सुनसरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते गढी गाउँपालिका सभा भवनमा सम्पन्न भएकाे ।भमरी सेवा केन्द्र समूहकि सदस्य देवी सिंहकाे अध्यक्षता तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस संचालक भोला धिताल, गढी गाउँपालिका २ नं. वडा अध्यक्ष प्रभाकर माझी, सिद्धार्थ बैंक प्रबन्धक हेमराज श्रेष्ठ साथै प्रतिनिधि , कर्मचारीहरु लगायत ८१ जना शेयर सदस्यकाे सहभागिता रहेको भमरी सेवाकेन्द्र साखा प्रमुख दशरथ राजवंशीले बताउनुभयो।कार्यक्रममा सहभागि बाट ब्यापक छलफल सहित प्रतिबेदन पास,१७ जना माइन्युट प्रमाणित गर्ने टिम र ३
संखुवासभा | संखुवासभाको धर्मवेदि नगरपालिका–९ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी, र अभिभावकबीच सहकार्य सुदृढ गर्न शिक्षण र सिकाइमा सुधार ल्याउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराउनु हो । अभिभावकहरुले विद्यालयमा इङ्लिश मिडियममा पढाइ भए पनि सिकाइ स्तर चित्तबुझ्दो नभएको र शिक्षकले मात्र विद्यार्थीलाई दोष दिनु नहुने बताएका छन् । शैक्षिक गुणस्तर पहिलाको तुलनामा खस्किएको र यसको खोजी गर्न अभिभावकले चासो देखाउनुपर्ने ९ वडा अध्यक्ष चित्र कुमार कार्कीले बताए । शिक्षक, अ
पथरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई ५ काे साधारण सभा १९ गते पथरी सेवाकेन्द्रमा सम्पन्न भएकाे ।पथरी सेवा केन्द्र संयाेजक अशाेक अाचार्यकाे अध्यक्षता र पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यमा पथरी शनिस्चरे वडा १ काे शिबालय मन्दिर हलमा सम्पन्न कार्यक्रममा वडा १ नम्बर वडाका वडा सदस्य सुरेस कुमार कार्कि, सहारा नेपाल साकाेसका महिला उपाध्यक्ष पबित्रा सुब्बा ,संचालक सदस्य भाेला धिताल,पथरी सेवा केन्द्र संचालन समिति बाट नारायण खतिवडा,राम कुमार बस्नेत,लक्ष्मि अधिकारि,सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ, बिभिन्न सेवा केन्द्र प्रमुख, प्रतिनिधि ,कर्मचा
इटहरी / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापनमा प्रयोग गरिने सामग्रीहरुको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा ट्राफिक प्रहरीको मुख्य काम सवारी दुर्घटना न्यूनिकरण भएकोले यसलाई प्राथामिकतामा राखि सवारी दुर्घटना न्युनिकरण
इटहरी। टोल विकासका गतिविधि र छलफललाई थपप्रभावकारी बनाउन इटहरी उपमहानगरपालिका वडा नम्बर ५ स्थित तुलसा टोल विकास संस्थाले आफ्नै भवन निर्माण गरेको छ।नवनिर्मित भवन र प्रवेशद्वारको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले गरेकी छन्। यो कार्यक्रम संस्थाको ९औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको थियो।कार्यक्रममा भवन निर्माणका लागि साढे ६ धुर जग्गा दान गर्ने शारदाप्रसाद अधिकारी, मेनुका अधिकारी, र लक्ष्मी अधिकारी दाहाललाई विशेष सम्मान गरिएको थियो। साथै, चार जना जेष्ठ नागरिक र प्रवेशद्वार निर्माणमा सहयोग पुर्याउने अन्य दाताहरुलाई पनि सम्मान गरिएको थियो।कार्यक्रमको अध्यक्षता तुल
इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ ले शनिवार आपगाछिदेखि हलगडासम्मको क्षेत्रलाई फोहोर मुक्त बनाउन बृहत् सरसफाइ गरेको छ ।यो अभियानले स्थानीय समुदायको सहभागितामा क्षेत्रको सौन्दर्य बढाउनुका साथै सफा र हराभरा इटहरी बनाउने लक्ष्य राखेको छ । इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को नेतृत्वमा कार्यक्रममा कोशी राजमार्गको इटहरीको आपगाछि देखि हलगडा सम्म इटहरी युथ ओपन क्यु, विभिन्न संघसंस्था, आमा समूह, युथ क्लब र स्थानीय टोलवासीहरूको उल्लेखनीय योगदानमा सरसफाइ गरिएको थियो । आगामी दिनमा पनि सरसफाइ कार्यक्रम निरन्तरता हुन आवश्यक रहेको इटहरी युथ ओपन क्यु की स्काउटर मास्टर पुष्पा क
बराहक्षेत्र | नेपाल खेलकुद महासंघ बराहक्षेत्र नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गर्दै भिम बहादुर बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन्।बराहक्षेत्र नगर कमिटीको दोस्रो अधिवेशन नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सुनसरी क्षेत्र नं. १ (ख) का सभासद विजय राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। अधिवेशनले अध्यक्षमा भिम बहादुर बस्नेतलाई पुनः निर्वाचित गर्दै, उपाध्यक्षमा होमनाथ पराजुली र महिला उपाध्यक्षमा जुनु लिम्बुलाई चयन गर्यो। यसैगरी, सचिव रोहित शाह, उपसचिव सुमन लिम्बु र रामनारायण चौधरी, कोषाध्यक्ष नरेश राईसहित १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।अध्यक्ष बस्नेतले बराहक्षेत्रका सम्पूर
सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न.१० मा रहेको पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष रु.४४ लाख ३८ हजार २ सय ४२ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । संस्थाले १५ औं वर्षिक साधारणसभाको अवसरमा पुर्व संन्चालक समिति सदस्य , सचीव ,लेखा संयोजक गरि ३ जना र जेष्ट नागरिक २ जनालाई प्रसंसा पत्र सहित सम्मान गरेको छ । त्यसैगरी कर्जा तर्फ उत्कृष्ट ऋणी ५ जना , मासिक बचत तर्फ ४ जना , दैनिक उत्कृष्ट बचत तर्फ ६ जना , उत्कृष्ट खुत्रुक्के बचत तर्फ १ जना र उत्कृष्ट बाल बचत तर्फ १ जना उहाँहरु सबै जनालाई मायाको चिनो सहित
इटहरी । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । आज (शनिबार) सकिएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । २०८२ मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ । अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा फर्किएका थिए । उतिबेला आफूलाई दरबार (पूर्व राजसंस्थाका सदस्य) ले हराएको भन्दै आलोचनामा उत्रिएका थिए । केही समय अब राजतन्त्र नफर्किने समेत भन्न थालेका थिए । पछिल्ला वर्ष
इटहरी। शुक्रबार साँझ मोरङको उर्लाबारी चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको उर्लाबारी–५ झुम्राका ४५ वर्षीय नगेन्द्र गुरुङको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उर्लाबारी चोकस्थित ट्याक्सी स्टेन्ड छेउमा प्र।१–०२ –०४५ प। २४६० नम्बरको स्कुटर स्टार्ट गर्ने क्रममा अनियन्त्रित भई छेउमा थुपारिएको इँटामा ठोक्किएर दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार घाइते गुरुङलाई तत्काल उद्धार गरी अरनिको अस्पताल पठाइएको थियो । अरनिको अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.