इटहरी । धनकुटाको दाह्रेगौडा–घुमाउने–मूल खर्क सडक खण्डमा कालोपत्रेको काम सुरू भएको छ । डिभिजन सडक कार्यालय धनकुटाले दुई प्याकेजमार्फत छ करोड ४४ लाख रुपियाँको लागतमा नाला, पर्खाल मोड सुधार र कालोपत्रेको काम अघि बढाएको हो । २०५४ सालमा ट्रयाक खुलेको यो सडकमा चालु आर्थिक वर्षमा कालोपत्रे हुन लागेको हो । दाह्रे गौडाबाट घुमाउने–मूल खर्क हुँदै लेगुवा जोड्ने ३१ किलोमिटरमध्ये यो आर्थिक वर्षमा पहिलो खण्डको १९ सय ५० मिटर सडक कालोपत्रे हुनेछ । १९ सय ५० मिटरमध्ये दुई चरणमा गरी सात सय मिटर दुई करोड चार लाखमा र १२ सय ५० मिटर चार करोड ४४ लाखमा ठेक्का लागिका सुरु भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । सो
इटहरी । ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन् । बर्खायाममा वजनदार ट्रक वा ट्याक्टरमार्फत गोलिया काठ निकासी गर्दा ग्रामीण सडक क्षतिग्रस्त हुने भन्दै स्थानीय तहले निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका हुन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले जेठ १५ देखि आगामी भदौ मसान्तसम्म गोलिया निकासी गर्न प्रतिबन्ध लगाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै वर्षाको समयमा हुन सक्ने बाढीपहिरोको जोखिम तथा मोटरबाटो क्षतिलाई न्यूनीकरण गर्न गोलिया निकासीमा प्रतिबन्ध लगाएको उल्लेख गर्नुभएको छ
इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा एक व्यक्तिले जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । सोमबार बेलुका भएको घटनामा ४८ वर्षीय मही चौधरीले ग्रिल काट्ने फलामको ग्रेन्डर प्रयोग गर्दा बालक घाइते भएका हुन् । महीले आफ्नै ग्रिल पसलमा ग्रेन्डरमा ब्लेड जडान गरी जिस्काउने क्रममा ७ वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको प्रहरीले जनाएको छ । घटनापछि बालकलाई उपचारका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बालकको अवस्था अहिले सामान्य रहेको छ। प्रहरीका अनुसार घटनापछि मही चौधरीले नै बालकलाई अस्पतालसम्म पुर्याएका थिए । घटनाको
इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्यूटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो । व्यूटीपार्लर व्यवसायी श्रेष्ठलाई कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत श्रेष्ठले नगद साथै सम्मानपत्र पाउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले सफल महिला उद्यमी तथा उत्कृष्ट व्यवसायी छनोट गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरेको थियो । सातौं राष्ट्रिय महिला अधिका
इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानास्थित कटान खोलाको बगरमा बालुवामा गाडिएको अवस्थामा लागूऔषध गाँजा फेला परेको छ। हिजो साँझ ५:०० बजे प्राप्त एक गोप्य सूचनाको आधारमा प्रहरी चौकी घुस्की मार्फत सूचना पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, सुरक्षा बेस वसन्तपुर र जिल्ला प्रहरी कार्यालय सुनसरी सहितको संयुक्त टोली घटनास्थलमा परिचालित भएका थिए । प्रहरीका अनुसार, सो स्थानमा गरिएको विशेष खोजतलासबाट कटान खोलाको किनारमा बालुवा मुनी लुकाइ छिपाइ राखिएको अवस्थामा ३८ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ११ सय २० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्य
इटहरी । जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो । भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ । यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा
इटहरी । ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुङले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ वर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू बुधबार बिहान सरिता लिम्बूकी फूपू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका–३ को तावा पुग्नुभएको थियो । राति नै गुरुङ र उहाँकी श्रीमतीबिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो । तर फक्ताङलुङ गाउँपालिका–३ क
भोजपुर | षडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न "षडानन्द मेयर कप अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता" को उपाधि आयोजक षडानन्द नगरपालिकाले हात पार्न सफल भएको छ। समापन खेलमा षडानन्द नगरपालिकाले प्रतिस्पर्धी पाँचखपन नगरपालिकालाई रोमाञ्चक भिडन्तमा ३-१ सेटको अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।फाइनल खेलमा पाँचखपन नगरपालिकाले पहिलो सेट २५–२० को स्कोरमा जित हात पारेको थियो। तर, त्यसपछि षडानन्दले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेटहरु २५–१७, २६–२४, र २५–२० को नतिजामा जित दर्ता गर्दै समग्र खेलमा ३–१ को विजय हासिल गरेको हो।प्रतियोगितामा कोशी प्रदेशका विभिन्न छ वटा पालिकाहरूले सहभ
सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ मा उपभोक्ताहरूका हकहित, अधिकार र सजगता वृद्धिका लागि लक्षित गर्दै "उपभोक्ता सचेतना कार्यक्रम" सम्पन्न गरिएको छ। प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. सुन्दरहरैँचा र सुन्दरहरैँचा नगरपालिका कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपभोक्ताहरूले भोग्दै आएका समस्याहरू, उपभोक्ता कानुन, बजारमा हुने अनियमितता तथा यसको समाधानका उपायबारे विस्तृत जानकारी दिइएको थियो।कार्यक्रम प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि. का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा नगरपालिकाकी उपप्रमुख अकली कुमारी चौधरीको प्रमुख आति
इटहरी । पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले जितेको छ । मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिमले डाँस मोरङ्गी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय २१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । डाँस मोरङ्गीका लागि उमर सानीले सर्वाधिक ३२ रन बनाउदा रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान गर्नुभयो । बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले ३ विकेट लिदा मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २÷२ व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.