समाज

    Showing ५,१०१-५,११० of ११,२६६ items.
  • सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

    इटहरी । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो। मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताउनु

    • प्रकाशित मितिः असोज १, २०८२
    • १८६ पटक पढिएको
  • जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुलुङको शव ल्याइयो सङ्खुवासभा

    इटहरी । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरिरलाई सङ्खुवासभा ल्याइएको छ । नेपाली सेनाको हेलिकप्ट मार्फत् कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो । सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरिरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए । श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो

    • प्रकाशित मितिः असोज १, २०८२
    • २५७ पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमान स्थलमा दुई महिनादेखि हवाई उडान ठप्प

    इटहरी । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ । हालसम्ममा करिब सात वटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार उडान तालिका रहेपनि मौसमका कारण उडान सफल हुन सकिरहेको छैन । काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरे पनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बिचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाइ छ । दुई महिनाको अवधिमा तीन पटक जहाज बिचबाटै पुनः काठमाडौँ नै फर्किएको बताइएको छ ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • २३६ पटक पढिएको
  • जेनजी प्रदर्शनका क्रममा फरार चार कैदी पाँचथरमा पक्राउ

    इटहरी । जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका चार जना कैदी पाँचथरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर तुम्बेवा ५ मौवाका ४० वर्षीय गोपाल बोहोरा, फिदिम नगरपालिका ५ का ३० वर्षीय मंगलसिंह तुम्वापो र फिदिम नगरपालिका १ का ३६ वर्षीय चन्द्र भनिने विनय नेम्वाङ र पाँचथर कुम्मायक १ निवासी ४५ वर्षीय घनेन्द्र ताामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक कौशल बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार पक्राउ परेकामध्ये फिदिम १ का चन्द्र भनिने विनय नेम्वाङ  काठमाडौँस्थित नख्खु कारागारबाट भागेका हुन् भने तीन जना सुनसरीको झुम्का कारागारबाट भागेका हुन् ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • ३५२ पटक पढिएको
  • पाँचथरका सडकहरू डाइभर्सनमै निर्भर, पुल अभावले यातायात थप संकटमा

    इटहरी । पाँचथरको सडकमार्गका विभिन्न खोलानालामा पुलपुलेसाको अभाव छ । विसं २०८०र८१ मा आएको बाढीले भएका पुल बगाएपछि अधिकांश खोलानालामा डाइभर्सन बनाएर अस्थायी रूपमा यातायात सञ्चालन गरिँदै आएको छ । यस्ता डाइभर्सन बाढी आउनासाथ पुरिने वा बग्ने गरेकाले यात्रुले गन्तव्यमा पुग्दासम्म धेरै तनाव झेल्नु परेको छ । तमोर कोरिडोर अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवाखोलाको डाइभर्सन बगेपछि जेठ पहिलो साताबाटै यातायात बन्द छ । पाँचथरको फिदिमदेखि नागिन, याङ्नाम, सिदिन प्राङबुङ हँुदै नेपाल–भारत सीमावर्ती फालौट खण्डमा पर्ने फेमेखोला र सोही सडकमा पर्ने फालेलुङ–६ र ५ लाई सिमाना छुट्याएर बग्ने

    • प्रकाशित मितिः असोज १, २०८२
    • २५७ पटक पढिएको
  • ताप्लेजुङमा पहिरोले ११ परिवार विस्थापित, १२ घर उच्च जोखिममा

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिन यतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा २ ढुङ्गेसाँघु, वडा ४ साँघु तथा वडा ५ र ६ फाकुम्बामा पहिरोले क्षति गरेको हो । पहिलोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । यस्तै, वडा ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा ५ मा एक घर विस्थापित र सात घर जोखिम

    • प्रकाशित मितिः असोज १, २०८२
    • २१५ पटक पढिएको
  • सुनसरीका तीन दर्जनभन्दा बढी अगुवा कार्यकर्ताले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उनमुक्ति पार्टी परित्याग गरे

    इटहरी । रंजिता श्रेष्ठ नेतृत्वको नारगरिक उनमुत्ति पार्टीले जनता तथा कार्यकर्ताहरुको मनोभावना अनुसार काम नगरेको  र सत्तामोहमा केन्द्रित भएको भन्दै सुनसरीका अधिकासं अगुवा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । आज सुनसरीको इटहरी १२ स्थित खनारको रेडकक्रस भवनमा संयुत्त पार्टी परित्याग कार्यक्रमको आयोजना गदै सुनसरीका ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।  हालैको जेनजी आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै केही नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हु्न । २०८२ साल भदौ २३ र २४ गते भएको राज्य द्वारा ७२ जनाको हत्या र सहादत प्राप्त गरेका विद्यार्थी, द

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ३११ पटक पढिएको
  • इटहरीमा नेकपा एमालेद्वारा बृहत रक्तदान कार्यक्रम, ७१ जनाले गरे रक्तदान

    इटहरी । नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको पहलमा सोमबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।हालै जेनजी आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या बढ्दै गएको र संघ–संस्थाहरूबाट पछिल्लो समय रक्तदान कार्यक्रम सञ्चालन नभएकाले रक्त अभाव देखिएको जानकारी पाएपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको एमाले इटहरी उपमहानगर कमिटीका अध्यक्ष रुपेश बस्नेतले जानकारी दिनुभयो। उहाँले नेकपा एमाले सदैव समाज र जनताको आवश्यकता अनुसार क्रियाकलापमा संलग्न रहने बताउँदै रक्तदान जीवनदानको महान कार्य भएकाले निरन्तरता दिने प्र

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ५४२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमै, असोज ४ गतेपछि सामान्य सेवा सुरु हुने

    इटहरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहद्धारा उपमहानगर कार्यालय तोडफोड र आगजनी भएपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमै बसेको छ । मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरी सहित कार्यपालिका सदस्यहरूले उपमहानगर परिसरको खाली भुइँमै बसेर बैठक गरेका छन् । बैठकमा असोज ४ गतेपछि उपमहानगरले सामान्य सेवा सुरु गर्ने निर्णय भएको छ, त्यसका लागि कार्यालयका प्रमुखहरूलाई अत्यावश्यक सामग्रीहरूको सूची तयार गर्न निर्देशन दिइएको छ ।  मेयर पौडेलले जस्तोसुकै परिस्थितिमा भए पनि असोज ४ गतेपछि जनतालाई पालिकाबाट सेवा दिने बताउनुभयो । बैठकमा सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएको क्षति र आन्दोलनमा घुसपै

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • ३७८ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचा नगरपालिकामा आन्दोलनकै नाममा आगजनी र चोरी, नागरिकसहित सरसफाइ र खोजी अभियान सुरु

    इटहरी । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालय मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतको सहभागितामा सरसफाइ गरिएको छ । आन्दोलनका नाममा अराजक गतिविधि गर्दै भवनमा आगो लगाउदा राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधी, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा ÷ उप–शाखा÷इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताइएको छ । कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • २७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]