इटहरी । नेपालको पूर्वी पहाडी जिल्ला इलाम जहाँ बर्सेनि हरियालीमा रमाउनेहरू तानिन्छन् । यहाँका चियाबारी अहिले चियाको बगान मात्र नभई पर्यटनको केन्द्रविन्दु बन्न थालेका छन् । हरिया पाखा, ढल्कँदो घाममा टल्किने चियाका पात र हिमालको काखमा फैलिएको प्राकृतिक सुन्दरताले इलामलाई चिया पर्यटनको ‘ब्रान्ड’ बनाउन थालेको छ । इलामका चियाबारी आजकल सेल्फी लिने, भिडियो बनाउने, घोडचढी गर्ने वा शान्त वातावरणमा रमाउने पर्यटकको पहिलो रोजाइ बन्न थालेका छन् । विशेष गरी कन्याम, अन्तु, पानीटार, फिक्कल र माईपोखरी क्षेत्रका चियाबारीमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदर
मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका–३, गछियामा रहेको आश्रय सुधार तथा उपचार केन्द्रले सामाजिक रूपान्तरणमा सक्रिय व्यक्तित्व महाविर पुनद्वारा लिखित २० थान पुस्तक खरिद गरी विशेष कार्यक्रम आयोजना गरेको छ । लागुऔषध दुव्र्यसनमा फसेका युवाहरूलाई जीवनमा सकारात्मक सोच, आत्मबल र राष्ट्रप्रेमको भावना जगाउने उद्देश्यले केन्द्रले करिब १५ हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेको आश्रय सुधार तथा उपचार केन्द्रलले जनाएको छ ।डा. महाविर पुनलाई विशेष सम्मान समेत गरिएको थियो । देशको विज्ञान, प्रविधि, नवप्रवर्तन तथा सामाजिक रूपान्तरणको क्षेत्रमा योगदान पु¥याउँदै आएका पुनको जीवनदर्शन, संघर्ष र प्रेरणादायी कार्यहरू के
पाँचथर | याङवरक गाउँपालिका–१ स्थित तोरीफुले नाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (BOP) ले अवैध क्रियाकलाप नियन्त्रणका लागि व्यापक गस्ती सञ्चालन गरिरहेको छ। कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहीत बहादुर भुजेलको नेतृत्वमा सीमावर्ती क्षेत्रमा सुरक्षालाई सशक्त बनाइएको हो।नाकामा जङ्गली जनावर तथा जडिबुटी तस्करी न्यूनीकरण भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिन राईले जानकारी दिनुभयो। उहाँका अनुसार रेड पाण्डा जस्ता दुर्लभ वन्यजन्तु र बहुमूल्य जडिबुटीको अवैध ओसारपसारमा हाल रोक लागेको छ।सशस्त्र प्रहरीले लागू औषध ओसारपसार नियन्त्रणमा समेत विशेष सक्रियता देखाएको छ। सीमावर्ती क्षे
काठमाडौँ, ३० वैशाख । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएका हुन् । उनले भने, 'सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरण अर्थात् प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्दछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायको कुरामा प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच तथा गुणस्तरमा सुधार हुने क्षेत्रमा काम गरिनुपर्छ ।' सार्वजनिक खर्चल
खोटाङ, वैशाख ३० – नेपाल खेलकुद प्रतिष्ठान, खोटाङको आयोजनामा सुरु भएको 'दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२' अन्तर्गत टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिताको उद्घाटन मंगलवार एक विशेष समारोहबीच सम्पन्न भयो।कार्यक्रमको प्रमुख अतिथिका रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री कृष्ण बस्नेत (पर्शुराम) सहभागी हुनु भएको थियो। समारोह दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईको अध्यक्षतामा सम्पन्न भएको हो।उद्घाटन समारोहमा प्रमुख अतिथि सदस्य सचिव बस्नेत, प्रतिष्ठानका अध्यक्ष सञ्जय कुमार राई लगायत अन्य विशिष्ट अतिथिहरूले च्याब्रुङ् र झ्याम्टाको सांस्
इटहरी । संखुवासभाको खाँदबारीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका( १ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ५ जना सोमबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ७० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे सुनसरी उद्योग वाणिज्य सघंले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरुले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएको हो । त्यसैगरी, समितिमा मकवानपुर उद्योग वाणिज्य सघंले यही वैशाख २५ गते पूर्व पश्चिम राजमार्गको हेटौँडाको रातोमाटेदेखि चौकोटोलसम्
इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार संक्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि चैतसम्म ४ गरी ९जनामा कालाजार संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा संक्रमण पुष्टि भएकोमा वडा नं ४ का १ साथै वडा नं ५ र ७ मा २–२ गरी ५ जना नागरिक हुनुहुन्छ । कालाजार ’स्याण्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । एकपटक संक्रमित व्यक्तिलाई टोकेपछि, सोही भुसुनाले अन्य व्यक्तिलाई टोक्दा रोग सर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमूख
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । कोशी प्रदेश फुटबल सङ्घद्वारा आज यहाँ आयोजित एशियाली फुटबल काउन्सिल एएफसी लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो, समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।” फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उहाँल
इटहरी । सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ । स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९औँ बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताउनुभयो । बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.