समाज

    Showing ५,९४१-५,९५० of ११,२६८ items.
  • स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको जनगुनासो

    इटहरी । मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो तर २०८१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजीवकुमार सिंहका अनुसार यो सबस्टेसन छरआठ एमभिए क्षमताको हुने छ । उहाँका अनुसार आठ करोड ३९ लाख ४३ हजार १०४ रुपियाँमा जयदुर्गे निर्माण सेवाले सबस्टेसन निर्माणको काम गरिरहेको छ । यसका अतिरिक्त ट्रान्समिसन लाइनको काम पन

    • प्रकाशित मितिः असार २७, २०८२
    • २६० पटक पढिएको
  • ताप्लेजुङका ४४ वडा बाढीपहिरोको उच्च जोखिममा, विपद् व्यवस्थापन समिति

    इटहरी । ताप्लेजुङका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको विपद् प्रभावित क्षेत्रको पहिचान गर्दै जिल्लाका ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । बाढी पहिरोको उच्च र मध्यम जोखिम क्षेत्रका पहिचान गरी सतर्क र सुरक्षित रहनका लागि पूर्वतयारी गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ । विपद् प्रभावित क्षेत्रको पहिचान गरिएसँगै सतर्कता अपनाउन विपद् प्रतिकार्य योजना बनाएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी

    • प्रकाशित मितिः असार २७, २०८२
    • २३३ पटक पढिएको
  • गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप

    इटहरी । झापामा केहि समययता गाईगोरुमा लम्पी स्किन रोगको प्रकोप देखा परेको छ । झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बताइएको छ । जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरुको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढि गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ । बाह्रदशी र मेचीनगरमा यसको प्रकोप सबैभन्दा बढि देखिएको पनि भट्टराईले बताउनुभएको छ । बाह्रदशीमामात्र तीन हजारभन्दा बढि गाईगोरु सङ्क्रम

    • प्रकाशित मितिः असार २७, २०८२
    • २७३ पटक पढिएको
  • इटहरीमा दुर्व्यसनविरुद्धको अभियान : दुई युवा निःशुल्क उपचारमा, बाल आश्रममा सहयोग

    इटहरी, | हेल्पिङ ह्याण्ड्स क्लब इटहरी–५ र राष्ट्रिय युवा संघ नेपाल सुनसरीका युवा फोर्स प्रमुख सबिन श्रेष्ठ तथा समाजसेवी सजन गौर्हाङको संयुक्त पहलमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान सञ्चालन गरिएको छ।"दुर्व्यसन एउटा रोग हो, सुधार सम्भव छ" भन्ने नाराका साथ आर्थिक रूपमा विपन्न र कमजोर अवस्थामा रहेका दुई युवालाई अभिभावकको अनुमति लिएर मोक्ष पुनर्जीवन केन्द्र र मुक्ति सुधार गृहमा निःशुल्क उपचारका लागि राखिएको आयोजकले जनाएका छन्।साथै, उनीहरूले इटहरीस्थित निशाहाय बालबालिका सेवा आश्रममा पुगेर सम्पूर्ण बालबालिकासँग खुसी साटासाट गरेका थिए। बालबालिकासँग रमाइलो गर्दै उनीहरूलाई रात्रिकालीन खानपिनको समेत व्य

    • प्रकाशित मितिः असार २७, २०८२
    • २८५ पटक पढिएको
  • मन्त्री रेवति रमण भण्डारीद्वारा यातायात व्यवस्थापन कार्यालय इटहरीको अनुगमन

    इटहरी | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन्। नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं अनुगमनमा निस्किएका हुन्।मन्त्री भण्डारीको सचिवालयसहितको टोलीले कार्यालयको विभिन्न शाखाहरू अवलोकन गर्दै कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग छलफल गरेका थिए। अनुगमनको क्रममा मन्त्री भण्डारीले नागरिकले दैनिक रूपमा सेवा लिने यातायात कार्यालयमा व्याप्त समस्याहरूलाई सम्बोधन गर्

    • प्रकाशित मितिः असार २७, २०८२
    • ७५७ पटक पढिएको
  • गण्डकी सरकारले गुरुङ र मगर भाषालाई कामकाजी भाषा मान्य गरेपछि इटहरीमा दीप प्रज्वलन

    इटहरी | गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि मान्यता दिँदै विधेयक पारित गरेपछि इटहरीमा रहेको गुरुङ समुदायले बिहीबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदसहित विभिन्न गुरुङ संघसंस्थाहरूको संयुक्त आयोजनामा इटहरी चौकमा दीप प्रज्वलन गरिएको हो। ऐतिहासिक निर्णयप्रति खुशी व्यक्त गर्दै आयोजकहरूले यसलाई आदिवासी जनजातिको पहिचान र अधिकारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ रहेका थिए। कार्यक्रमको अध्यक्षता परिषदका सुनसरी

    • प्रकाशित मितिः असार २६, २०८२
    • १,७३७ पटक पढिएको
  • केराबारी गाउँपालिकामा बालविकास केन्द्र र अपांगता भएका व्यक्तिहरूलाई सामग्री वितरण

    मोरङ | केराबारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. १, २, ३ र ४ अन्तर्गत सञ्चालित ६ वटा विद्यालयमा रहेका बालविकास केन्द्रहरूलाई शैक्षिक, खेलकुद तथा कक्षा कोठा व्यवस्थापनका सामग्रीहरू वितरण गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्रीहरू पनि प्रदान गरिएको छ।सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक मनमाया मगरको अध्यक्षता र प्रशासन शाखा प्रमुख  नविनराज भट्टराईको आतिथ्यतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मनमाया मगरले कार्यक्रममा बोल्दै पहाडी क्षेत्रमा रहेका विद्यालयहरू र त्यहाँका

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५१० पटक पढिएको
  • झापामा हात्तीको कारण जनजीवन प्रभावित, दुई घरमा क्षति

    इटहरी । झापामा हात्तीको कारण जनजीवन प्रभावित बनेको छ । झापाका अधिकांश पालिकाहरुमा हात्तीको दैनिक आवत–जावत हुनेगरेको छ । यसैबिच कचनकवल गाउँपालिकाको दुई घरमा हात्तीले बुधबार राति क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारकोशे जङ्गलबाट निस्किएका दुई वटा जंगली हात्तीले कचनकवल गाउँपालिका –६ मा बाबुराम हेमरम र बड्का सोरेनको घर भत्काएर क्षति गरेको हो । टिनको छानो र टाँटी बेरा भएको दुई वटै घरलाई स्थानीय जंगलबाट निस्केका हात्तीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँहरुको घरभित्र भएको अन्नपात नष्ट गरेको छ । बुद्धशान्ति गाउँपालिकामा पनि हात्तीले एक पक्की घरमा क्षति

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३९४ पटक पढिएको
  • लागू औषध ५ केजी गाँजासहित दुई युवक पक्राउ

    इटहरी । सुनसरीको देवानगंज गाउँपालिकाबाट लागू औषध गाँजा सहित दुई युवक पक्राउ परेका छन । प्रहरीले करिब ५ केजी गाँजा जस्तो देखिने पदार्थ सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले देवानगंज–२ स्थित गुरुदयाल यादवको घरमा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा गोठघरमा मकैको ढोडभित्र बोरामा छोपेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गुरुदयाल यादवका २० वर्षीय छोरा प्रकाश यादव  र  १९ वर्षीय धिरज यादवलाई पक्राउ गरेको हो। उनीहरूलाई बरामद गाँजा सहित थप अनुसन्धानका लागि जिल

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३०० पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाको बजेट खर्च ८९ प्रतिशत बढी

    इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९।११ प्रतिशत खर्च गरेको हो ।  गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७।४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०।०५ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यररत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]