्यमा होमिएकी हुन्। सुरुमा उनलाई सामाजिक तिरस्कार, परिवारको चिन्ता र उपकरणको अभावजस्ता चुनौतीहरू थिए। तर अहिले उनी सर्पप्रति सचेतना फैलाउने अभियानमै क्रियाशील छिन्। २० वर्षको उमेरदे

    • प्रकाशित मितिः असार २, २०८२
    • २३२ पटक पढिएको
  • इलाममा पिकअप दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते

    इटहरी । इलामको सोयाकस्थित आले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार साँझ करिब ६ बजेको समयमा बिर्तामोडबाट खाद्य सामग्री लिएर देउमाई नगरपालिका–९, जितपुर जाँदै गरेको बोलेरो पिकअप ९ना १ च ५४०३० अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी सोही गाडीका मालिक ५५ वर्षीय विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इलामले जनाएको छ। उनी देउमाई नगरपालिका–९, जितपुरका स्थायी बासिन्दा थिए। दुर्घटनामा पराजुलीकी छोरी (नाम नखुलाइएको) र अर्को एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी बिर

    • प्रकाशित मितिः असार २, २०८२
    • २४२ पटक पढिएको
  • सुनसरीबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा

    इटहरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट आज (सोमबार)  सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् । बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • २७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]