सुन्दरहरैंचा / गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हु
इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्पक्ष बनाउन सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।राप्रपा कोशी प्रदेश समितिले इटहरीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति छानबिन सुरु गरेपछि यसलाई व्यापक रूपमा विस्तार गर्नुपर्ने धारणा राखे।उनले भने, “वर्तमान सरकारले रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियारले छानबिन गरिसकेको छ। अब म, केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड सबैको सम्पत्तिको स्रोत छानबिन गर्नुपर्छ। मलाई पनि यो
विराटनगर - राष्ट्रिय तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा र कोशी प्रदेश तेक्वान्दो संघको सहकार्यमा विराटनगरस्थित सहिद रंगशालामा दुई दिने ६ नेशन्ल तेक्वान्दो केरोगि रेफरी सेमिनार र ५ नेशन्ल तेक्वन्दो केरोगि रेफरी रिफ्रेस कोष तथा ४ नेशन्ल तेक्वान्दो पुम्से रेफरी सेमिनार र ३ नेशन्ल तेक्वन्दो पुम्से रेफरी रिफ्रेस कोष सव्य रूपमा सम्पन्न भएको छ। माघ १२ र १३ गतेसम्म सञ्चालन भएको यो कार्यक्रममा २५ जना प्रशिक्षित रेफरीहरूले सहभागिता जनाएका थिए।कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष महेश्वर फुयालले तेक्वान्दो खेललाई व्यवस्थित, व्यावसायिक, र
बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेकोधरहरा कृषि सहकारी संस्था लिमिटेडको १९ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ। यस कृषि सहकारीको १९ औं वार्षिक साधारणसभाको अवसरमा असली ऋणि -१ जना , असल बचत कर्ता -१ जना , जेष्ट नागरिक १ जनालाई सेयर सदस्य गरि जम्मा ३ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेको छ भने १ जना सेयर सदस्यको छोरी लाई नगद रु ५ हजार हौसला स्वरुप छात्रवृत्ति प्रदान गरेको छ । यस बर्ष संस्थाले रु.१२ लाख १० हजार ७ सय ९७ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । बार्षिक साधारण सभामा सभापतिको रूपमा धरहरा कृषि सहकारी संस्थाको अध्यक्ष केशब राई रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा
इटहरी/ धरानको देउरालीस्थित पाथीभरा सप्लायर्सका प्रेम श्रेष्ठले हिरो एक्स प्लस मोटरसाइकल जित्दै 'वाइवाइ थोक विक्रेता उपहार योजना'को बम्पर उपहार विजेता बन्न सफल भएका छन् । सिजी ग्रुपको 'वाइवाइ नुडल्स डिभिजन कोशी प्रदेश'द्वारा आयोजना गरिएको यो योजना अन्तर्गत शुक्रबार ईटहरीमा रहेको एरिना बेन्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । लक्की ड्र मार्फत बम्पर उपहार प्रदान गरिएको कार्यक्रममा सिजी नुडल्सका कोशी प्रदेश सेल्स हेड मिलन राना सभाध्यक्ष थिए भने प्रमुख अतिथिको रुपमा नेपाल वितरक महासंघका केन्द्रिय विशिष्ठ उपाध्यक्ष टंक प्रसाद खनालले उपस्थिति रहेको थियो ।यस योजना अन्तर्गत अन्य थुप्रै आ
इटहरी | इटहरीको डिभिएम स्कुलको खेल मैदानमा सम्पन्न प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि शिक्षादीप एकेडेमीले जितेको छ। फाइनल खेलमा सुषमा सेकेन्डरी स्कुललाई सहजै पराजित गर्दै शिक्षादीपले उपाधि आफ्नो पक्षमा पारेको हो।फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको सुषमा सेकेन्डरी स्कुलले १० ओभरमा १०५ रन बनायो। १०६ रनको लक्ष्य पछ्याउने क्रममा शिक्षादीपका प्रमुल बस्नेत र अपर्ण अधिकारीले अविजित ४९-४९ रन बनाए। ५.१ ओभरमै लक्ष्य पूरा गर्दै शिक्षादीपले खेल जित्यो। तीन विकेट लिँदै ४९ रन बनाएका अपर्ण अधिकारी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।तेस्रो स्थानमा सारदा माध्यमिक विद्यालय खनारले कब्जा जमायो। सा
सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा न्यायिक समितिको अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रामधुनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक तारा थापाले गरिन् भने नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।कार्यक्रममा अधिवक्ता तथा प्रशिक्षक कला त्रितालले सहभागी जनप्रतिनिधिलाई प्रशिक्षण दिइन्। प्रशिक्षणले न्यायिक समितिको भूमिका, कानूनी समस्या समाधानका प्रभावकारी तरिका, र स्थानीय तहमा देखिने विवाद समाधान प्रक्रियाबारे स्पष्ट दिशानिर्देश प्रदान गरेको थियो।नगर उपप्रमुख तारा थापाले न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै यस
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा छिनामखु कप (दोश्रो संस्करण) मुन्दुम कप–२०८१ खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। छिनामखु युवा समाजको आयोजनामा र टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा सञ्चालन हुने यो प्रतियोगिता मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजित हो।प्रतियोगिता पुस २२ गतेदेखि २७ गतेसम्म श्री कुलङ्ग मलुवा सामुदायिक खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन समारोह पुस २२ गते बिहान १० बजे हुनेछ भने समापन समारोह पुस २७ गते दिउँसो १० बजे आयोजना हुनेछ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,२५,०२५ सहित ट्रफी, म
भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकामा माघ १ गतेदेखि ९ गतेसम्म दोस्रो पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजना गरिंदैछ।गाउँपालिका अध्यक्ष किरण राईका अनुसार प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै युवाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउनेछ। साथै, यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने विश्वास लिइएको छ। “गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं। यसले खेलकुद र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ,” अध्यक्ष राईले बताउनुभयो।आयोजनाका लागि पुस २० गतेभित्र सहभागी समूहह
भोजपुर | भोजपुरको टेम्केडाँडा भ्रमणको क्रममा आज बिहान भोजपुरमा स्कर्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।भोजपुर नगरपालिका–५, बोखिमको डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।गाडीमा चालकसहित १० जना सवार रहेका थिए। गम्भीर घाइते भोजपुर नगरपालिका–५ की लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई, र सुनसरीको धरान उपमहानगरपालिका–२ की ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.