समाज

    Showing ४,६७१-४,६८० of ९,४०९ items.
  • इटहरी–५ मा लागू पदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल स्काउट कोशी प्रदेश स्काउट कार्यालयको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिका वडा नं. ५ मा लागू पदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रम इटहरी–५ स्थित ब्लुमिङ लोटस अङ्ग्रेजी माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा स्काउटर, रोभर÷रेन्जर, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा स्काउटर पुनम श्रेष्ठ (कोशी सेन्ट जेम्स स्कुल, इटहरी–९) र रेन्जर रबिना बस्नेत (इटहरी युथ ओपन क्र्यु, इटहरी–१) ल

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २५१ पटक पढिएको
  • करिब सात वर्षदेखि निर्माण रोकिएको जीपी भवनको काम थाल्न तीन करोड बजेट

    भावना वर्देवाइटहरी ।  झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जीपी भवनको निर्माण कार्य सुरु हुने भएको छ। करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य सुरु हुने भएको हो। भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयमार्फत तीन करोड रूपैयाँ बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए। बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम सुरु गरेर अधुरो भवनलाई पूरा गर्ने बाटो खुलेको उनले बताए। खरिद ऐन १४औँ संशोधनसँगै जीपी भवन निर्माणमा देखिएको कानूनी बाधासमेत हटेको नगरप्रमुख पोखरे

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २८२ पटक पढिएको
  • खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित ९ जनाविरुद्ध मुद्दा दायर

    इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत ९ जनाविरुद्ध गैर कानुनी लाभ तथा हानी एवं गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको छ । अख्तियारले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ स्थित कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित २५ लाख ५० हजार रकममा अनियमितता गरेको आरोपमा शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले आरोप पत्रमा जिल्ला शिक्षा कार्यालयले तयार पारेको लागत इष्टिमेटको आधारमा स्थलगत चेकजाँच गर्दा भवन निर्माण कार्यमा इष्टिमेट अनुसार गुणस्तरको सा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २८२ पटक पढिएको
  • धनकुटामा सञ्चालनमा रहेका होटलहरुबाट अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट

    इटहरी । धनकुटामा सञ्चालनमा रहेका होटलहरुबाट अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको छ। होटल अनुगमनका क्रममा बिहिवार करिब एक दर्जन होटलमा भेटिएको अखाद्यवस्तु तथा पेयपदार्थ जफत गरि नष्ट गरिएको हो। कोशी राजमार्ग स्थित भेडेटार–धनकुटा सडकखण्डमा पर्ने होटलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा होटलबाट म्याद गुज्रिएका स्प्राईट, फेन्टा, ड्यू र कोकाकोला लगायतका पेयपदार्थ भेटिएको थियो। यस्तै बिस्कुट लगायतका गरि जम्मा ४ हजार ७ सय रुपैयाँ बराबरका म्याद गुज्रेका अखद्या बस्टु फेला पारी नष्ट गरीएको हो। उक्त अखाद्य बस्तु जफत गरि सोही स्थानमा नष्ट गरिएको खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २७९ पटक पढिएको
  • दोस्रो बराह एसइई कपमा ३२ बिद्यालयले प्रतिष्पर्धा गर्ने

    इटहरी । बिद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उदेश्वले सुनसरीमा सुरु गरिएको बराह एसइई कप अन्तर माध्यमिक फुटबलको दोस्रो संस्करणमा ३२ वटा बिद्यालयले प्रतिष्पर्धा गर्ने भएका छन । सुनसरीको बराहक्षेत्र ३ मा रहेको स्काई फुटबल एकेडेमीको आयोजनामा आइतबारदेखी हुने प्रतियोगितामा मोरङ र सुनसरीका ३२ वटा बिद्यालयले सहभागिता जनाउने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तीन सातासम्म चल्ने प्रतियोगितामा एसईई दिएर बसेका बिद्यार्थीहरुले मात्र खेल्न पाउने एकेडेमीका संरक्षक एवंम फुटबल प्रशिक्षक नदी राईले जानकारी दिए । बराहक्षेत्र नगरपालिका ३ स्थित खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार र

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३६२ पटक पढिएको
  • श्री नं. २ वाहिनीमा १२ औँ सैन्य आधार तालिमको दीक्षान्त

    इटहरी । धनकुटाको हिल स्थित श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेकमा सञ्चालित १२ औँ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । नं. २ बाहिनी अड्डा हिलेमा  २०८१ भाद्रबाट सुरु भएको सि.सं. १२ सैन्य आधार तालिम बिहीबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नं. २ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दिलविक्रम सुब्बाले तालिमका शिक्षार्थी सैन्य द्वारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात् नवनियुक्त सिपाहीहरूलाई लामो अवधिको आधारभूत तालिम सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै देशको जिम्मेवारी काँधमा आएको बताउनु भयो। उहाँले दीक्षित २ सय ९८ जना नवनियुक्त तालिमे सिपाहीहरूलाई

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३४१ पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि मतदान सम्पन्न

    इटहरी । इटहरी वडा नं। १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । विद्यालयका कप्तान, भाइस कप्तान र हाउस कप्तानसहित १२ पदका लागि भएको निर्वाचनमा ३९ जना विद्यार्थी उम्मेदवार बनेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि आयोजना गरिएको निर्वाचनमा करिब ८० प्रतिशत, अर्थात् ६४२ मत खसेको थियो। चारवटा मतदान केन्द्रमा विद्यार्थीले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृत युवराज काफ्लेका अनुसार कप्तान पदमा छात्रतर्फ चार र छात्रातर्फ दुई उम्मेदवार थिए भने सहायक कप्तानमा छात्राछात्रा दुबै तर्फ तीन–तीन जना उम्मेदवार थिए। हाउस कप्तान पदमा ग्रिन

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २६० पटक पढिएको
  • मोरङको केराबारीमा भरुवा बन्दुक सहित २ जना पक्राउ

    इटहरी । घरभित्र अवैध भरुवा बन्दुक भेटिएपछि प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट २ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ । केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको हो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले राति १०ः३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो । घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहाद

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २४१ पटक पढिएको
  • दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

    इटहरी । ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए । उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताए

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २४८ पटक पढिएको
  • विराटनगर चार्जिङ स्टेशनमा करेन्ट लाग्दा एकको मृत्यु

    इटहरी । विराटनगरमा सीटी सफारी चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको स्टेशनमा सीटी सफारी (ई–रिक्सा) चार्ज गर्ने क्रममा यादवलाई बिहीबार दिउँसो ३ः१५ बजेतिर करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । उक्त चार्जिङ स्टेशन कमलदेव यादवले सञ्चालन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]