समाज

    Showing ५,६९१-५,७०० of ११,२६६ items.
  • सुन्दरहरैंचाको शेष नारायण मन्दिरमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

    मौसम कोइराला इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिका–३, घेरावनीस्थित ऐतिहासिक एवं धार्मिक महत्वको शेष नारायण दिव्यधाम आचार्य सेवा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।कार्यक्रममा बोल्दै इटहरीस्थित एक्सपर्ट एजुकेशनका प्रबन्ध निर्देशक कमल तिम्सिनाले यस गुरुकुलमा अध्ययनरत बटुकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान अघि सारिएको बताउनु भयो । उहाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष समाजका वञ्चित वर्गलाई सहयोग गर्दै आएको र यसपालि गुरुकुलका विद्यार्थीलाई सहयोग प्रदान

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४४५ पटक पढिएको
  • इटहरीको स्किल क्याम्पसद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम

    इटहरी | इटहरी चोकमा अवस्थित स्किल क्याम्पसले कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम स्किल क्याम्पसका प्रिन्सिपल प्रज्वल पराजुलीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।यस अघि भएको अभिमुखिकरण कार्यक्रम अन्तर्गत ध्यान–योग, सांस्कृतिक प्रस्तुति, शिक्षण–सिकाइ, व्यावहारिक ज्ञान, खेलकुद तथा आत्म–पहिचान जस्ता विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।स्किल क्याम्पसका प्रिन्सिपल पराजुलीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यावसायिक सीपमा समेत दक्ष बनाउन क्याम्पसले होटल म्यानेजमेन्ट

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४५४ पटक पढिएको
  • पूर्वी नेपालमा नागपञ्चीदेखि लाखेनाच सुरु, संरक्षणमा विशेष जोड

    इटहरी । नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको लाखेनाच पूर्वी नेपालका विभिन्न नेवार बस्तीहरूमा नागपञ्चमीदेखि सुरु भएको छ। सांस्कृतिक संरक्षणको उद्देश्यले यस वर्ष विशेष व्यवस्थापनसहित यो लाखे नाच परम्परा अघि बढाइएको हो । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी लगायत चैनपुर, सिभुवा, तुम्लिङटारजस्ता मुख्य नेवार वस्तीहरूमा भीमसेन मन्दिरमा पूजा–अनुष्ठान गरी विधिवतरुपमा लाखे निकालिएको छ। नेवा देय दबु संखुवासभाको संयोजनमा सुरु भएको लाखेनाच कृष्णजन्माष्टमीसम्म निरन्तर चल्नेछ । नेवा देय दबु संखुवासभाका अध्यक्ष सीता शाक्यका अनुसार, लाखे नाचलाई मर्यादित र अनुशासित राख्न मादक पदार्थ सेवन, अनधिक

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३६१ पटक पढिएको
  • कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु

    इटहरी । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । प्रदेश वन निर्देशनालय धरानका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२(६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट ९७ जनाको मृत्यु भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए । उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले बताए । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सा

    • प्रकाशित मितिः साउन १४, २०८२
    • २३१ पटक पढिएको
  • जङ्गली जनावर, क्रसर उद्योग र प्लास्टिकविरुद्ध मेयर भट्टराईको आमरण अनशन सुरु

    इटहरी । तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको बताउनुभयो ।  बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन

    • प्रकाशित मितिः साउन १४, २०८२
    • २१९ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले हरेक वडामा एक कृषि प्राविधिक राख्ने

    इटहरी । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको हो । ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नाराका साथ गाउँपालिकाले प्रत्येक वडाका किसानलाई खेती लगाउने तरिकाका साथ यसको व्यवस्थापनसम्बन्धी जानकारी गराउने गरी ‘एक वडा, एक कृषि प्राविधिक’ राख्ने भएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो । उहाँका अनुसार किसानको घरदैलोमा प्राविधिक सेवा पुग्ने भएकाले पनि यो कार्य अपनाइएको हो । यस कार्यक्रमअन्तर्गत पालिकाले मुख्य उत्पादन दिने खेती क्षेत्रको वर्गीकरण गरी त्य

    • प्रकाशित मितिः साउन १४, २०८२
    • २८० पटक पढिएको
  • एक वर्षमै लसुन आयात तीन गुणाले बढ्यो, ३३ करोड राजस्व संकलन

    इटहरी। कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो । यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५।१ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८० र ८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ ह

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३४७ पटक पढिएको
  • कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा सेवा विस्तार

    इटहरी । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका नमुना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो ।  विसं २०८२ वैशाख २१ गते प्रयोगशालामा पहिलो नमुना आएको थियो । त्यसयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कुरियरमार्फत आएका एक हजार तीन सय नमुनाको परीक्षण भएको छ । नमुना परीक्षणपछि सेवाग्राहीलाई त्यसको रिपोर्ट मोबाइल नम्बर, क्युआर र युजरआइडीबाट हेर्न मिल्ने सुविधा रहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अधिकृत रेवती ढुङ्

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४९१ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोलाले छान्यो पालिकास्तरीय गौरवका योजना

    इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो पालिकाको गौरवका योजना छनोट गरेको छ । गाउँपालिकाले विभिन्न १४ वटा योजनाको नाम सूचिकृत गर्दै पालिकाको गौरवका योजना छनोट गरेको हो । चालु नयाँ आर्थिक वर्षका लागि पारित नीति कार्यक्रममै १४ वटा योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा सूचिकृत गरेको छ । गाउँपालिकाले छनोट गरेको गौरवका योजनामा वडा १ खोक्लिङको हान्द्रदुङदेखि डाँडागाउँ–लिबाङ–साँवा हुँदै वडा ५ पापुङ जोड्ने सडक कालोपत्रे गर्ने, निर्माणाधीन प्रशासकीय भवनलाई सम्पन्न गर्ने रहेको छ । यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम, पाँच शøयाको अस्पताल, पापुङमा बर्थिङ सेन्टर ९प्रसूति केन्द्र० स्थापना

    • प्रकाशित मितिः साउन १४, २०८२
    • १६४ पटक पढिएको
  • ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधन कारबाहीमा

    इटहरी । ताप्लेजुङमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्षमा विभिन्न सवारी साधन कारबाहीमा परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका गएको आर्थिक वर्ष २०८१र८२ मा कुल एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका छन्। गएको आवमा सबैभन्दा बढी ४८२ वटा मोटरसाइकल कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक ९असई० सुमन अधिकारीले जानकारी दिनुभयो। प्रसनि अधिकारीका अनुसार मोटरसाइकलपछि ३७५ वटा कार, भ्यान र जिप कारबाहीमा परेका छन्। यस्तै ट्रयाक्टर १०७ वटा, ट

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]